Ads Top

ठूलो मात्रामा जनयुद्धकालीन हतियार भेटियो

काठमाडौं, १३ चैत । दसवर्षे जनयुद्धमा माओवादीले प्रयोग गरेका सामग्री भोजपुरमा फेलापरेका छन् । भोजपुरको साल्पासिलिछो गाउँपालिका ५ आहालेस्थित आङगेलु शेर्पाको घरभित्र बाकसमा राखिएको अवस्थामा जनयुद्धमा प्रयुक्त हातहतियारको ठूलो परिमाण फेला परेको हो ।

आजको अन्नपूर्ण पोस्टमा खबर छ– एउटा बी ०७०४८ नम्बरको एयरगन, एउटा आरएल, सकेट बम १३ वटा, सकेट बम फिट गर्ने मेसिन, भरुवा बन्दुकको बट, थ्री नट थ्री राइफलको खोका १२ वटा, एसएलआर १२ वटा, एके ४७ को खोका १३ वटा, वाकिटकी चार्जर ५ थान र किताब तथा महत्वपूर्ण दस्ताबेजहरु फेला परेको जिल्ला प्रहरी कार्यालय भोजपुरका निमित्त प्रमुख प्रहरी निरीक्षक गीतनारायण चौधरीले बताए ।

प्रहरीका अनुसार रणबम गण भोजपुरले धरानबाट डिस्पोजल टोली बोलाएर बरामद सामग्री जिम्मा लगाएको छ ।

जनयुद्धका बेला घरमा ताला लगाएर काठमाडौं गएका आङगेलुको घर माओवादीले प्रयोग गर्दा छाडेर गएको हुनसक्ने स्थानीय दिक्पाल राईले बताए । गत वर्षदेखि खाली घरमा आङगेलुका भतिजा काजी शेर्पा बस्न थालेका थिए । काजीकी पत्नी छिमी शेर्पाले थोक्राको मै छोडाएर बाकसमा राख्न खोज्दा हतियार देखेपछि प्रहरीलाई खबर गरेकी थिइन्

No comments:

Powered by Blogger.