Ads Top

गर्भ नरहेर तनावमा हुनुहुन्छ ? यी १० कारण त होइनन् ?

http://www.ratopati.com/wp-content/uploads/2017/04/

चैत २५ – ‘ह्यूमन रिप्रोडक्सन’ मा प्रकाशित एक नयाँ अनुसन्धानका अनुसार थुप्रै जोडीले चाहेर पनि आफ्नो बच्चाको योजना बनाउन सकिरहेका छैनन् । यसको स्वास्थ्य र जीवनशैलीसम्बन्धि थुप्रै कारण हुनसक्छ । फर्टिलिटी एक्सपर्ट र इन्डियन फर्टिलिटी सेसाइटीका प्रमुख (एम.पी. चेप्टर) डा. रणधीर सिंहका अनुसार अधिकांस समस्या अस्थायी हुने गर्दछन् । यसलाई सही उपचार पद्धतीमार्फत ठिक गर्न सकिन्छ ।

महिलामात्र जिम्मेवार हुँदैनन्ः

डा. रणधीरका अनुसार आज पनि नेपाली र भारतीय समाजमा गर्भवती नहुँदा सबैभन्दा पहिले महिलालाई नै जिम्मेवार देखाइन्छ । तर यसका लागि पुरुष पनि त्यत्तिकै जिम्मेवार हुन्छन् । त्यसकारण सबैभन्दा पहिले मूल कारण के हो भन्ने बारे थाहा पाउन आवश्यक छ । डा. सिंह महिला र पुरुष दुबैसँग जोडिएका यस्ता १० कारणबारे जानकारी दिँदै छन् जसले धेरैजसो गर्भ रहन बाधा पुर्याउँछ ।

मोटोपनः

पुरुषः

मोटोपनका कारण पुरुषको शारिरिक क्रियाकलाप कमजोर हुने गर्दछ । स्पर्म काउन्ट पनि घट्ने गर्दछ ।

महिलाः

डिम्बाशयमा बोसो बढ्दा अण्डा उत्पादन हुन पाउँदैन । यसले गर्भ रहन समस्या निम्त्याउँछ ।

उमेरः

आजकालका जीवनशैलीका कारण ३५ देखि ४० को उमेरपश्चात् स्पर्म काउन्ट कम हुने गर्दछ ।

महिलाः

४० को उमेरपश्चात् महिलामा महिनावारी रोकिने र हर्मोनल समस्याका कारण गर्भवती हुने समस्या हुने गर्दछ ।

संक्रमणः

पुरुषमा पिसाबको संक्रमण, टिबीका कारण स्पर्म काउन्ट कम हुने गर्दछ ।

महिलाः

पिसाब संक्रमण र पाठेघरमा समस्याका कारण फ्यालोपियन ट्युब खराब हुने गर्दछ ।

जीवनशैलीः

पुरुषः

चुरोट, रक्सी, दैनिक व्यायाम नगर्नु, लेट नाइट पार्टी जस्ता कुराले स्पर्म काउन्ट कम हुने गर्दछ ।

महिलाः

महिलामा नशा, लेट नाइट पार्टीजस्तो अस्वस्थकर जीवनशैलीका कारण गर्भ रहन समस्या हुने गर्दछ ।

तनाव र डिप्रेशनः

यसले स्पर्म काउन्ट र फर्टिलिटि कमजोर हुने गर्दछ । शारिरिक व्यायाम पनि प्रभावित हुने गर्दछ ।

महिलाः

प्रोलेक्टीन नामक हर्मोन बढ्ने गर्दछ जसले गर्भवती हुन समस्या आउने गर्दछ ।

हर्मोनल समस्याः

पुरुषः

थाइराइडजस्ता हर्मोनल समस्याका कारण स्पर्म काउन्टमा असर पर्ने गर्दछ ।

महिलाः

थाइराइडजस्ता हर्मोनल समस्याले महिनावारी हुन समस्या हुन्छ । यसले अण्डा उत्पादनमा पनि असर पर्ने गर्दछ ।
औषधीका साइडइफेक्टः

धेरै औषधीका कारण स्पर्म काउन्ट र गुणस्तरमा पनि कमी आउने गर्दछ ।

महिलाः

महिनावारी गडबडी हुने गर्दछ । अण्डाको गुणस्तरमा पनि कमी हुने गर्दछ ।

मधुमेहः

मधुमेहका कारण स्पर्म काउन्ट ५० प्रतिशतसम्म कम हुने गर्दछ ।

महिलाः

मधुमेहका कारण अण्डा उत्पादनमा पनि फरक पर्ने  गर्दछ । महिनावारी गडबडी हुने गर्दछ ।

व्यवसायः

नाइट शिफ्टमा काम गर्ने, गर्मी ठाउँमा काम गर्ने र तनावपूर्ण काम गर्नाले पनि स्पर्म काउन्ट घटाउने गर्दछ ।

महिलाः

तनावपूर्ण काम र कामको असिमित घण्टाले शारिरिक क्रियाकलाप र गर्भवती हुने कुरामा असर पर्ने गर्दछ ।

रोगः

पुरुषः

पुरुषलाई लाग्ने हाइड्रोसिल, हार्नियाले पनि उनको पार्टनरको गर्भ रहन समस्या हुनसक्छ ।

महिलाः

पाठेघरसम्बन्धि रोग, क्यान्सर, यौनाङ्गमा संक्रमणका कारण पनि गर्भ रहन समस्या भएको हुनसक्छ ।

No comments:

Powered by Blogger.