बुद्धसम्बन्धी केही भ्रम चिरिन्छ (जन्न्नुहोस सत्य तथ्य)
२५६०औँ बुद्ध जयन्ती तथा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन मुल समारोह समितिको सोमबार बसेको बैठकमा प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रिय सम्मेलनबाट बुद्धसम्बन्धी भ्रम चिर्न सफल हुने बताएका हुन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री ओलीले बुद्धसम्बन्धी केही भ्रम रहेको उल्लेख गर्दै ती भ्रमहरु चिर्न सम्मेलन सफल हुने बताए । बुद्ध सम्बन्धी प्रचारप्रसारको कमीले भ्रम फैलिएको उनको भनाइ थियो ।
सम्मेलनले बुद्ध र बुद्ध दर्शन नेपालबाट सुरु भएको प्रमाणित गर्ने समेत उनले दाबी गरे ।
प्रधानमन्त्री ओलीले बुद्धजयन्ती र अन्तर्राष्ट्रिय बुद्ध सम्मेलन मनाउन सिङ्गो नेपाल उत्साहित भइरहेको र राजनीतिज्ञ, सरकारी उच्च अधिकारी, धार्मिक संस्थाहरु सबैको एक्यबद्धता रहेको बताए ।
गौतम बुद्धको जन्मभूमि लुम्बिनी भएकाले बुद्धजयन्ती लुम्बिनीमै मनाइने भए पनि अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन भने काठमाडौँमा गर्न लागेको जानकारी दिए ।
बैठकमा उपस्थित संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले शान्तिका अग्रदूत गौतम बुद्धको जन्म र कर्म थलो नेपाल नै भएकाले नेपाल बौद्ध दर्शनको मुहान भएको बताए ।
“लुम्बिनी, नेपाल: भगवान् बुद्धको जन्मस्थल तथा दर्शनको उद्गमस्थल” भन्ने नाराका साथ आगामी जेठ ७ र ८ गते अन्तर्राष्ट्रिय गोष्ठी काठमाडौँमा तथा २५६० औँ बुद्धजयन्ती समारोह लुम्बिनीमा जेठ ८ गते मनाइदैछ ।
प्रधानमन्त्री ओलीको अध्यक्षतामा बनेको ५०१ मूल समारोह समितिको बैठकमा मूल समारोह समितिका सदस्य–सचिव बच्चुनारायण श्रेष्ठले कार्यपत्र प्रस्तुत गर्दै सम्मेलनमा १३ देशका संस्कृति मन्त्रीहरु आउने जानकारी दिए ।
सम्मेलनमा १८ विदेशी र छ नेपाली गरी २४ वटा कार्यपत्र प्रस्तुत हुने बताइएको छ । बौद्ध सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आउने तयारी गरे पनि त्यसबारेमा भने सरकारले कुनै जानकारी गराएको छैन । स्रोतका अनुसार नेपाल आउन लागेका मोदी राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमण स्थगित गरेपछि नेपाल नआउने भएका छन् ।
No comments: