Ads Top

के अब नेपालको तराई भू-भाग भारतमा गाभिन्छ ? यस्तै प्रश्नको उत्तर खोज्छन नेपालि हरु ! प्रत्यक नेपालीले पढ्नु पर्ने पक्का पढ्नुहोला

http://news.gulfact.com/wp-content/uploads/2017/03/अचम्म लाग्ने कुरा त के हो भने धेरै जसो नेपाली हरुले गुगलमा के नेपाल अब भारतको हिस्सा बन्छ ? के नेपाल भविस्यमा भारतको हिस्सा बन्ने छ ? नेपाली किन भारतको कुनै प्रान्त हैन ? के नेपालको मधेस अब भारतमा गाभीन्छ ? जस्ता सर्च हरु गुगलमा गरेको पाइन्छ ! मलाई थाहा छैन मान्छे हरुले किन खोजि  गर्छन र उनीहरु कुन देशका नागरिक हुन् ? तर मा यहाँ जुन कुरा मलाई थाहा छ त्यो हजुर हरुलाई सेयर गर्न गइरहेको छु !

म नेपाली हु, मेरो घर नेपालको दक्षिण मधेसमा छ ! म मधेसी हुनुमा गर्व गर्छु, म मधेसी नेपाली हुनमा झनै गर्व गर्छु ! म त्यसरी गुगलमा सर्च गर्ने हरुलाई उत्तर दिन चाहान्छु आशा गर्छु तपाई हरुले आफ्नो जवाफ पाउनु हुने छ ! 

के नेपाल भारतमा बिलय हुने हुने छ त ?
नेपाल भारतमा बिलय हुने कुरा नेपाल र नेपाली हरु संग गर्ने कुरानै हैन ! इंडिया हाम्रो असल छिमेकी राष्ट्रहो हामीले आफ्नो दाइ भनेर पनि भन्छौं तर इंडिया हाम्रो कुनै परिवारको सदस्य हैन जसको अधिकार हार्मो नेपालको जमिननै लागोस ! नेपाल भविस्यमा अथवा कुनैपनि समयमा भारतमा गाभिन्छ भन्नु चियोचर्चाको कुरा मात्र हो ! हामी सबैलाइ थाहा भएकै कुरा हो नेपाल र नेपाली हरुलाई भारतीय संस्कृतको प्रभाव लागेकै हो, भारतीय संकृति, जीवन सैली धर्म इत्यादी भारतकै अनुसरण गर्ने नेपालीको बानिनै हो !

भारतले नेपाललाई कब्जा गर्न खोजेको र आफ्नो अधिकार जमाउन खोजेकोकुरा सबै झुटो हो, नेपाल अर्कै देश हो र भारत अर्कै देश हो तर खुल्ला सिमा भएका कारण खुल्ला रुपले आवत जावत हुने र सबै कुरा पारदर्शी भएको छ !

नेपाल भारतको सिमा क्षेत्रको व्यापार सबै भारतीय बजारले एकाधिकार जमाएको छ कारण त्यो पनि हो कि नेपाली हरुलाई सिमापरि गएर सस्तोमै समान पाउछन ! नेपालको आफ्नै इतिहास छ आफ्नै संस्कृती छ त्यो भन्दा छन् विश्वमै नेपालको आफ्नै पहिचान छ ! नेपाललाई विश्वमा परिचित गराउनु पर्दैन कसै संग नेपाली चिनाउनु पर्दैन किनभने विश्वकै सबै भन्दा अग्लो हिमाल नेपालमै छ, एसियाका ज्योति भनेर चिनिने  भगवान गौतम बुद्ध नेपालमा जन्मिएका हुन त्यो स्थाई र कहिलै नमेटिने परिचय नेपालले पाएको छ !

नेपालको भौगोलिक रेखांकन गर्नुको पछाडी आफ्नै ठुलो इतिहास छ ! परापुर्वकालमा नेपाल र नेपालीलाई अस्तित्वलाइ बचाई राख्नधेरै मान्छेहरुले आफ्नो रगत बगाएका थिए भने कतिले ज्यानै दिएका थिए ! राष्ट्रियता राष्ट्र र राष्ट्रवासीको मूल पहिचान हो ! विश्व सक्षि छ नेपालको इतिहासमा नेपालले आफ्नो देश र राष्ट्रियता बचाउन कसरि युद्ध लडेको थियो भनेर ! नेपाल विश्वमा एउटा मात्र देशहो जहाँ कुनै पनि देशको अहिले सम्म गुलाम भएको छैन !

हाम्रो लागि विश्वको इतिहास सक्षि छ त्यसमा ब्रिटेनले प्रमाण गर्न सक्ने छ कि नेपाल र ब्रिटेन मात्र त्यी देश हुन् जो कसैको गुलाम भएका अथवा कसैले कब्जा नभएका देश हुन् ! त्यसैले त नेपाल विश्वकै बहादुर र निडर व्यक्तिको देश भनेर चिनिन्छ ! नेपाली योद्दाहरु विश्वमै आफ्नो बहादुरको लागि प्रख्यात छन् ! नेपाली हरुको बहदुरिपन युद्दमा नेपाली हरुले देखाउने कला देखेर विश्वनै चकित छ !

त्यसैले त् खेल  खेल्नु भन्दा  पहिले कसैलाई विजय प्राप्त गरेको भनेर भन्न मिल्दैन, खेल खेल्नु भन्दा पहिले कसैले पराजय भनेर भन्न मिल्दैन !

नेपाल भारतको सिमा !

