Ads Top

नेपाल एयरलाइंस डुब्नुको कारण खोज्दै अपरेशन प्रमुख आर के शेरचन(भिडियो सहित)


काडमाडौं । नेपाल वायुसेवा निगको व्यवस्थापन कमजोर र गैर जिम्मेवार रहेको टिप्पणीहरु आईरहेकाछन् । दुर्गम जिल्लाहरुमा उडान गर्न निगलमले हालसालै खरिद गरेको नया“ जहाज वाई १२ उडाउने पाईलटहरु नभएकाले यो जहाज प्रयोग विहिन हुने अथवा प्रयोग भएपनि सुगममा मात्र उडान भर्न सक्ने देखिएको छ ।
ईन्सट्रक्टर पाईलट नभएको थाहा हुदा हुदै पनि र व्यवस्थापनलाई पाईलटहरुले उक्त विमान काम नलाग्ने वताउदा बताउदै पनि व्यवस्थापनले सोही विमाननै खरिद गरेको छ । निगमले २ ओटा बिमान ल्याई सकेको छ भने दुईटा विमान ल्याउने तयारीमा छ । आवश्यक संङ्ख्यामा क्याविन क्रु नै नभएको तथा नया“ पाईलटहरु भर्ना नगरेकाले उक्त विमान खरिदको औचित्य पुष्टि हुन सकेको छैन ।
आफ्नै लगानिमा प्रशिक्षक पाईलट तयार गर्नुको साटो घण्टाको १२ हजार तिरेर निजी विमान कम्पनिका प्रशिक्षकलाई प्रयोग गरिनुले व्यवस्थापक प्रमुखको नियत माथि शंखा पैदा गरेको छ । यति मात्र होइन । अन्य ठुला जहाजका लागि पनि अवश्यक पाईलटहरु नभएको, एयरबसमा चाही पाईलटलाई को पार्इंलट वनाई उडाईएको, प्रशिक्षक विनानै पाईलटहरुलाई बिकट विमानस्थलहरुमा उड्न दवाव दिईरहेको तथ्यवाहिर आएको छ ।
वर्तमान अपरेशन प्रमुख आफै पनि सक्षम नभएकाले राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाईन्स धरासाही हुने खतरा बढेको वताईन्छ । अझ केही केही कर्मचारी र निजी एयरलाईन्सहरुको मिलेमतोमा नेपाल एयरलाईनसलाईनै नाजुक अवस्थामा पु¥याउने चलखेल भइरहेको गुनासो नाम नवताउने शर्तमा हाम्रा धेरै दर्शकहरुले गरेका हुन् ।

No comments:

Powered by Blogger.