Ads Top

बिदेशबाट घर फर्कदा अब यस्तो झोला लिएर जान पाइने छैन सबैले शेयर गरेर खबर गरौं ।



दुबई अन्तरास्ट्रिय विमानस्थलले सामान ओसार पसारमा नयाँ नियम ल्याएको छ । आगामि बुधबार (मार्च ८) देखि कार्यन्वयन हुनेगरि यो विमानस्थलबाट डोरीले बाँधिएका झोला लैजान प्रतिवन्द गरिएको हो । डोरीले बाँधेर झोला लान नपाईने र ठुला लगेजमा समेत डोरीबेर्न नहुने विमानस्थलले प्रशासनले जनाएको हो

यहाँका सञ्चारमाध्यमका अनुसार सुरक्षा र लगेज व्यवस्थापन सहजका लागि भन्दै नियम परिवर्तन गरिको हो । झोलाको साइज समेत मध्यम साइजको हुनुपर्ने बताइएको छ ।यो नियमले नेपाली सहित, भारत, पाकिस्तान, बंगलादेशी नागरिक प्रभावित हुने छन् । यी देशका नागरिकले यसरी लगेज लाने गरेका छन् । डोरीले बाँधिएका झोला विमानस्थलमा रोकिने भएकाले त्यसो नगर्न नेपाल एयरलाइन्सका कन्ट्री म्यानेजर रमेश पौडेलले आग्रह गर्नु भयो ।

No comments:

Powered by Blogger.