Ads Top

आममाफीको समयाबधि भित्र आममाफीको अवशर नलिएमा के हुुन्छ ?

साउदीमा नेपाली अवैध कामदारलाई असार १६ सम्म आममाफीको अवसरकाठमाडौं, चैत १७ – साउदी अरबले हालै घोषणा गरेको आममाफी कार्यक्रमबाट लाभ लिन सरकारले आफ्ना सबै संयन्त्र परिचालन गर्ने तयारी थालेको छ । साउदी सरकारले अबैध रुपमा आफ्नो देशमा बसोबास गरिरहेका आप्रबासी कामदारहरुलाई आफ्नो देश फर्कन पाउने गरि आममाफीको घोषणा गरेपछि सरकारले साउदी अरबमा रहेका नेपाली कामदारलाई उक्त अवसरमा नछुटाउनका लागि घुम्ती शिविरका साथै प्रचार प्रसार अभियान थाल्ने भएको हो ।

साउदी सरकारले अबैध आप्रवासीलाई ९० दिनभित्र सम्पर्कमा आएर आममाफीका लागि अवसर दिएको हो ।

साउदी अरबमा हालसम्म करिब १० लाख नेपालीले श्रम स्वीकृती लिएका छन् । आममाफी कार्यक्रमले अबैध रुपमा बसेका झन्डै १ लाख नेपाली कामदार लाभान्वित हुने प्रधानमन्त्रीका बैदेशिक रोजगार विज्ञ सुशील ढुङ्गानाले जानकारी दिए ।

कस्ता नेपालीले राहत पाउँछन् ?

आममाफी कार्यक्रमबाट साउदी अरबमा भिसाको म्याद सकिएका, कम्पनीले पासपोर्ट जफत गरेका कारण अलपत्र परेका नेपालीहरुले राहत पाउनेछन् । तर हत्या वा अन्य कुनै अपराधको अभियोग लागेका नेपालीले भने यो प्रक्रियामा सहभागी हुन पाउने छैनन् ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा बिहिबार भएको एक कार्यक्रममा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहाकार डा.ऋषिराज अधिकारीले भने– साउदीले घोषणा गरेको यो अभियानलाई कसरी सदुपयोग गर्न सकिन्छ, साउदीको चौध/पन्ध्र सय किलोमिटर भित्र फैलिएका सबै नेपालीलाई कसरी खबर पठाँउन सकिन्छ, यसमा सबै मिलेर लाग्नुपर्ने भएको छ, यसका लागि सरकारले योजना बनाँउदैछ ।

साउदी अरबमा केही कम्पनीहरु टाट पल्टिँदा नेपाली तथा अन्य देशका कामदारहरु पनि प्रभावित भएको बताँउदै डा.अधिकारीले साउदी सरकारले दिएको ९० दिनभित्र अवैध रुपमा बसेकाहरु नेपालीलाई सजिलो बनाउन सचेतनाका कार्यक्रम अघि सारिएको बताए ।
प्रधानमन्त्रीका बैदेशिक रोजगार बिज्ञ सुशील ढुङ्गानाले साउदी अरबले शूरु गरेको आममाफीलाई कुनै प्रकारबाट लाभदायी बनाउने योजनाका साथ साउदी अरबमा घुम्ति शिविरका साथै प्रचारका कार्यक्रम गर्न लागेको जानकारी दिए ।

यस्तो हुनेछ सरकारी अभियान

साउदीमा अबैध रुपमा रहेका नेपालीलाई लाभ दिलाउन सरकारले सबै संयन्त्र परिचालन गर्ने भएको छ । नेपाल तथा साउदी अरबमा संचार माध्यमबाट प्रचार प्रशारको काम गरी सबै नेपालीलाई सुचना पु¥याउने, सहयोगका लागि साउदी अरबमा विभिन्न समयमा घुम्ति शिविर राख्ने कार्ययोजना बनाइएको छ ।

यस्तो घुम्ति शिविरमा नेपालबाट बैदेशिक रोजगार विभाग, अध्यागमन विभाग, श्रम तथा रोजगार मन्त्रालय, १ सय ३० भन्दा बढी आप्रवासीको हीतमा काम गर्ने संस्थाका प्रतिनिधीहरु, एनआरएनका प्रतिनिधीहरुलाई टोली बनाएर परिचालन गर्ने लक्ष्य लिइएको छ । यससम्बन्धी कार्ययोजना बनाएर छिट्टै मन्त्रीपरिषदबाट निर्णय गरिने जानकारी दिइएको छ ।

हेलो सरकारमा जानकारी दिन सकिने

साउदी अरबमा अबैध रुपमा बसेका ब्यक्ति वा परिवारका सदस्यले त्यसबारे सिधै हेलो सरकारमा जानकारी गराउन सक्ने ब्यवस्था मिलाइएको छ । उनीहरुले हेलो सरकारको फेसबुक, ट्वीटर पेज तथा फोन नं. ११११ मा फोन गरी जानकारी गराउन सक्ने व्यवस्था मिलाइएको छ । हेलो सरकारले प्रधानमन्त्री कार्यालयलाई जानकारी दिएपछि मातहतका निकाय परिचालन गरी सहयोग गर्ने ब्यवस्था मिलाइएको छ ।

साउदीमा ६० हजार महिला अबैध

साउदी अरेबियाका एनआएन धर्म केसीका अनुसारमा साउदीमा पुरुष भन्दा महिला कामदार धेरै अबैध रहेका छन् । उनका अनुसार अबैध रुपमा बसेका महिलाको संख्या मात्रै ६० हजार हाराहारीमा रहेको छ । यस्तै पुरुषको ३० हजारको हाराहारीमा अबैध रुपमा रहेको उनले बताए ।

सन् २०१३ मा साउदी सरकारले घोषणा गरेको आममाफी कार्यक्रम पनि साउदीमा रहेका दलालहरुका कारण लाभदायी बन्न नसकेका कारण दुताबासका कर्मचारीले कसरी काम गछ्र्रन हेर्नुपर्ने एनआएन केसी बताँउछन् ।

यस्तो छ बैदेशिक रोजगारीमा रहेका नेपालीको अवस्था

बैदेशिक रोजगार बिभागको आँकडा अनुसार आर्थिक बर्ष २०५०/५१ यता ४६ लाख २३ हजार ७ सय ८० पटक अन्तिम श्रम स्विकृति दिएको देखिन्छ । यसमा महिलाहरुको संख्या १ लाख ६९ हजार ८ सय ५९ छ । त्यस्तै ४४ लाख ५३ हजार ९ सय २१ पटक पुरुष कामदारले अन्तिम श्रम स्वीकृती लिएका छन् ।

साउदी अरेबियामा मात्रै हालसम्म करिब १० लाखले श्रम स्वीकृति लिएका छन् ।

यस्तो अवस्थालाई आममाफीले समेट्छ :

–पासपोर्ट कंम्पनीले खोसेका,आफुु संग नभएका
–श्रम स्विकृतीको अबधि भन्दा बढि बसेका
–अकामा (स्थानीय परिचयपत्र) नबनाएका, हराएका वा खोसिएका
–कम्पनी छोडेर भागेका, लुुकेर बसेका अर्थात पहिले गएका कंम्पनीमा नभएका

यस्तो अवस्थालाई आममाफीले समेट्दैन :
–साउदी सरकारको कानुुन बमोजिम गम्भिर प्रकृतीका अपराध गरेका वा भिसा वा करार वा श्रम सँग सम्बन्धित बिषय भन्दा बाहिर गएका बिषयहरु भएमा ।

आममाफी लागुु हुुने समयावधी :

–चैत्र १६ गते देखि ९० दिन अर्थात असार १६ गतेसम्म ।

आममाफीको समयाबधि भित्र आममाफीको अवशर नलिएमा के हुुन्छ ?

साउदी सरकारले तोकेको अबधीभित्र आममाफीको फाईदा नलिएमा त्यहाँको सरकारबाट कम्तिमा १५ हजार रियाल देखि १ लाख रियाल अर्थात कम्तिमा ४ लाख २० हजार देखि २८ लाख नेपाली रुपैयाँ सम्म जरिवानाको सजाँय दिन सक्छ ।

साथै अर्को पटक साउदी जान प्रतिबन्ध लगाउनेछ

आममाफीका लागि अबैध कामदारले साउदी सरकारले आममाफी भित्र पर्ने बिषयहरुको सुुनुुवाई गर्न त्यहाँको राहदानी बिभागमा जानुु पर्छ । साउदी सरकारले तोकेको कार्यालय वा स्थानसम्म गएर सेवा लिन नसक्ने अबस्था भए नेपाली राजदुुताबास, महाबाणिज्य दुुताबासबाट सहयोग लिन सकिने जनाइएको छ ।

साउदी सरकारले चैत १६ गतेदेखि अबैध आप्रवासी नागरिकलाई आममाफी दिने अभियान शूरु गरेको छ ।

No comments:

Powered by Blogger.