Ads Top

यी हुन् ब्रिटिश सेनामा नेपाली महिला हरु (अवस्य पढ्नुस)

राज्यसत्ता,  बेलायत, हिमालयन अर्गनाइजेसन बेलायतले पुर्व मन्त्री तथा राष्ट्रिय जनमुक्ती पार्टिका अध्यक्ष एम एस थापाको प्रमुख आतिथ्यमा अर्न्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । उक्त अवसरमा अध्यक्ष थापाले बेलायती गोर्खा सैनिक र तिनका परिवार नातेदारमा नेपाली नागरिकता सम्बन्धी ठुलो भय रहेको उपस्थित सहभागीहरुबाट जिज्ञासा आएपछी उनले प्रस्ट पार्दै भने नेपाली नागरिकता ३ प्रकारले प्राप्त गर्ने उल्लेख गर्दै पहिलो वंसजको  आधारमा जसको पुर्खाहरु परापुर्व कालदेखी नेपालीभुमिमा बसोबास गर्दै आएको, दोश्रो जन्मको आधारमा र तेश्रो कृतिम नागरिकता जो नेपालमा बिभिन्न कारणले १२ बर्षसम्म वसोवास गरीआएको खन्डमा यि तीन प्रकारले नेपाली नागरिकता पाउने उल्लेख गर्दै बेलायतमा रहेका गोर्खा सैनिक र तिनका परिवारले वन्सजको आधारमा नागरिकता पाउने उल्लेख गर्दै  यसमा कुनै दुबिधा नरहेको प्रस्त पार्दै नआत्तिन आग्रह गरे । यदी कसैले आफु नेपाली नागरिक नरहेको प्रमाण पेस गरेको छ भने मात्र नेपाली नागरिकता गुम्ने जनाउदै झुक्किएर पनि कसैले आफ्नो नागरिकता त्यसरी कसैलाई नबुझाउन अनुरोध गरे । गोर्खा सैनिक र तिनका परिवार एन आर एन अर्थात गैरआवसिय नेपालीको प्राव्धान भित्र नपर्ने उल्लेख गर्दै जो रोजगारी वा बिभिन्न बहानामा बेलायत छिरी नेपाली नागरिकता त्यागी बिदेशी नागरिकता लिएर बसेकाहरु नै दुई देशको नागरिकता आवाज उठाइ रहेको ।बताए त्यसकारण गोर्खाको नागरिकता कसैले नछिनेकोमा  दोहोरो नागरिकता भन्दै कुर्ली रहेको प्रती अचम्म परेको जनाउदै गोर्खाली परिवार हिलोमा परे त्यसको छीता आफुहरुलाई पनि पर्ने जनाउदै गोर्खा हरुको सवालमा आफ्नो पार्टीले सधैं आवाज उथाउदै आइरहेको र गोर्खाली र तिनका परिवारलाई अप्थ्यारो परे सधैं सहयोग गर्ने साथै अन्य गैर आवसिय नेपाली हरुको लागि पनि दोहोरो नागरिकताको सवालमा  सकारात्त्मक  अवगत गराए ।

विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको समुपस्थितिमा सम्पन्न उक्त कार्यक्रम्मा प्रमुख अतिथिको आसनबाट बोल्दै आफु आफ्नो कुरा सुनाउन वा भाषण गर्न भन्दा पनि जिम्मेवार पार्टिको नेता भएको हैसियतले विदेश्मा बस्ने नेपाली हरुको समस्या सुनाउन आग्रह गर्दै आफुले सक्दो सहयोग गर्ने र आफ्नो पिर मर्का आफु समक्छ राखे त्यसको हल गर्न आफुले कसरी कहाँ लगेर समाधान हुन्छ त्यसको लागि सक्दो प्रयास गर्ने जनाउदै आफुले जनताबाट फाईदा लिन नआई आफुबाट जनताले फाईदालिनु पर्ने बताए  । राष्ट्रिय जनमुक्ती पार्टी भनेको सत्ताबाट उपेक्षितहरुको हितमा लड्ने पार्टी भएकोले बेलायतमा बसेका नागरिकले उठाएका बिबिध  समस्याहरु जस्तै नागरिकताको समस्या,यी समस्याहरुको  हल उनिहरुबाट मात्र छिटो समाधान नहुने र यो समस्या गोर्खालीको मात्र समस्या नभई सम्पूर्ण नेपालीको समस्या भएको कारण यसलाई राजनीतिक रुपले राजनैतीक पार्टिले उठाइदियो भने यसको  समाधान चाडो र सजिलो हुने उधाहरण दिदै  इन्दियन आर्मिमा नेपाली  गोर्खाको सत्तामा सिक्किम ,दार्जिलिङ आदी ठाउकालाई गोर्खा पल्टन्मा भर्ती गरि झन्डै नौ महिना भारतीय सेनामा नेपाली भर्ती हुन नपाउने गरी बन्द गरेको र यो समस्या  भारतीय सेनामा रहेका गोर्खा हरुले   आफु समक्छ राखे पछी आफुले सन्सदमा  उठाए जसमा ब्रिटिश गोर्खा र भारतीय गोर्खा हरु त्रिपक्षिय सन्धी अन्तर्गत रहेको र भारतीय सेनामा नेपाली गोर्खालाई भर्ती नगर्नुको कारण १९४७ को त्रिपक्षिय सन्धी खारेज भएको हो या भारतमा नेपाली गोर्खा सैनिक अब देखी नचाहिने हो भन्ने पत्रचार भारतीय दुतावासलाई गरेपछी भारतीय दुतावासले भर्ती बन्द नगरेको र केही कारण्वस रोकिएको जनाउदै फेरी भर्ती खोल्ने जानकारी गरायो र नौ महिना पछी फेरी भर्ती सुचारु भएको जनाउदै यो कुरा एम एस थापाले उठायो भनेर नभै राजनैतीक पार्टिले  मुलुकको   सर्बोच्च  निकाय सन्सदमा उठाएको कारण सम्भव भएको जनाउदै यि कुरालाई नेपाली मिडियामा प्रमुखता साथ छापे ।गोर्खा भर्ती बन्द गर्ने आवाज उत्दा खेरी केही गोर्खा भर्ती बिरोधएे हरुले गोर्खा भर्तीले  देशको बेइज्जती भो  बन्द गर्नु पर्छ भन्दै कुर्लिदा आफुले गोर्खा भर्ती केन्द्र त्रिपक्षय सन्धी रहेको र यदी गोर्खा भर्ती केन्द्रले देशको कलन्क भएको भए के देशबाट स्विक्रिती   लियी साउदी अरब ,कतार लागायतका देशमा मुसल्मानको चाकरी  गर्न जानेले देशको इज्जत बधाएको छ त रुत्यस्पछी गोर्खा हरुले पनी आवाज उठाउन सुरु गरे पछी गोर्खा भर्ती बिरोधी एमाले ,काङ्रेस पनि चुनावमा आफ्नो भोट गुम्ने डरले  चुपचाप बसे र गोर्खा भर्ती फेरी सुरुभएको उल्लेख गर्दै गोर्खाली हरु नेपालको लागि योग्य शक्ती रहेको ले हिजो नेपालमा योग्य व्यतिहरुको कमी हुँदा ठुला ठुला न्याधिस ,प्रोफेसर ,पुलिस , डाक्टर बिदेश बाट झिकाउनु पर्थ्यो भने अहिले आफ्नो सन्तानलाई सिक्षित बनाए आफ्नो लागि मात्र नभैइ  देशको लागि सक्षम जनशक्ती उद्पादन गरेकोले गोर्खालीलाई उपेक्षित होइन सम्मान हुनु पर्ने जनाउनु भयो ।

यो नागरिकताको कुरा नेपालमा चर्को रुपमा उठेको उल्लेख गर्दै मधेसतिर नक्कली प्रमाण पेश गरी  भारतीयहरुले पनि बिभिन्न दलका आड्मा बसी पहिलो दर्जाको वंसजको आधारमा नागरिकता पाउने कुरा उठाई रहेकोमा आफ्नो पार्टिले २०२२ बाईस साल्तिर सम्पूर्ण मधेस्मा डि डि टि छर्ण नामावोली सन्कलन गरिएको र त्यती खेरका नेपालीहरुको प्रमाण लाई आधार बनाई नागरिकता वितरण गर्नु पर्ने जनाउदै एकातिर पराप्रुर्वकालदेखी नेपाली भुमीमा बसोबास गरी आएका आदिवास जनजाती नेपालीलाई विदेशी बनाउन खोज्ने तर बिबिध पार्टीहरुले आफ्नो स्वार्थको लागि भोटको लागि  बिदेशिलाई नेपाली नागरिकता वितरण गर्ने कार्य प्रती आफ्नो पार्टिले विरोध गर्दै आई रहेको जनाए ।

उक्त कार्यक्रममा खस छेत्री एकता समाज यु के का ईन्द्र कार्किले अन्य आदिवासी जनजाती सरह खस हरु पनि उत्पिडनमा परेको र १२,१४ सताब्दी तिर खसान प्रदेश प्रवेश गरेका ब्राह्मान्हरुले जबर्जस्ती हिन्दूक्रित गरी ठुलाठालु खस हरुलाई धर्मको आड्मा जनैइ भिदाई ब्रह्मान्को ढाल बन्न वाध्य पारीएको र पन्डितको रक्षा र अन्यलाई दबाउनको निम्ती प्रयोग गरिएको बताउदै खश्हरु प्राकृतिक धर्मपुजा गर्दै आए पनि आफ्नो मुल धर्म र सन्स्कार खश्हरुको पनि मेटाएको कारण आज जो जती खशहरु छन ,हुम्ला जुम्ला डोल्पा लग्यातका ठाउहरुमा उनिहरुले जनै नलगाउने गरेको र खशहरु पनि अहिले सचेत भई संगठित भईरहेको जनाउदै वास्तवमा ब्राह्माणबादीहरुको शिकारमापरी खशहरु जातिवादी वर्ण व्यवस्था अन्तर्गत ब्राह्माणको रक्षाको लागि पहरेदार रहनु छेत्री बनेको र अर्को ब्रह्माण पुरुष र गैर ब्राह्माण महिलाबाट जन्मेको सन्तान जो सत्ता भोग गरी रहेका छन ति  ब्राह्माण वा महिलाको थर हुनु पर्नेमा सो नभई तिनलाई जातबाट  खसाली छेत्री कहलाईेएको गरी दुई थरी छेत्री रहेको खुलाशा गर्दै खस हरु पनि आफ्नो एितिहासिक थातथलोको आधारमा आदिवासी जनजातीमा सुचिक्रित हुनु पर्ने माग राखेका थिए प्रतिउत्तरमा अध्यक्ष थापाले उनी सुदुर पश्चिमका मुगू, डोल्पा, हुम्ला लगयातका धेरै जिल्ल्मामा घुमेको र त्यहाका खसहरु जनै नलगाउने र अन्य आदिवासी जनजाती सरह कतिपय अवस्थामा जनजाती नै रहेको हुँदा तिनिहरु पनि जनजाती नै हुन तर तपाईं चाँही के पर्नु भो आँफै उत्तर खोज्न जवाफ दिएका थिए ।

