आन्दोलन उक्साउने कारखाना नै जफत गर्न आदेश
निकोलासले मोटर गाडी उत्पादक अमेरिकी कम्पनी जनरल मोटर्सको कारखाना बन्द गर्न आदेश दिएका हुन् ।
आन्दोलनलाई सहयोग गर्न सैनिक संगठनलाई आह्वान गरी एसएमएस सन्देश पठाउने मोवाइल फोन सञ्चालक कम्पनी मोबिस्टारलाई पनि कडा कारबाही गर्ने राष्ट्रपतिले चेतावनी दिएका छन् ।
स्पेनो लगानी रहेको अर्को मोवाइल फोन सञ्चालक कम्पनी टेलिफोनिकाले हरेक दुई-दुई घण्टामा दशौं लाख मोबाइल सन्देश पठाई सरकारविरोधि प्रदर्शनलई तीव्र पारेको आरोप राष्ट्रपतिले लगाएका छन् ।
प्रदर्शनमा तीन सातामा ६ जनाको ज्यान गएको छ । जनरल मोटर्सको कारखाना बन्द गराई उसको सम्पत्ति जफत गर्ने राष्ट्रपतिको आदेशप्रति अमेरिकी सरकार रिसाएको छ ।
No comments: