शरीरमा पसिना आउँदैन भने तपाइँलाई हुन सक्छ यी ५ खतरा
शरीरमा पसिना नआउँदा के खतरा ?
१- यदि तपाइँको शरीरमा पसिना कम आउँछ वा आउँदै आउँदैन भने खतराको संकेत हो । जसलाई पसिना आउँदैन उनीहरुको शरीरको तापक्रम कम हुन सक्दैन । किन भने पसिनाले नै शरीरको आन्तरिक तापमान नियन्त्रित राख्छ ।
२- कमै मान्छेलाई थाहा छ कि शरीरमा आउने पसिनाले हाम्रो रोगसँग लड्ने क्षमता बढ्छ । किन भने पसिनाले शरीरमा भएका विषाक्त पदार्थ बाहिर ल्याउँछ । पसिना नआउने ब्यक्ति छिटो विरामी पर्ने सम्भावना बढी हुन्छ ।
३- पसिना नआउने ब्यक्तिलाई एक प्रकारको छालाको रोग हुने सम्भावना अत्याधिक हुन्छ । पसिनाबाट शरीरमा भएको विषाक्त पदार्थ बाहिर निस्किन पाएन भने यसले छालामा संक्रमण गर्न सक्छ । रौंको प्वलामा जमेका धुलाका कण समेत रोगको कारण बन्न सक्छन् ।
४- पसिनाको माध्यमबाट हाम्रो शरीरमा बढी भएको लवड अर्थान नुन बाहिर निस्किन्छ । जसलाई पसिना आउँदैन उनीहरुको शरीरमा सल्ट र क्याल्सियमको मात्रा बढी हुने र यसले किड्नीमा स्टोनको खतरा बढी हुन्छ ।
५- तपाइँलाई पसिना आउँदैन भने शरीरमा घाउ हुँदा त्यो भरिन समय लाग्छ । पसिनासँगै उत्पन्न हुने स्वेद ग्रन्थिमा हुने स्टेम सेल्सले घाउ भर्न मद्दत गर्छन् । यसरी पसिना नआउनु शरीरका लागि घातक हुन सक्छ ।
No comments: