Ads Top

सिरिया आक्रमणको असर नेपालमा, अमेरिकी डलरको भाउ घट्यो

bannerकाठमाडौँ । अमेरिकाले सिरियामा मिसाइल आक्रमण सुरु गरेसँग त्यसको असर  मुद्रामा पनि देखिएको छ।

सिरियाको रसायनिक हमलाको जवाफमा अमेरिकाले सिरियाको केही क्षेत्रमा मिसाइल आक्रमण सुरु गरेको हो। आक्रमन पछि अमेरिकी डलरको भाउ २४ घण्टामै करिब एक रुपैयाँले तल झरेको छ।

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि एक अमेरिकी डलरको बिक्री दर १०४ रुपैयाँ १६ पैसा तोकेको थियो। तर अमेरिकी आक्रमणको खवर सार्वजनिक भएपछि डलर कमजोर हुन थाल्यो।

डलर कमजोर भएर भारतीय मुद्रा बलियो बनेपछि नेपाली रुपैयाँको पनि भाउ बढेको हो। आक्रमणको समाचार सार्वजनिक भएपछि संसार भरनै डलर कमजोर भएको हो।

शुक्रबार नेपाली बैंकहरुले रिफरेन्स दरभन्दा करिव एक रुपैयाँ कममा कारोबार गरेका छन्। ग्लोबल आइएमइ बैकले डलरको बिक्री दर १०३ रुपैयाँ १५ पैसामा कारोबार गरिरहेको छ। नेपाल एसबिआइ बैंकको १०३ रुपैयाँ ४० पैसा छ भने नबिलको १०३ रुपैयाँ ३५ पैसामा कारोबार भइरहेको छ।

No comments:

Powered by Blogger.