Ads Top

सास गन्हाएका कारण कसैसँग बोल्न अप्ठेरो लाग्छ ? यसरी गर्नुहोस् यसको समाधान

bannerएजेन्सी । तपाईँले कत्तिको याद गर्नु भएको छ ? कहिलेकाही निकै ‘पर्सनालिटी’ देखिने तर छेउमा पुगेर कुराकानी गर्दा ह्रवास्सै सास गन्हाउने। अनि कहिलेकाही आफैलाई अप्ठेरो हुने गरी आफ्नै सास गन्हाउने । कसैकसैलाई त दिनँहु दाँत माझ्ने तर स्वास गन्हाउन नछाडने समस्या समेत पिरोल्ने गरेको देखिएको छ। यस पटक हामीले स्वासमा हुने दुर्गन्धको बारेमा तपाईँहरुलाई जानकारी दिने प्रयास गरेका छौँ।

सास दुई कारणले गन्हाउछ। पहिलो मुख तथा दाँतमा जम्मा भएको फोहरेका कारण, अनि दोस्रो कारण चाँहि पेटमा भएको समस्या।

दिनहुँ दाँत ब्रस गर्ने तथा मुख सफा गर्नेहरुको पनि नजिक पर्दा कहिलेकाही सास गन्हाउछ। यदि त्यस्तो छ भने पक्कै पनि उसको पाचन प्रकृयामा गडवढी हुनसक्छ। पाचन प्रकृया ठिक छैन भने भित्रैबाट आउने सास दुर्गन्धित हुन्छ । त्यसर्थ सास गन्हाउने पनि एकखालको स्वास्थ्य समस्या हो। चिकित्सकिय भाषामा यस रोगलाई ‘हेलिटाइसिस’ भन्ने गरिन्छ।

किन दुर्गन्धित हुन्छ सास ?
सास गन्हाउने कारण धेरै छन यद्धपी ती मुख र पेटमा हुने समस्यासंग गासिएका हुन्छन। चिकित्सकहरु यो समस्या आउनुमा ९० प्रतिशत मुखमा भएका किटाणुहरुको बृद्धिले हुने बताउछन। १० प्रतिशत मात्रै शरीरका भित्री भागमा भएका अंगहरुको समस्याले हुने गर्छ।

कलेजो , मृगौला, मधुमेह तथा पिनास हुँदा समेत यस्तो समस्या देखिन्छ। जुन तत्काल समाधान गर्नु जरुरी छ। मुखमा किटाणु बढनुको कारण भने खानेकुरा दाँतमा अडकेर सडने र त्यसबाट किटाणु उत्पन्न हुनु हो। गीजाको रोग ‘पायरिया’ भएर पनि यस्तो समस्या आउने गर्छ। दाँतमा फोहर जम्नु, टन्सिलको इन्फेक्सन हुनु, नाक तथा साइनसमा बिकार आउनु, मुखमा घाउ निस्कनु, श्वास नलिमा या फोक्सोमा बिकार जम्मा हुनु हो।

कान्तिपुर डेन्टल हस्पिटलका दन्त चिकित्सक डा। बुद्धिमान श्रेष्ठ भन्छन, ‘मुख भित्र हुने दाँत, गिजा तथा जिव्रोको उचित सरसफाइ भएन भने सास गन्हाउन थाल्छ। त्यसैगरी पेटमा राम्ररी पाचन भएन भने पनि त्यसको असर मुखबाट आउने सासमा देखिन्छ। अर्थात गन्हाउन थाल्छ ।’उनले धुमपान तथा तमाखु, गुडखा लगायतका सूर्तिजन्य पदार्थको सेवनले पनि मुख तथा सास गन्हाउने समस्या आउने बताए।

