Ads Top

छोरी श्वेतालाई के के देलान् अमिताभ बच्चनले ? यति छ सम्पत्ति

बलिउड अभिनेता अमिताभ बच्चनले लैङ्गिक समानता जस्तो महत्वपूर्ण मुद्दा उठाउँदै एक ट्वीट गरेका थिए जसमा उनले आफ्नो सम्पत्ति छोरी श्वेता नन्दा र छोरा अभिषेक बच्चनमा बराबर बाँडिनेछ । उनको ट्वीटपछि आखिर उनीसँग कति सम्पत्ति छ भन्ने विषयमा प्रश्न तेर्सिन थालेको छ । श्वेता–अभिषेकको भागमा अमिताभको कति सम्पत्ति पर्छ भन्ने विषयमा पनि कुरा आउन थालेको छ ।
सन् २०१५ मा अमिताभ बच्चनलाई बलिउडका दोस्रो धनी नायक बताइएको छ । त्यतिबेला उनको नेटवर्थ ४ सय मिलियन डलर अर्थात् करिब २४ सय करोड आँकलन गरिएको थियो । यस्तै, सन् २०१६ मा अमिताभ बच्चनलाई संसारको चौथो सबैभन्दा धनी नायक बताइएको छ । यतिबेला उनको नेटवर्थ ४२.५ करोड डलरको सम्पत्ति छ ।
२० करोड कर तिर्छन् अमिताभः
कमाईका साथै अमिताभ ट्याक्स तिर्न पनि अगाडि छन् । उनी वार्षिक ६ देखि १० करोड आयकर रिर्टन भर्दछन् । यसका साथै उनी आफ्नो भिन्न भिन्न कम्पनी र कमाईको दोस्रो स्रोतको बदलामा उनी ७ देखि ११ करोडसम्म आयकर दिन्छन् । अर्थात् वार्षिक २० करोडभन्दा बढि कर तिर्दछन् ।

अमिताभ बच्चनद्वारा आफ्नो सम्पत्तिको बाँडफाँड, कसले के पाए ?

मुम्बईमा बिग बीको चार बंगलाः
अमिताभ बच्चनको मुम्बईमा चार बंगला (प्रतिक्षा, जनक, जलसा र वत्सा) छन् । स्रोतलाई मान्ने हो भने आमा बुवासँगै उनी बस्ने बंगला प्रतिक्षाको मूल्य लगभग १ सय ६० करोडको अनुमान गरिएको छ । यस्तै, जालसा र जनक बंगलाको कुल मूल्य ६ सय करोडभन्दा पनि बढि छ । उनको पेरिसमा पनि एउटा घर छ जुन उनले श्रीमती जया बच्चनलाई उपहार दिएका थिए ।
११ सुविधासम्पन्न कारका मालिक हुन् अमिताभः
उनीसँग महँगो गाडी र कारको पनि शानदार संग्रह छ । अमिताभ ११ कारका मालिक हुन् जसमा Rolls Royce Phantom, Bentley, Mercedes, Range Rover, BMW, Porshe  जस्ता महँगा कार समावेश छन् ।
फिल्म र विज्ञापनको कमाईः
बिग बी आफ्नो एक फिल्मका लागि ७ करोड भारु र प्रति विज्ञापनका लागि लगभग ५ देखि ८ करोड भारु लिन्छन् । अमिताभ गुजरात टुरिजम, जस्ट डायल, आइसिआइसिआई बैंक, पार्कर, इमामी बारोप्लसजस्ता थुप्रै ठूला ब्रान्डको विज्ञापन गर्दछन् ।
फिल्म र विज्ञापनबाहेक अमिताभको कमाईः
अमिताभ बच्चनसँग कमाईको अन्य स्रोत पनि छन् । उनले एउटा घडी लगाउँछन् जसको मूल्य १.७ करोड बताइएको छ । उनीसँग एक पेन्टिङ छ जसको मूल्य ३.८ करोड बताइएको छ । एक भारतीय बैंकमा ९२ करोडको उनको एफडी छ । यस्तै, अमेरिकाको एक बैंकमा ६.६ मिलियन डलरको एफडी छ । ब्रान्ड र म्युचुअल फन्डलाई मिलाएर उनीसँग ६९ करोडको पुँजी बताइएको छ ।
अमिताभ बच्चनले केही समय पहिले ५० करोडको एक जग्गा पनि खरिद गरेका थिए । यो उनीहरुको बंगला, जलसाको पछाडिपट्टी छ । एक अनुमानका अनुसार अमिताभको रियल इस्टेटको भ्यालु ३ सय करोड डलर बताइएको छ ।
कति कमाउँछन् अभिषेक, ऐश्वर्या र जयाः
अमिताभको परिवारका अन्य मानिसहरु आफ्नो आयको लागि भिन्न ट्याक्स भर्दछन् । अभिषेकको वार्षिक कमाई ६–७ करोड छ जुन फिल्मका साथै केही कम्पनीको आम्दानीबाट आउँछ । उनी वार्षिक १ देखि १.४ करोडसम्मको आयकर तिर्दछन् । ऐश्वर्याको कमाई पाँच करोडभन्दा बढि छ र उनी अभिषेकको बराबरीको आयकर हो । जबकी जया बच्चनको कर ६० लाखको आसपास आउँछ । यी तीनजनाको नाममा पनि भिन्न सम्पत्ति छ । जसको मूल्य जम्मा गरेर करिब तीन सय करोडको आसपास छ ।

No comments:

Powered by Blogger.