Ads Top

बिना लाईसेन्स मान्छे मार्नेलाई यस्तो सामान्य सजाय ? (हेर्नुहोस् भिडियो)



काठमाडौं । असोज २१ गते चक्रपथमा ६३ वर्षीय नन्दप्रसाद राई मोटरसाइल दुर्घाटनामा परे । विपरीत दीशाबाट आइरहेको बा७७प ५६३४ नम्बरको मोटरसाइकलले ठक्कर दिदाँ बा१०प १९९५ नम्बरको मोटरसाइकलामा सवार राइको उपचारका क्रममा सोहि दिन निधन भयो ।
अर्को मोटरसाइकल चालक सागर ऐर घाइते भए । उनीसँग सवारीचालक अनुमती पत्र रहेनछ । प्रहरीले यो घटनालाई अदालतमा पेश ग¥यो र जिल्ला अदालतबाट ऐरलाई २ हजार रुपयौँ जरिवाना र २२ दिनको जेल सजाए सुनायो ।
राइका परिवारले क्रिया खर्च तथा बिमा रकम स्वरुप दुई पटकगरी ७ लाख दिने निर्णय गरे पनि पाएनन् । अदालतको निर्णय पछि ऐरले प्रहरीको नियन्त्रणमै १६ दिनसम्म अस्पतालमा बसे र ७ दिन कारगारमा बसेर मुतm भएको भन्दै राइका परिवार हाम्रो कार्यालयसम्म आए ।
उनकी छोरी विपसा राई तुलाधरले सवारीचालक अनुमती पत्र नै नभएको सागर ऐरले तिब्र गतिमा आएर ठक्कर दिँदा आफ्नो बाबुको मृत्यु भएपनि दोषीलाई कारवाही कम भएको भन्दै गुनासो गरिन् ।
राईको परिवार जिल्ला अदालतको फैसलाबाट सन्तुष्ट छैनन् । लाईसेन्स नभएका व्यक्तिले चलाएको सवारी साधनबाट मानिसको मृत्यु हुँदा पनि सजाय नभएको भनि परिवार न्याय माग्न पुनरावेदन अदालत जाने तयारीमा छ ।

No comments:

Powered by Blogger.