Ads Top

अस्ट्रेलियाको समुद्रमा दुई नेपाली युवायुवती डुबे, युवतीको शव फेला

फाल्गुन ३, २०७३- अस्ट्रेलियाको सिड्नीस्थित मरुबरा समुद्रमा दुई नेपाली युवायुवती डुबेर बेपत्ता भएका छन् । तीमध्ये युवतीको शव फेला परेको स्थानीय प्रहरीको दाबी छ ।

सोमबार साँझ साथीहरुसँग समुद्रमा घुम्न गएकाबेला काठमाडौंकी सृष्टि भण्डारी र झापाका सुदीप उप्रेती डुबेर बेपत्ता भएका थिए । उनीहरुका साथी पवन अधिकारीले दिएको जानकारी अनुसार साथीहरुसँगै समुद्रमा घुम्न गएका उनीहरु साँझसम्म नफर्किएपछि प्रहरीलाई जानकारी दिइएको थियो ।

प्रहरीले फेला पारेको शव सृष्टि भण्डारीको रहेको बताइए पनि आफन्तले अहिलेसम्म पहिचान गरिसकेका छैनन् ।

सुदीप तीन वर्षअघि तथा सृष्टि केही महिनाअघिमात्रै विद्यार्थी भिसामा अस्ट्रेलिया आएका थिए ।

एनआरएन अस्ट्रेलियाका उपाध्यक्ष दिनेश पोखरेलले घटना दु:खदायी भएको बताउँदै आफन्त, नातागोतासँग समन्वय गरेर आवश्यक सहयोग उपलब्ध गराइरहेको जानकारी दिए ।

No comments:

Powered by Blogger.