त्यस्तै हेम सेठले आदिवासी जनजाती बारे प्रस्ट पारीदिन अनुरोध राख्दा अध्यक्ष थापाले आदिवासिलाई बिभिन्न देशमा बिबिध नामले जान्ने गरेको जस्तै भारतमा आदिवसी, अस्त्रिलियामा इन्दिजिनियस, अमेरिकामा एथ्निक आदी जसलाई नेपालमा पनि आदिवासी भनिएको छ ।  जो सबै भन्दा पहिला  यस भुमिमा आएर बसो बास गरी आफ्नो सन्स्कार भाषा सन्स्क्रितीको बिकास गरे उनिहरुलाई आदिवासी जनजाती भन्ने गरिएको र  जनजातिको अर्थ कुनै मानवको विशेश  अवस्था जो श्रोत साधानवाट वन्चित छ भन्ने बुझिन्छ , साधारण अर्थमा समनी अर्नर वा फुड ग्यादरर जो दिन भरी कसैको  काम गरी खाने खर्छ जुताउछ त्यस्तो अवस्थालाई जनजाती अवस्था भनिन्छ भने जो पैसा वा खाना उद्पादन गर्छ उद्धोग धन्दा वा व्यापार व्यवसाय गरी कसैलाई खाना दिने अवस्थामा पुगेकोलाई जनजाती भनिदैन र यो  अवस्था जनजाती  भन्दा माथिको स्तर भनी बुझ्नु  पर्ने बताए । त्यस्तै मगर संघ यु केका महासचिव वम सुर्यवन्सिले युगान्तकारी नेता गोरे बहादुर खपाङिको हाल महिनौ बेहोस् अवस्थामा रहेको अवस्थामा त्यो दुर्घत्ना थियो वा सुनियोजित षड्यन्त्र थियो र उहा राष्ट्रिय जनमुक्तिको पुर्व महासचिव पनि रहेको हुँदा के कस्तो सहयोग गर्दै छ भन्ने जवाफमा जब गोरे बहादुर खपाङी आदिवासी चलचित्र महोत्सवमा जादा दुर्घटनामा परेको र विर अस्पातलमा  उपचार हुन नसकी बेहोस् अवस्थामै रहेको न्युरो अस्पताल सारेको खबर सुन्दा साथ तुरुन्तै आफ्नो छोरो डा अजय थापालाई संपर्क गरी उनलाई लिएर खपाङीजिलाई भर्न गरिएको हस्पितल्मा गएको र उनको दिमागमा रगत जमेको र अप्रसेन गर्नु पर्ने भएकोले अप्रेसन गर्न लगिएको र उक्त अप्रेसनमा डा. अजय पनि सङ्लग्न भएको जानकारी गराउदै अहिले  आफु बेलायतमा भए पनि दिन दिनै उनको अवस्था बारे जानकारी लियी रहेको बताउनु भयो ।
आदिवासी जनजातीको मुद्दा एउटै भएर पनि एक हुन नसक्नुको कारण र भविस्यमा एकताको सम्भावना बारे प्रस्ताउदै भने जब एमाले काङ्रेसबाट जनजाती नेताहरु छोड्ने तयारी अवस्थामा रहेको बखत उनिहरु सँग कुनै छुत्तै पार्टी नखोली एउटै पार्टीमा बस्ने प्रस्तव राखेको र आफ्नो पार्टिको तर्फबाट जनताको मुक्तीको लागि आफ्नो झन्डा फेर्न तयार रहेको साथै पार्टिको नाम समेट फेर्न पनि त्यार रहेको अवगत गराउदा बैठकमा साकारत्मक जवाफ आएपनी पछी उनिहरुले  कुनै सल्लाह नगरि अर्कै पार्टी खोलेको बताए । अव चुनाव होलाकी नहोला भन्ने प्रश्नमा आफ्नो पार्टी निर्णयक तहमा नभएको करण हुने नहुनेमा अहिले नै भन्न नसकिने बताउदै अहिले ठुला दल भनिनेहरु चुनावको लागि हावाइजहाज रिजर्व गरेर प्रसार प्रसारमा लागि रहेको तर आफु लगायतका साना दलका पार्तिलाई भने ७०० भत्ता दिन पनि सरकार अंन्कनाएको गुनासो व्यक्त गरे ।
