Ads Top

अमेरिकालाई उत्तर कोरियाको कडा चेतावनी

अमेरिकालाई उत्तर कोरियाको कडा चेतावनीएजेन्सी : उत्तर कोरियाले अमेरिका र दक्षिण कोरिया बीच हुन लागेको संयुक्त सैन्य अभ्यास नरोके चुप लागेर नबस्ने धम्की दिएको छ । युद्ध अभ्यास जारी राखेमा बिना चेतावनी जुनसुकै बेला हमाला गर्नसक्ने उत्तरले बताएको छ।

उत्तर कोरियाका सहयक विदेशमन्त्री सिंन होंग चूल कोरियाली महाद्वीपमा युद्धको वातावरण सिर्जना भए त्यसको जिम्मेवार अमेरिका हुने बताएका छन् । सिंनले भनेका छन् । ‘अमेरिकाले कोरियली प्रायद्वीपमा व्यापक मात्रामा सैनिक शक्ति वृद्धि गरी उत्तर कोरिया विरुद्ध शुत्रुतापूर्ण व्यवहारलाई बढवा दिइरहेको छ।’

अमेरिकाले दिएको धम्कीको सामना गर्नु आफ्नो अधिकार भएको दावी सिंनले गरेका छन् ।

No comments:

Powered by Blogger.