Ads Top

५ सय टन कुम्लो बोकेर, साउदी राजा 'सलमान' कहाँ निस्किए ?

सानका साथ कसरी भ्रमण गर्ने भन्नेबारे सम्भवत साउदी राजाजस्तो अरुलाई थाहा नहुन सक्छ । आधा सताब्दीपछि साउदीका राजा सलमान बिन अब्दुल अजिज अल साउद आफ्नो नौदिने भ्रमणका क्रममा मुस्लिम मुलुक इन्डोनेसिया पुगेका छन् ।
भ्रमणमा उनले जाकर्ता, पश्चिमी जाभा र पर्यटकका लागि महत्वपूर्ण टापु बालीमा आफ्नो समय बिताउनेछन् । एक महिना लामो उनको एसिया भ्रमण निकै तामझामको छ । इन्डोनेसियाको भ्रमण सकेर उनले मलेसिया, चिन, जापान र माल्दिभ्सको भ्रमण गर्नेछन् ।
हवाई सेवा कम्पनी पिटी जासा अंगाकासा सिमिस्टरका अनुसार राजाले ४ सय ५९ मेट्रिकटन लगेजसहित यात्रा गरेका छन् । उनको लगेजमा दुई वटा मर्सिडिज बेन्ज एस ६०० र दुईवटा विद्युतीय लिफ्ट छन् ।
रााजाले ल्याएका ती दुईवटा लिफ्टमध्ये एउटा राजधानी जाकर्ता र अर्को बालीको देनपारस पुर्याइएका छन् । त्यस्तै ६३ टन कार्गो जाकर्तामा झारिएको छ भने बाँकी तीन सय ९६ टन देनपासर पुर्याइसकिएको छ ।
विदेश भ्रमणका क्रममा आफूसँगै गाडी र लिफ्ट लैजानु अनौठो लागे पनि सोखीन राजाका लागि यी सामान्य विषय हुन् । इन्डोनेसियाका समाचार संस्थाका अनुसार राजासँगै १५ सय मानिसले भ्रमण गरेका छन् ।

No comments:

Powered by Blogger.