कविता : युगभित्र
बरालिएर उत्रिएका विदिर्ण उच्छ्वासहरु
विश्वासको गाग्रो बोकेर
जब ओर्लिन्छन् बिहानीमा
सुनसान सडकहरू
जेब्राक्रसिङ्ग खोज्दै दगुरिरहेछन्
सीमा बोकेर उदाएका तिर्खाहरु
महासागर थेग्दैछन्
यधपि, उडेर जाने सपनाहरू
जमिनमा अवतरण गर्दैनन्
बरू खोल ओडेर बगिरहेको सपनामा
एकान्तका पत्रहरू
बन्दुक थुनेर आएका बन्दी खामहरु
फिर्ता गरिदेऊ प्रेषकतर्फ
किनकि
म उडाउन चाहन्न रकेटहरू
आफ्नै आङ जलाउँदै विकटतामा
बस् म उडाउन चाहन्छु कल्पनामा
एक सुनौलो सपना बोकेर
किनकि,
अस्ताचलमा पुगेर रोकिएका रस्मिहरू
साँझका बन्धनहरू तोडेर
धरतीलाई उज्यालो दिइरहन चाहन्छ,
जब दिन साँझतिर हाम्फाल्छ
–पर्वत
विश्वासको गाग्रो बोकेर
जब ओर्लिन्छन् बिहानीमा
सुनसान सडकहरू
जेब्राक्रसिङ्ग खोज्दै दगुरिरहेछन्
सीमा बोकेर उदाएका तिर्खाहरु
महासागर थेग्दैछन्
यधपि, उडेर जाने सपनाहरू
जमिनमा अवतरण गर्दैनन्
बरू खोल ओडेर बगिरहेको सपनामा
एकान्तका पत्रहरू
बन्दुक थुनेर आएका बन्दी खामहरु
फिर्ता गरिदेऊ प्रेषकतर्फ
किनकि
म उडाउन चाहन्न रकेटहरू
आफ्नै आङ जलाउँदै विकटतामा
बस् म उडाउन चाहन्छु कल्पनामा
एक सुनौलो सपना बोकेर
किनकि,
अस्ताचलमा पुगेर रोकिएका रस्मिहरू
साँझका बन्धनहरू तोडेर
धरतीलाई उज्यालो दिइरहन चाहन्छ,
जब दिन साँझतिर हाम्फाल्छ
–पर्वत
No comments: