Ads Top

अपरिचित युवतीले तपाईलाइ हेरेर मुस्कुराइन भने तपाइँ के सोच्नुहुन्छ ? एस्तो छ जवाफ

http://news.gulfact.com/wp-content/uploads/2017/03/एजेन्सी – कुनै पुरुष हिँडिरहेको छ, उताबाट आइरहेकी अपरिचित महिला उक्त पुरुष देखेर मुस्कुराउँछिन् । आफूलाई देखेर मुस्कान छोडेकी महिला बारे के सोच्छ पुरुषले रु उसले अनेक कल्पना गर्न सक्छ ।

सामान्यतया पुरुषहरुले महिलाको यौन इच्छालाई गलत तरिकाले व्याख्या गर्ने गर्छन् । एउटा पछिल्लो अनुसन्धानले पनि यस्तै देखाएको छ । विशेषगरी महिला पुरुष भेटपछि सँगसँगै केही चुस्की लिएपछि पुरुषले उक्त महिला आफूसँग यौन सम्बन्ध राख्न तयार भएको सोच्छन् ।

न्यूर्योकको युनियन कलेजका अनुसन्धानकर्ताहरुले करिब ५ सय पुरुषलाई यस्तै विषयको अध्ययनमा सहभागी गराएका थिए । उनीहरुले एउटा रमाइलो दृष्य सिर्जना गरे, रात्री क्लबमा कुनै आर्कषक र सेक्सी महिलाको नशालु आँखा तपाईंसँग जुध्यो । पुरुषहरुको मनोदशा बुझ्न यो प्रश्न गरिएको थियो ।

यस्तो अवस्थामा पुरुषले कति चासो देखाउछन् भन्ने जिज्ञासा अनुसन्धानकर्ताको थियो । सहभागीहरुलाई अन्य विकल्पहरुको पनि सुविधा दिइएको थियो । जस्तै कत्ति पनि चासो देखाउनु हुन्न देखि महिला नजरले भुत्तुक्कै हुनुहुन्छ जस्ता विषय सोधिएको थियो ।
उनीहरुले दिएको प्रश्नको उत्तर गरेका थिए । उत्तरबाट निष्कर्ष निस्कियो, पुरुषले नजर जुधाई वा महिला मुस्कुराई भने यौन सम्बन्धसम्मकै लागि राजी भइसकेको सम्म सोच्ने गरेको भेटियो । स्वास्थ्य खबरपत्रिकाले छापेको छ ।

‘एक हेराईमै अत्यधिक सामिप्यता वा निकटता महशुस गर्ने सेक्सका लागि आत्तुर हुने र ति महिला पनि आफूसँग यौन सम्पर्क गर्न राजी रहेको गलत आंकलन पुरुषले गर्छन्’ अध्ययन टोलीका नेता तथा प्राध्यापक जोसुअ हार्ट भन्छन् । अध्ययनलाई पर्सनालिटी एन्ड इन्डिभिजुयल डिफिरेन्समा प्रकाशित गरिएको छ । महिलालाई पुरुषले भेट्ने वित्तिकै कस्तो बिचार मनमा फुर्राउँछन् र यसले समाजमा कस्तो प्रभाव पार्छ भन्ने विषयमा अध्ययन गरिएको बताइएको छ ।

No comments:

Powered by Blogger.