Ads Top

छोटो उमेरमै संसार जितेका, मृत्युसँग हारेका नेपाली कलाकार भिडियोमा हेर्नुहोस

आज एउटासँग मनमुटु जोडिएको चर्चा चलिरहँदा अर्को महिना अर्कोसँग डेटिङ गरिरहेका खवर बाहिर आउँछन् । जसले गर्दा कलाकारको इमेज 'प्लेबाइ' वा 'प्लेगर्ल'को बन्ने गरेको छ । प्रेम सम्बन्धमात्र हैन, सँगै जीउने सँगै मर्ने कसम खाएर लगनगाँठो कसेका कलाकारको जोडी केही बर्ष पनि टिकेको देखिन्न । त्यसैले कलाकारको सम्बन्ध सधैं करारको जागिरजस्तो भनेर टिप्पणी हुने गर्छ ।
प्रेमसम्बन्ध संसारभरिका कलाकारको पहिलो नम्बरको गसिपको बिषय हो । त्यो मामिलामा नेपाली कलाकार पनि अछुत छैनन् । आज एउटासँग मनमुटु जोडिएको चर्चा चलिरहँदा अर्को महिना अर्कोसँग डेटिङ गरिरहेका खवर बाहिर आउँछन् । जसले गर्दा कलाकारको इमेज ‘प्लेबाइ’ वा ‘प्लेगर्ल’को बन्ने गरेको छ ।

प्रेम सम्बन्धमात्र हैन, सँगै जीउने सँगै मर्ने कसम खाएर लगनगाँठो कसेका कलाकारको जोडी केही बर्ष पनि टिकेको देखिन्न । त्यसैले कलाकारको सम्बन्ध सधैं करारको जागिरजस्तो भनेर टिप्पणी हुने गर्छ ।

तर, नेपाली चलचित्रमा थुप्रै यस्ता कलाकार छन् जसले आफ्नो प्रेमलाई सफल बनाएका छन् । उनीहरुको प्रेम बिहेमा परिणत भएको छ । प्रेम दिवसको अवसर पारेर हामीले यस्ता कलाकारको प्रेम प्रसंग स्मरण गरेका छौं, जसको सम्बन्ध बिबाहसम्म पुग्यो ।



१.राजेश हमाल र मधु भट्टराईः करिब ७ बर्ष लामो प्रेमलाई लुकाएर नायक राजेश हमालले जेठको दोश्रो साता प्रेमिका मधु भट्टराइसँग बिहे गरे । मोडलिङमा केही बर्ष सक्रिय मधु कुनै न कुनै रुपमा ग्लामर उद्योगमा जोडिएकी थिइन् । ७ बर्षसम्म लुकीछिपी दिल साटेको यो जोडीले अन्ततः आफ्नो सम्बन्धलाई समाजसामु पस्कियो । र, ५० बषिर्य हमालले आफुभन्दा आधा उमेर कान्छी प्रेमिकालाई दुलही बनाएर घर भित्राए ।

२. आर्यन सिग्देल र सपना भण्डारीः यसैबर्ष बिहे गर्ने प्रेम जोडीमा चर्चित नायक आर्यन सिग्देल र सपना भण्डारी पनि हुन् । करिव तीन बर्षको प्रेम सम्बन्धलाई उनीहरुले वैशाखको सुरुवातमै बिहेमा बदले । आर्यनलाई नेपाली चलचित्रमा ‘प्लेब्वाई’ भन्नेहरुको पनि कमी थिएन । तर, उनले आफ्नो प्रेमलाई सफल बनाएर त्यो आरोपलाई गलत सावित गरिदिए ।



३. श्रीकृष्ण श्रेष्ठ र स्वेता खड्काः बजारमा चलेको गाइगुइ हल्लालाई सत्य सावित गर्दै नायक श्रीकृष्ण श्रेष्ठ र नायिका स्वेता खड्काले पनि असारको २३ गते बिहे गरे । उनीहरु चलचित्र कहाँ भेटिएला निर्माणसँग प्रेममा वाँधिएका थिए । करिब ५ बर्षसम्म प्रेमलाई लुकाएर यो जोडीले बिहे गरेको हो । तर, दुर्भाग्यबस यो जोडीले आफ्नो हनिमुन पनि राम्रोसँग मनाउन पाएन । बिहे भएको एक महिनामै विरामी भएका श्रीकृष्णको निधन भयो ।



