Ads Top

तीन महिना अघिको चिनजानले डुबायो, मेकअप गर्न हिँडेकी प्रेमिका बिहेको दिन गहना लिएर फरार

चितवन–स्याङ्जा घर भई नवलपरासीको गैंडाकोटमा होटल चलाउँदै आएका जयदेव पौडेल शुक्रबार जन्ती लिएर चितवनको नारायणघाट आए । तीन महिनादेखि प्रेमसम्वन्धमा रहेकी सुषमा लामिछानेसँग उनको शनिबार बिहे हुँदै थियो । प्रेमिकासँग उनी नारायणघाट पुल्चोकको फिसटेल होटलमा बसे ।

 

१५ दिनदेखि उनी प्रेमिकासँग बस्दै आएका थिए । शनिबार मन्दिरमा बिहेको तयारी थियो । बिहान उनी दाह्री काट्ने तयारीमा लागे । प्रेमिका पनि गहना र नयाँ कपडा लगाएर सजिइन् । बिहेका लागि पौडेलले ल्याएको करिब पाँच तोला सुनका गहना लगाएर सुषमा मेकअप गर्न भनेर होटलबाट ब्युटिपार्लरतिर लागिन् । तर, डेढ घण्टा वित्दा पनि उनी नफर्किएपछि पौडेलले मोबाइलमा फान सम्पर्क गर्न खोजे । तर, फोन स्विच अफ थियो । तयार भइसकेका जन्तीसहित प्रेमको घन्टौं कुर्दा पनि सुषमा नफर्किएपछि पौडेलले प्रेमको नाटकमा आफू ठगिएको थाहा पाए । गोरखा घर बताउनी ती २२ वर्षीय युवतीले तीन महिनासम्म प्रेमिकाका रुपमा पौडेलसँग बसेर बिवाहको नाममा ठगी गरेकी हुन् । ३५ वर्षीय पौडेल पाँच वर्ष दुबईमा बसेर फर्किएका हुन् । विदेशमा पसिना बगाएर कमाएको पैसाले उनले नवलपरासीको गैंडाकोटमा खाजा घर खोलेका थिए । त्यही खाजाघरमा सुषमासँग उनको करिब तीन महिनाअघि चिनजान भएको थियो । आजको नयाँ पत्रिका दैनिकमा खबर छ । 

No comments:

Powered by Blogger.