Ads Top

चिनले भन्यो ‘केरुङदेखि काठमाडौँ तथा पोखरासम्मको रेल्वे मात्र होइन समग्र नेपाल बनाउछौँ (भिडियोसहित)

रेल मार्ग जोड्न दुवै छिमेकी प्रतिस्पर्धी

फाल्गुन २०, २०७२- छिमेकी चीनले केरुङ (नेपाली सीमा) सम्म रेल ल्याउने योजना अघि बढाइरहेका बेला दक्षिणी छिमेकी भारतले पनि काठमाडौंसम्मै रेल–वे सञ्जाल जोड्ने योजना अघि बढाएको छ । नेपालको राजनीतिमा देखिने/नदेखिने गरी चासो राख्ने दुवै छिमेकी रेलमार्ग जोड्न प्रतिस्पर्धी झैं देखिएका छन् ।

भारतले उत्तर प्रदेशको बरहनी बजार (सिद्धार्थनगर जिल्ला) देखि काठमाडौंसम्म रेल लाइन नेटवर्कको सर्भे गर्ने कार्यक्रम रेल बजेटमा घोषणा गरेको छ । सर्भेको काम भएपछि भारतले नेपालसँग सहकार्य गरेर रेल–वे निर्माण सुरु गर्नेछ ।

भारतका रेलमन्त्री सुरेश प्रभुले रेल बजेटमा बरहनी बजार–काठमाडौं रेल नेटवर्क सर्भे गर्न बजेट छुट्याएरै योजना अघि सारेका हुन् । उनले दोस्रो रेल बजेटमा काठमाडौंसम्म नेटवर्क पुर्याउने योजना प्रस्तुत गरेका छन् । केन्द्र सरकारले सिद्धार्थनगरदेखि काठमाडौंसम्म रेल नेटवर्क जोड्ने योजनालाई अनुमति दिइसकेको अवस्थामा राज्य सरकारले त्यसको काममा जोड दिने ‘इकोनमिक टाइम्स’को अनलाइन संस्करणमा उल्लेख छ ।

भारतले सर्भे गर्ने तयारी गरेको बरौनी–काठमाडौं रेलवे नेटवर्कको दूरी ३ सय ५९ किलोमिटर हुनेछ । सर्भेका लागि करिब ५४ लाख भारतीय रुपैयाँ विनियोजित छ ।
 
उत्तर प्रदेशको अलवा विहार राज्यबाट पनि रेलमार्ग जोड्ने योजना भारतको यसअघिकै हो । विहारको इन्धनको रिफाइनरी रहेको क्षेत्रबाट पनि नेपालमा रेल जोड्ने योजना उनीहरूको छ ।

विहारको बरौनीबाट रेल योजना अघि बढाएको भारतले पहिलो चरणमा उत्तर प्रदेशबाट योजना अघि बढाउन लागेको छ ।
बेइजिङ जोड्ने रेलमार्ग तिब्बतको सिगात्सेसम्म आइसकेको र त्यसलाई आगामी पाँच वर्षभित्र केरुङसम्म ल्याउने भएपछि भारतले पनि नेपालको राजधानीसम्मै रेल ल्याउने योजना अघि बढाएको हो । भारतले लामो समयदेखि नेपालमा रेल मार्ग जोड्ने बताउँदै आए पनि यसरी बजेट नै छुट्याएर काम अघि बढाएको थिएन ।

कांग्रेस महाधिवेशनमा सहभागी हुन भारतको विहारका मुख्य मन्त्री नीतीशकुमार काठमाडौं आइपुगेका छन् । उनले पनि प्रधानमन्त्रीसँग कनेक्टिभिटीको विषयमा छलफल गरेका छन् । केन्द्रको योजना अघि बढाउन सीमा जोडिएको राज्यको महत्त्व बढी हुने भएकाले उनको अहिलेको नेपाल भ्रमणमा पनि यो विषयले महत्त्व पाउनेछ ।

२०७१ चैतमा तत्कालीन राष्ट्रपति रामवरण यादवले हैनानको बोआवो पुग्दा तिब्बतमा आइसकेको रेल काठमाडौंसम्म जोड्ने जानकारी चिनियाँ सरकारले दिएको थियो । ‘चीनले दक्षिण ‘सिल्करोड आर्थिक क्षेत्रसम्बन्धी योजनामा तिब्बत रेलमार्ग नेपाल हुँदै भारतसम्म विस्तार गर्ने लक्ष्य राखेको अवस्थामा भारतले पनि यो योजना अघि बढाएको हुन सक्छ,’ परराष्ट्र उच्चअधिकारीले भने ।

दुवै मुलुकको सुरक्षा चासोमा परेको नेपालमा सहज रेल लिंक काठमाडौंसम्म आउन सक्नेमा दुईमत नभएको परराष्ट्र अधिकारीहरूको भनाइ छ । तर त्यसका लागि नेपाल सरकारले पनि उत्तिकै गृहकार्य गर्न आवश्यक छ ।

मंसिर दोस्रो साता नेपाल आउँदा चिनियाँ विदेशमन्त्री वाङ यीले हाल सिगात्सेसम्म आइपुगेको रेल सन् २०२० भित्र नेपालको सिमाना केरुङसम्म विस्तार गर्ने चीनको योजना उल्लेख गर्दैै नेपाल तर्फबाट पनि सर्भे वा योजना अघि बढाउन आग्रह गरेका थिए ।

सन् १९४९ मा आधुनिक चीनको स्थापना भएदेखि नै चीनले आफूलाई नेपालसँग नजिक्याउन सीमासम्म रेलसेवा विस्तार गर्ने र कालान्तरमा काठमाडौंसम्म रेल ल्याउन खोजेको थियो ।

चिनियाँ कम्युनिस्ट पार्टीका अध्यक्ष माओत्से तुङकै पालादेखि चीनले नेपालसँग सम्पर्क बढाउन चाहेको र रेलले जोड्न खोजेको भए पनि नेपाली पक्षको बेवास्ताले अघि बढ्न नसकेको हो । भारततर्फ नेपालको सीमासम्म रेल मार्ग छ । जनकपुर जयनगर रेलसमेत सञ्चालनमा छ । चीनको तर्फबाट सीमासम्म रेल आउन अझ ४ सय ३० किलोमिटर रेलमार्ग तयार हुन आवश्यक छ ।

No comments:

Powered by Blogger.