Ads Top

क्यानडाको खबर सुनेर एकाबिहानै किन ‘गदगद’ भए ऋषि धमला ?

काठमाडौं, ४ चैत । रिपोर्टर्स क्लव नेपालका अध्यक्ष ऋषि धमला दोस्रो सन्तानका बाबु बनेका छन् ।
क्यानडामा रहेकी उनकी पत्नी एलिजा गौतम धमलाले दोस्रो सन्तानका रुपमा पुत्र जन्माएकी हुन् । पत्रकार धमलालाई यसअघि पुत्री लाभ भइसकेको छ ।
सामाजिक सञ्जाल फेसबुकमा एलिजाले राखेको तस्बिरमा दोस्रो सन्तानको तौल ३ किलो ७५ ग्रामको रहेको छ । शिशु र आमाको स्वास्थ्य राम्रो रहेको पत्रकार धमलाले बताए । नेपाली समयअनुसार एलिजाले शुक्रबार बिहान पत्रु जन्माएकी हुन् ।
पत्रकार धमलाका पुत्र जन्मिने बेला अस्पतालमा उनकी सासु र आफन्तको उपस्थिति रहेको थियो । पुत्र लाभ हुनेवित्तिकै पत्रकार धमलालाई सामाजिक सञ्जालमा शुभकामना आउन थालेको छ ।

No comments:

Powered by Blogger.