सिरियामाथि अमेरिकाले गर्यो मिसाइल आक्रमण, अहिलेसम्म ५० वटा मिसाइल आक्रमण
गएको मंगलबार सिरियामा भएको रासायनिक आक्रमण गम्भीर विषय भएको र यसको जवाफ त्यही अनुसार नै दिनु पर्ने भन्दै अमेरिकाले मिसाइल आक्रमण गरेको हो । मंगलबार भएको रासायनिक आक्रमणमा २७ बालबालिकासहित धेरैले ज्यान गुमाएका थिए । अहिले भइरहेको मिसाइल आक्रमणको असरबारे कुनै जानकारी आएको छैन ।
बिहीबार सिरियामाथिको सम्भावित सैन्य कारबाही बारे अमेरिकाले छलफल गरेको थियो । सिरियाका नागरिकको सुरक्षाबारे भन्दै अमेरिकाको रक्षा मन्त्रालय र राष्ट्रपति कार्यालय ह्वाइट हाउसले छलफल गरेका थिए । छलफलपछि शुक्रबार अमेरिकाले मिसाइल आक्रमण गरिरहेको हो ।
छलफलमा सिरियाका नागरिकलाई सुरक्षित बसोबासका बारेमा कुराकानी भएको अमेरिकी अधिकारीले बताएका छन् । अमेरिकाका विदेश मन्त्री रेक्स टिलरसनले सिरियाको भविष्यका लागि राष्ट्रपति बसर अल असदको कुनै भूमिका नहरने पनि बताउनु भएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि सिरियाको नेतृत्वलाई केही गर्नुपर्ने चेतावनी दिएका थिए । विकसित देशहरुले सिरियामा द्वन्द्व समाधानमा भूमिका खेल्नुपर्ने उहाँको भनाई छ ।
No comments: