Ads Top

अनौठो चट्टान ! जहाँ बिजुली चम्किँदा आवाज निस्कन्छ

bannerनयाँ दिल्ली । भारतको मध्यप्रदेशस्थित एक देवी मन्दिरको माथि झुण्डिएर रहेको एक अनौठो चट्टान छ । जुन आकाशमा बिजुली चम्कदा पनि हल्लिन्छ ।

यति मात्र कहाँ हो र, आकाशमा बिजुली चम्किँदा यस चट्टानबाट अनौठो प्रकृतिको आवाज निस्कने गरेको त्यहाँका स्थानीयले जनाएका छन् ।

करिब २० फिट भन्दा ठूलो यो चट्टान देवी मन्दिरको ठीक माथिल्लो भागमा रहेको छ । यसलाई भगवानको अद्द्भुत शक्तिको रुपमा लिइदैं आएको छ ।

उक्त चट्टान यहाँका मानिसहरुको श्रद्धाको केन्द्र बन्दै आएको छ । स्थानीयले  भगवानको लिला भएको भन्दै उक्त चट्टानलाई निकै आस्थाका साथ पुज्ने गर्दछन् ।

प्रकृतिको अनौठो करिश्मा भनौँ या चट्टानको अद्भुत सन्तुलन । यस्तो सन्तुलन देखेर सबैको आँखा हेरेको हेरै हुन्छ । यस चट्टानलाई हेर्न मानिसहरुको भीड लाग्ने गर्दछन् ।

No comments:

Powered by Blogger.