त्यसो त चिकित्सकहरुले मदिरा पान गर्ने, मधुमेह, कव्जियत, पेठको अल्सर, अपच, टिवि, निमोनिया, पिनास जस्ता समस्याले ग्रस्तव्यक्तिको पनि सास गन्हाउने बताउछन्। बोसो तथा प्रोटिनयुक्त खानाहरुकोृ अत्यधिक सेवनले पनि यो समस्या बढाउछ । त्यसबाहेक नियमित रुपमा दाँत नमाझने, दाँतको फ्लस नगर्ने, जिव्रो सफा नगर्नु, मुख कुल्ला नगर्नुले पनि यस्तो समस्या निम्त्याउछ ।

अन्य रोगको पनि जनाउछ दिन्छ ?
सास गन्हाउने समस्या शरीरमा विकसित हुदै गएको विकारका कारणले पनि हुनसक्छ। जस्तै पेटमा अपच भयो भने पनि सास गन्हाउछ , दाँत नियमित ब्रस नगरे पनि दुर्गन्ध आउँछ। गिजाको भित्री भागमा पिप जम्यो वा घाउ आयो भने पनि सास गन्हाउन थाल्छ। त्यसबाहेक पेठको अल्सर, अपच, टिवि, निमोनिया, साइनस जस्ता कारणले सास गन्हाउनुको कारण बन्न सक्छ।

के गर्ने त ?
मुख गन्हाउने समस्या देखा परेमा शुद्ध हलुका र सुपाच्य भोजन गर्ने, जिव्रो माथिल्लो भागमा लागेको लेउजस्तो फोहर सफा गर्ने र रातो टमाटरमा नून हालेर खाने गरेमा पनि दुर्गन्ध कम हुन्छ।

सफासग धोएको काचो पालुङ्गो र बन्दा चपाएर विहान बेलुका खाने गर्नाले पनि राहत मिल्ने चिकित्सकहरु बताउछन। आधा चम्चा सुठोको धुलो विहान बेलुका खाना पछि खाने गरेमा पनि त्यसले दुर्गन्ध घटाउछ। खाना पछि तुलसी पत्ता, पुदिन र काँचो सलगम चवाएर खाने गर्नाले पनि समस्या समाधान हुन्छ। कागती र अमलाको प्रयोग बढाएमा पनि दुर्गन्ध कम हुन्छ।

यी बाहेक सबैभन्दा बढी प्रयोग पानीकै हुन्छ। प्रसस्त पानी पिउनी व्यक्तिको पाचन प्रकृयालाई नियमित गराउछ। मुख सुख्खा भयो भने पनि मुख गनाउछ। त्यसैले थोरै थोरै भएपनि पानी पिइ राख्नु राम्रो हुन्छ। त्यस्तै ‘टङ क्लिनर’ले विहान जिव्रो सफा गर्ने र विहान खाना खाएपछि र सुत्नु अघि ब्रस र मन्जनले दाँत सफा गर्ने, रगत र पिप आउनबाट रोक्नका लागि कागती मह मिलाएर गिजा सफागर्ने, कागती र पुदिनाको रस एक गिलास मनतातो पानीमा मिलाएर विहान बेलुका मुख कुल्ला गर्ने गरेमा पनि समस्या समाधान हुनसक्छ। त्यसबाहेक सुगन्धीत फलहरु जस्तौ ल्वाङ, सुकमेल, अलैची मुखमा राख्नाले पनि दुर्गन्ध कम हुन्छ।

भिटामिन सि डिफिसेन्सीको कारणले पनि मुख गन्हाउछ। त्यस्तै क्याल्सियमको कमीले पनि यस्तो समस्या देखापर्छ। डा श्रेष्ठ भन्छन , भिटामिन सि र क्याल्सियम बढाउने खाद्य पदार्थको सेवन गर्नु उ्त्तम हुन्छ। तर बढी अपाच्य खानेकुरा नखाने, तारेको पिरो मसलादार र चटपटे बस्तु नखानु नै राम्रो हुन्छ। धेरै गुलियो, खाद्य पदार्थबाट टाढै रहने, चिया, कफि, रक्सी, माछा, मासु कम खाने र खाईसकेपछि राम्ररी दाँत जिव्रो सफा गर्ने र पानी प्रसस्त खानु फाइदा जनक हुन्छ।

No comments:

Powered by Blogger.