४.मुकेश ढकाल र मेलिना मानन्धरः नायक मुकेश ढकाल र नायिका मेलिना मानन्धरले पनि प्रेम बिबाह गरेका हुन् । आफू भन्दा कान्छा मुकेशसँग मेलिनाले प्रेम बिहे गरेकी थिइन् । अहिले यो जोडीले एक सन्तानलाई जन्म दिएको छ ।



५. झरना थापा र सुनिलकुमार थापाः नायिका झरना थापा र निर्माता सुनिलकुमार थापाले पनि प्रेम बिहे गरेर एकअर्कामा समर्पित भएका थिए । काठमाण्डौको कन्या क्याम्पसका पढ्ने झरनालाई मन पराएका सुनिलले प्रपोज गरेको केही महिनामै बिहे गरेका हुन् । अहिले यो जोडीको एक छोरी छिन् । झरना र सुनिल नेपाली चलचित्रको एक सफल जोडीको रुपमा चिनिन्छ ।


६. निखिल उप्रेती र संचिता लुइटेलः नायक निखिल उप्रेतीले दोश्रो बिबाहका रुपमा नायिका संचिता लुइटेलसँग बिबाह गरेका हुन् । ‘माया त माया हो’ चलचित्रको छायांकनको समयमा जोडेको प्रेमलाई दुवैको पहिलो घरबारले छेकेन । दोश्रो बिहे गरेका कारण निखिलले केही समय तनाव त झेले पनि उनले आफ्नो प्रेमलाई बिहेमा परिणत गरे । निखिल र संचिताको पहिलो बिबाह पनि प्रेम बिबाह नै थियो तर, उनीहरुले त्यसलाई टिकाउन सकेनन् र दोस्रो बिबाह गरे ।



७. ऋचा घिमिरे र शंकर घिमिरेः नायिका ऋचा घिमिरे र निर्देशक शंकर घिमिरेले पनि ब्यबसायिक सम्बन्ध र चिनजानलाई प्रेम सम्बन्धमा परिणत गरेका हुन् । शंकरले निर्देशन गरेको एक फिल्ममा नायिकाका रुपमा कार्यरत थिइन ऋचा । तर, उनीहरुको सम्बन्धले ब्यबसायिक घेरा तोड्दै भावनात्मक रुप लिन थाल्यो । जसमा शंकरले अग्रसरता लिए र विवाहको प्रस्ताव गरे । हाल अमेरिका बसोबास गरिरहेको यो जोडीले दुई सन्तानलाई जन्म दिएको छ ।

८. रेजिना उप्रेती र सुरज पोख्रेलः नायिका रेजिना उप्रेतीले पनि लण्डनमा ब्यबसाय गरिरहेका युवा सुरज पोख्रेलसँग प्रेम बिबाह गरेकी हुन् । सुरजसँगको प्रेमलाई रेजिनाले लुकाउन कोसिस गरेपनि उनको पटकपटको लण्डन आवतजावतले धेरै कुराको बोलिरहेको थियो । लण्डनमा फिल्म देखाउन गएको भन्दै रेजिनाले प्रेमको विरुवा हुर्काएकी थिइन् । केही बर्ष चलेको प्रेमलाई उनले बिहेमा परिणत गरेकी हुन् ।



९.सिताराम कट्टेल र कुञ्जना घिमिरेः चर्चित हाँस्य सिरियल ‘मेरी बाँस्सै’का सफल जोडी सिताराम कट्टेल र कुञ्जना घिमिरेले अनस्क्रिन जोडीलाई रियल लाइफमा रुपान्तरण गरे । सिताराम र कुञ्जनाले एक छोरीलाई जन्म दिएका छन् ।

यी बाहेक नेपाली चलचित्र क्षेत्रमा थुप्रै यस्ता जोडी छन्, जसले आफ्नो प्रेमलाई सफलतापूर्वक बिहेमा अवतरण गराएका छन् । चाहे निर्देशक बसन्त निरौला र कलाकार पवित्रा आचार्य हुन् या चर्चित जोडी कृष्ण मल्ल र शर्मिला मल्ल नै । नायक निरज बराल हुन् या जीवन लुइँटेल, प्रेमको डुंगालाई बिबाहरुपी किनारासम्म लैजान सवैले सफलता प्राप्त गरे । जसले कलाकारको प्रेम लामो समय टिक्दैन भन्नेहरुका लागि गतिलो जवाफसमेत दिए ।

No comments:

Powered by Blogger.