नेपालको सिमा भारत संग धेरै जोडीएको छ नेपाल भारत बाट समान ल्याउन धेरै भारतकै सिमा बाट मात्रै आयात गर्ने गरिन्छ ! नेपालको सामान भारत निर्यात गर्ने हो या भारत बाट नेपाल आयात गर्ने सबै भारत संगै जोडिएको सिमा जोडिने गरेको छ ! नेपाल र भारतको यस्तो सिमा र एकै खाले संस्कृतिले गर्दा त एउतै आमाको दुइ सन्तान जस्तो भएको छ नेपाल र भारतको सम्बन्ध !

तर प्रचार जुन नेपाल अथवा मधेस भारतमा बिलय हुनेकुरा चल्छ त्यो कहिलै पुरा हुदैन ! हो यो कुरा चाई सत्य हो कि नेपालमा भारतीय सरकारले हस्तक्षेप गर्ने गर्दछ ! कहिले कहिँ नेपाल सरकारले गरेको निर्णयनै भारतले अस्विकार गर्ने गरेको साँचो हो ! भारत सरकारले नेपालसरकारलाइ एउटा बाँदर र डमरु जस्तै गरि नियन्त्रण गरेको छ !

भारतले नेपाली राजनीतिक दल हरुलाई उनीहरुकै अनुकुलमा भनौ भारतीय संगीतमै नाच्न सिकाएको छ ! यस्तो हुनुका कारण हाम्रा पूर्वज हरुले गरेका विभिन्न यी सन्धि हरुपनि हो:  सुगौली सन्धि जो सन् १८७३ मा गरिएको थियो  त्यसको पछाडीपनि एउटा ठुलै इतिहास रहेको छ ! खोलानालाको विषयमा नेपाल गोटी अत्र हो तेस्को संचालक भारतनै छ ! भारतको निर्देशन अनुसार नेपालले नदि नाला भारतलाइ संचालन गर्ने दिनु पर्ने हुन्छ !

पेट्रोलियम पदार्थ देखि खाद्य बस्तु सबै भारतकै भर पर्नु पर्ने नेपाल र नेपालीको बाध्यता छ ! यदि कुनैपनि विषयमा सानो विवाद भएमा भारतले तुरुन्तै  निर्यात बन्द गर्ने भएकाले नेपालले चुपचाप सहेर बस्नु पर्ने बाहेक अरु विकल्प तत्कालै भेटेको छैन ! जब नेपालमा संबिधान जारी गरिएको थियो त्यतिबेला असन्तुष्ट मधेसी तल हरुले सरकार विरुद्ध मधेस बन्द गरेका थिए त्यति बेला हामीले देखेकै हो भारतले मधेसी नेता हरुलाई पुरै सहयोग गरेको थियो ! त्यसको परिणाम नेपालमा पेट्रोलियम पदार्थको हाहाकार मचिएको थियो ! नेपालमा पेट्रोल र डिजलको अभावमा कार मोटरसाइकल हरु त्यतिकै थन्केका थिएन ! मधेसीको आन्दोलनको प्रभाव बढ्दै गएपछि नेपालमा सबै चिज महंगीको सामना गर्नु परेको थियो |

खाद्य संकट र पेट्रोलियम पदार्थको संकट मात्र हैन नेपालमा औसधि समेतको संकट परेकोले धेरै मान्छेको ज्यान पनि गएको थियो ! चाहे हामी सिधै भनौ या घुमाएर भनौ त्यो एउटा भारतले नेपालको नीति प्रतिको हस्तक्षप थियो !  भारत चाहन्छ नेपालमा भारतकै भनेको लाग्नु पर्छ उनीहरुको नियम कानुनले नै नेपाल  चल्नु पर्छ यदि नेपालले भारतको अनुमति बिना कुनैपनि काम गरे नेपाल भारतको सिमा तिर त्यसको परिणाम छिटै देख्न मिल्छ !

भारतले नेपालको प्रत्यक क्षेत्रमा आफ्नो छाप बसाल्न चाहान्छ त्यसको पछाडीको भारतको मुख्य लालच भनेको नेपालको नदि  जुन भारत भएर जान्छन यसैको लोभ हो भारतको ! यदि नेपालले भारतलाइ खुल्ला रुपले पानि छोड्ने हो भने भारत झन् शक्तिशाली र पानिमा आत्मनिर्भर हुन् सक्छ !

वास्तविकता र यथार्थ
नेपाल के भारतमा विलय हुन्छ भन्ने हल्ला चलिरको छ त्यो नेपालको तर्फ बाट कहिलै सम्भव छैन तर यो भने भन्न सकिदैन कुनै दिन भारतले नेपाली आफ्नो कुनै प्रान्त नबनाउलान भनेर ! भारतीय सिमा सुरक्षा बलले नेपालको ५६ बिघा पुर्व नेपालमा लुटेका छन् भने २५ बिघा भन्दा धेरै जमिन पश्चिम नेपालमा लुटेका छन् !

नेपाललाई कब्जा गर्ने अथवा नेपाली श्रोत साधनलाइ कब्जा गर्ने भारतको विस्तारवादी नीतिनै हो तर हामी तिनीहरुको नियति  अनुसारनै थाहा पाउन सक्छौं उनीहरु आफ्नो बाटोमा लागि परेका छन् !ढिलो चांडो भारत नेपालाई आफ्नो कब्जा गर्न चाहन्छ !सन्धि अनुसार  नेपालको महाकाली नदि लगेर भारतले आफ्नो नेपाल प्रतिको  विस्तारवादी नियत देखाईसकेको छ !

नेपाल र नेपाली युवा हरुलाई आफ्नो देश र देशको इज्जत बचाउन आवाज उठाउँ जरुरि छ ! सबै नेपाली एक ढिक्क भएर सिमा रक्षा पुरा नेपाल देखि पश्चिम नेपाल सम्म गर्न सकिन्छ !!

No comments:

Powered by Blogger.