तमाङ सोसाइतिका पुर्व अध्यक्ष धर्म तामाङ्ले गोरेबहादुर खपाङिको योगदानले गर्दा धेरै आँखा खोलेको अवगत गराउदै उहाको अवस्था पर्ती चिन्ता व्यक्त गर्दै शिघ्र स्वास्थ्य लाभको कामना गर्दै नेपालमा राणा, राजा, देखी अहिले माओवादी, गणतन्त्रसम्म पनि ब्राह्माणबादी सोच बाहेक अरु सकारत्मक सोच्ले गती लिन नसकेको बताउदै पन्डिको स्वार्थले गर्दा फलामको काम गर्ने कामीको शिप, लुगा सिउने दमाइको शिप, छालाको काम गर्ने सार्की लगायत सबैको शिपलाई दमन गरी बिकासको गतिलाई अवरोद्ध गरिदिएको आरोप लगाउदै तमाङले आफ्नो जात समेट लेख्न नपाउने कहालीलाग्दो नियम बनाएर आदिवासी जनजाती माथिको दमन बारे प्रस्त्याए । त्यस्तै आदिवासी जनजाती संघर्श सहयोग समिती  हङ्कङका भक्त दुराले भेदभाव, असमान व्यवहाँरको अन्त्यको लागि एक जुत हुनु पर्ने कुरामा जोड दिदै अहिलेका राजनीतिक दल हरुले नेपाली जनतालाई बिभिन्न जाल झेल्का कुरा गर्दै ठुलो मानसिक यातना दिएको जनाउदै २३ बर्ष पहिले नै नेपालीको वास्तविक मुद्दा, समस्या बुझेका एम एस थापा, गोरे बहादुर खपाङीहरुको बोली अहिले मात्रा अन्य आदिवासी जनजातिका नेताहरुले बुझ्दै गएको बताउदै ठुला भनिने एमाले, काग्रेस, माओबादी जस्ताले नेपाली जनतालाई संबिधान दिने भर्म छरेको आरोप लागाए भने हङ्कङमा पहिचान ,समानता र अग्रज हरुको योदान्लाई सम्मान गर्दै आदिवासी जनजाती मुलको महावानिज्यदुतको माग राख्दा उल्तै राणा शासन जहानिय शासन व्यवस्था लादी माधव कुमारले आफ्नै भाईलाई नियुक्ती गरे भने क्रान्तिकारी को ध्वाङ फुक्ने प्रच्न्द दाहालले पनि आफ्नै नातेदार नियुक्ती गरे ।सबै जातिले समान अधिकार पाउनु पर्छ भन्नेहरुलाई जाती वादी भन्ने हरु भने एक जाती बाहुनले मात्र सबै अधिकार पाउनु पर्छ भन्दै कुर्ली रहेको ,देश धर्म निर्पेक्ष सबै धर्म समान हुन भन्ने हरुलाई धर्म बिरोधी भनी प्रचार गर्नेहरुलाई एक जुत भएर प्रतिकार गर्नु पर्नेमा जोड दिए ।त्यस्तै उपस्थित शहभागीहरुले  बिदेशबाट पनि भोट् दिन पाउनु पर्ने माग राखे भने कसैले बेलायतमा पनि हङ्कङ्मामा जस्तै अधिकान्स आदिवासी जनजाती मुलका भएको र कागज पत्रको लागि ढिला सुस्ती गरी दुस्ख दिने र पैसा खान खोने प्रव्रिती पनि बढेको औल्याउदै यहाँ पनि जनजाती मुलको राज्दुतको माग हुनु पर्ने कुरा उठाए
अन्य वक्ताहरुमा  सघिय परिषद सदस्य प्रेम तमाङ, प्रेम्धोज गुरुङ, केहर्सिङ थापा, आदिवासी जनजाती महिला माहासंघका अध्यक्ष कमला थापा, आदिवासी जनजाती महासंघ बेलायतका अध्यक्ष श्री लिम्बु, आदिवासी जनजाती महासंघ बेलायतका पुर्व अध्यक्ष तथा राष्ट्रिय जनमुक्ती पार्टी युरोपका संयोजक थर्क राना, मगर संघ बेलायतका अध्यक्ष दुत पुन, संघिय परिषद सदस्य गंगा देवी राइ लगायतका व्यक्तित्वो हरुले आआफ्नो मन्त्व्य राखेका थिए ।

 कार्यक्रम हिमालयन अर्गनाइजेसनका अध्यक्ष भरत थापा मगरको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रमको सन्चालन नारायण किशोर पुनले गरेका थिए । उक्त कार्यक्रमा हिमालयन अर्गनाइजेसनका सदस्यहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो।

No comments:

Powered by Blogger.