Ads Top

गर्मीका लागि उपयुक्त पहिरन

https://previews.123rf.com/images/dolgachov/dolgachov1409/dolgachov140900399/गर्मी महिना फेसनका दृष्टिकोणले कस्तो समय हो ?
त्यसै पनि गर्मी महिना फेसनका दृष्टिकोणले उपयुक्त समय हो । यो स्टाइलिस्ट पहिरन तथा ओपन ड्रेस लगाउन मन पराउनेहरूका लागि विशेष समय हो ।
गर्मीका लागि कस्ता पहिरन उपयुक्त हुन्छन् ?
गर्मी महिनामा विशेष खालका फेब्रिक प्रयोग गर्नुपर्छ जसले शीतलता प्रदान गरून् । कटन, लेनिन, पोल्का डट, जर्जेटजस्ता फेब्रिकमा नयाँ डिजाइन दिई पृथक् लुक्स ल्याउन सकिन्छ ।
यो समयमा कुन रंगका पहिरन लगाउन सकिन्छ ?
यतिबेला डार्क कलरका पहिरन लगाउनु हुँदैन । कालो, कडा रातो, डार्क ब्राउन पहिरनले घामको किरणलाई बढी मात्रामा सोस्ने हुनाले शरीरबाट पर्याप्त पसिना निकाल्छ । गर्मी मौसममा हलुका रंगका पहिरन छनोट गर्नुपर्छ । लाइट ग्रिन, यल्लो, लेमन, पिंक तथा ह्वाइट कलर गर्मीका लागि उपयुक्त हुन्छन्।
समर परिधान स्टाइल कस्तो हुनुपर्छ ?
गर्मीमा मौसमले साथ दिने हुँदा विभिन्न स्टाइलका पहिरन लगाउन पाइन्छ । पहिरन डिजाइन गर्दा व्यक्तिको शारीरिक बनावट, पेसा, छालाको रंग आदि कुरालाई ध्यानमा राखिन्छ । स्कर्ट र जिन्ससँग पातला ब्लेजर तथा वान पिस गर्मीका कमन डिजाइन हुन् ।

No comments:

Powered by Blogger.