Ads Top

चायाँ हटाउने अचुक उपाए हेर्नुहोस

https://i2.wp.com/www.news24nepal.tv/wp-content/uploads/2016/01/चायाँ मान्छेको टाउकोमा मात्र नभइ कसैकसैको अनुहार, हात, खुट्टामा पनि पर्ने गरेको पाईन्छ । प्राय धेरै जसो मानिसको भने  टाउकोमा नै पर्छ । सरसफाईमा ध्यान दिदा दिदै पनि एक दुई दिन ननुहाउदैमा चायाले सताउने गर्दछ । चायाँ छालासम्बन्धी एक प्रकारको समस्या हो । टाउकाको छालाबाट मरेका कोषहरू बाहिर निस्केपछि हामी त्यसलाई नै चाँया भन्ने गर्दर्छौँ ।
चायाँ सबैलाई पर्ने भएपनि यसबाट सबैले मुक्ति चाहेकै हुन्छन् । चायाँका कारण अरुले हेर्ने दृष्टिकोण र आफ्नो सुन्दरताको पनि चिन्ता हुन्छ ।
आजकल चायाँ हटाउने विभिन्न तरिकाहरुको प्रचार गरिएको पाइन्छ । तर अरुले भनेकै भरमा विभिन्न सामग्रिहरुको प्रयोग गर्दा चायाँ हट्ने नभई त्यसले थप समस्या पनि सिर्जना गर्नसक्छ ।
चायाँ हटाउने केही घरेलु उपायहरु यस्ता छन् ।

एक कप दहीमा एक कप वेसन मिलाएर कपालमा राम्ररी लगाउने र करिब दुई घन्टापछि धुने । यो प्रक्रिया केही दिन लगातार गरेमा चायाँ हट्दै जानेछ ।
कपालमा नियमित रुपले नविरलको शुद्ध तेल लगाउँदा पनि चायाँ हट्छ । तर नरिवलको तेलको साथै अन्य खालका अन्य तेल प्रयोग गर्नुहुँदैन ।
 अमला र रिट्ठा मिसाएर टाउकोमा लगाउने र यसको दुई घन्टापछि धुने गरेमा पनि चायाँ हट्छ । साथै नुहाउनुभन्दा एक घन्टा अगाडी संधै कागतीको रसले टाउको मालिस गरेमा पनि केही हदसम्म चायाँको समस्याबाट मुक्ति पाउन सकिन्छ ।
 अरुले प्रयोग गरेका ब्रस, तकिया, काईंयो, सिरानी सकेसम्म प्रयोग नगर्ने ।
 टाउकोमा काँचो अण्डा दल्न मन नपर्न सक्छ । तर चायाँको उपचारमा काँचो अण्डाको प्रयोग हुँदै आएको छ । अण्डा फुटाएर एक घण्टा जति कपालमा राम्रोसँग दलेर त्यतिकै रहन दिने । त्यसपछि त्यसलाई पखाल्ने । यसमा हल्का सेम्पु प्रयोग गर्न सकिन्छ । अण्डासँगै मरिच र दहीलाई पनि उपयोग गरिए झनै प्रभाव पर्छ ।
 धूलो र अत्याधिक घाममा हिँड्दा टाउको छोप्ने ।

No comments:

Powered by Blogger.