Ads Top

अब त अति गर्यो भारतले,फेरी नेपाली भूमिमा भारतको अर्को हस्तक्षेप्,नेपाल सरकार मौन,(भिडियोसहित) भारतको हस्तक्षेप् बिरुद्ध सबै नेपाली जागौ

ईतिहास तथा परिचय[सम्पादन गर्ने]
नेपाल एकिरण अभियान नेपाली सेनाको इतिहासमा एक कोसेढुङगा हो यौटा बलियो सैनिक संगठन बिना एकिकरण संभव हुनै सक्दैनथ्यो।तसर्थ सैनिक संरचनाको बिकासका लागी बाहीर बाट हतियार तथा प्रविधी भित्रयाइ गोर्खामा सेना संगठित गरियो। गोर्खाली फौजले नुवाकोट तथा सन १७४४मा छिमेकी कान्तीपुर राज्य कब्जा गरेपछी गोर्खाली फौजलाइ शाही नेपाली सेनको रूपमा चिनिन थालियो। तिनीहरूको वीरता, स्वामी भक्ती तथा साधारणपना बाट शत्रूपनी प्रभावित हुन थाले।शाही नेपाली सेना सँग लडेको लडाँइमा उनिहरूको वीरता बाट प्रभावित भइ ब्रिटीस इस्ट इन्डीय कम्पनीले पनी आफ्ना सेनामा नेपाली भर्ती शुरू गर्यो जुन अहिले सम्म गोर्खाली सेनाको रूपमा कायम छ। ब्रिटीस हरू तिनलाइ ग्रुखाज भन्ने गर्दछन।अझै सम्म कतै केही गलत बुझाइ छ कि शाही नेपाली सेना ब्रिटीस तथा भारतीय गोर्खा सेनाको हिस्सा हो जबकी भारत अथवा ब्रिटेनमा रहेका गोर्खाली फौज बिदेशी सैनिक संगठनका हिस्सा हुन जस्मा नेपाली युवा लाई भर्ती गर्ने गरिन्छ।र शाही नेपाली सेना नै (सक्कली गोर्खाली फौज) हो, नेपालको राष्ट्रिय सेना हो जुन देस १७४४ देखी स्वतन्त्र, सार्बभौम तथा रहिरहेको छ जाँहा कहिले पनी कुनै पनी औपनीवेसीक सक्ती लाई छिर्न नदिनु नेपाली सेनाको सबै भन्दा ठूलो सफलता रहेको छ।नेपाली सेनाको संचालन तथा शुरूवात बडामाहाराज पृथ्वी नारायण शाह बाट भएको थियो।

नेपाली सेना दक्षीण एसियाको सबै भन्दा पुरानो सेना हो, यो सेना नेपाल एकिरणको शुरूवात सँगै बन्न शुरूभएको थियो यसका संस्थापक राजा पृथ्वी नारायण शाह थिए। हाल यो सेनामा ९७००० हजारको हारा हारीमा जनसक्ती रहेको छ। नेपालमा मावोवादी विद्रोहको सुरूवात पछि केही जनसक्ती नेपाली सेना तथा नेपाल प्रहरी बाट लगी नेपाल ससस्त्र प्रहरी बल बनाइएको थियो भने केही सेना नेपाल ससस्त्र बन रक्षक फोर्समा पनी जाने गर्दछन। नेपाली सेनाको प्रधान कार्यालय (नेपाली जंगी अड्डा) काठमाडौंको भद्रकालीमा रहेको छ। साथै नेपाली सेना पृतना प्रधान कार्यालय हरू पुर्वको इटहरी, हेटौडा, उपत्यका (सिंह दरवार) , पोखरा , सुर्खेत तथा दिपायलमा रहेका छन, नेपाली सेनाका वाहीनी, गण तथा गुल्म हरू देशका सबै भागमा रहेका छन। नेपाली सेना वाह्रय आक्रमण तथा आन्तरिक द्वन्द बाहेक का बेलामा बिकास निर्माण खास गरी सेनाले बनाएका सडकमार्ग हरू देसका प्राय सबै भागमा रहेकाछन, त्यसै गरी राष्ट्रिय सम्पती (बिध्धुत,टेलीफोन स्टेसन तथा एतिहासीक गढी दरवार हरू)को सुरक्षा, राष्ट्रिय निकुन्ज तथा वन्य जन्तु सुरक्षामा संलग्न रहदै आएको छ त्यस बाहेक अन्य बिकास निर्माण तथा प्राकृतीक बिपत्तीमा उद्धारका लागी यो शक्ती नेपालको मेरू दण्ड नै हो।

संगठन संरचना[सम्पादन गर्ने]
नेपाल अधिराज्यको संबिधान २०४७ अनुसार जुन जनवरी ००७ सम्म नेपालको एक्टीभ संबिधान पनी हो।तर सरकारले यो २०४७को संबिधान नयाँ संबिधान फार्फत फेरीने जनाइ रहेको छ तर यो नयाँ संबिधानको कुनै समय सिमा तोकीएको छैन त्यसैले नयाँ ब्यवस्थीत संविधान नल्याइए सम्म नेपाली सेनाको बेसीक कमान्ड निम्न अनुसार छ।

सुप्रीम कमान्ड[सम्पादन गर्ने]
२०४७को संविधानको धारा ११९मा श्री ५ माहाराजाधिराज नेपाली सेनाका परमाधिपती रहने व्यवस्था छ तर २००६को अप्रील मुभमेन्ट पछि संसदले परमाधीपती संबन्धी ब्यवस्था खारेज गरेको छ।राजा लाई कुनै पनी किषीमको प्रसासनिक कार्य गर्न बाट रोक लागइएको छ। तर नेपाली सेनाको सुप्रीम कमान्ड का बारेमा पनी अन्तरीम संविधान केही बोलेको छैन हाल यो संसदमातहत रहेको मानीएको छ

राष्ट्रिय सुरक्षा परिषद[सम्पादन गर्ने]
२०४७को संबिधान अनुसार प्रधानमन्त्री, रक्षा मन्त्री र प्रधान सेनापती रहेको सुरक्षा परिषदको सिफारीसमा श्री ५ बाट नेपाली सेनाको परिचालन गरिने उल्लेख छ। तर हाल
अन्तराष्ट्रिय शान्ती स्थापनार्थ परिचालन[सम्पादन गर्ने]
नेपाली सेनाको शान्ती स्थापना का राष्ट्रसंघिय शान्ती स्थापना मिसनमा लामो सहकार्य रहिआएको छ।सन १९५८मा नेपालले (UNOGIL/ United Nations Observer Group in Lebanon)मा ५ सैनिक सुपेरीवेक्षक पठाएपछी यो क्रम सुरू भएको हो। र पहिलो सैनिक गणको रूपमा पुरानो गोरख गण सान्ती स्थापनार्थ इजिप्टमा १९७४ देखी खटीएको थियो नेपाली सेनाले राष्ट्र संघिय सान्ती सैनिक मिसनमा संलग्न भएको ५० बर्ष नाघेको छ। हाल सम्म नेपाली सेनाले भाग लिएका सान्ती स्थापनार्थ संयुक्त राष्ट्रसंघिय मिसन३१ पुगेको छ भने ३१ मिसनमा झण्डै ६२ हजार नेपाली सेनाले सेवा गरिसकेका छन , नेपाली सैनिक अधिकृत हरू फोर्स कमान्डर,विषेश सैनिक अधिकृत, इमपार्टल मिलीटरी अबजर्भर तथा अनुसासीत अधकृतको रूपमा कार्य गरिसकेका छन।नेपाली सेनाले केही अती खतरनाक भनिएका स्थानमा समेत सान्ती स्थापना कार्यमा भागलिएका छन।हाल सम्म संयुक्त राष्ट्रसंघ शान्ती स्थापना मिसनमा वीरगती प्राप्त गर्ने नेपाली सैनिकहरू ५४ जवानले राष्ट्र संघिय सान्ती मिसनमा ज्यान गुमाएका छन भने ५७ अपांग भएका छन।

नेपाली सैनिकले उनिहरूको सैनिक दक्षताका लागी विश्वव्यापी स्याबासी बटुलेका छन खास गरी युद्धग्रस्त अफ्रिकाको सान्ती बाहाली र स्थिरताको क्षेत्रमा, नेपाल संयुक्त राष्ट्रसंघ लाई सैनिक सहयोग गर्ने राष्ट्रमध्य चौथो प्रमुख राष्ट्रहो।नेपाली सैनिक हरूले आफ्नो ज्यानको बाजी लगायर पनी राष्ट्रसंघको मिसनलाइ टेवा दिएकछन र नेपालको असंलग्न राष्ट्रको छबीलाइ प्रष्ट पार्न मद्धत गरेका छन।

No comments:

Powered by Blogger.