एजेन्सी। केन्याको कापकोंगका मानिसहरुमा त्यतिबेला खैलाबैला भयो जब एक गर्भवती गाइको पेटबाट जिउँदो सर्प निस्कियो। केही मानिसहरुले यसलाई जादूसँग जोडेका छन्। तर, सबैको दिमागमा एउटै प्रश्न छ गाइको पेटभित्र जिउँदो सर्प कसरी आयो। गाइका मानिक जोनाह तेनेले बताएअनुसार गर्भवची भएको केही समयपछि गाइलाई प्यारालाइसिसजस्तै लग्ाण देखिएको थियो। डाक्टरलाई देखाउँदा यस्तो पेटमा हुर्किरहेको बच्चाका कारण भएको बताएका थिए। केही दिनपछि गाइको हालत केही सुधि्रएको थियो तर छिट्टै गाई मर्यो। गाइ मरेपछि मानिसहरुले गाईको पेट काटेर बच्चालाई निकाल्ने प्रयास गरे त्यतिबेला पेटभित्र जिउँदो सर्प भेटियो। गाइको पेटबाट निस्किएपछि सर्व भाग्न खोजेका बेला उनीहरुले त्यसलाई मारे। तर गाईको पेटभित्र सर्प कसरी आयो भन्ने कुराको जवाफ अझै भेटिएको छैन।
रहस्यमय तरिकाले मरेको गाइको पेटभित्र जिउँदो सर्प
Reviewed by News
on
2:57 AM
Rating: 5
No comments: