Ads Top

रक्सी तयार गर्न कण्डम प्रयोग

http://nepaliheadlines.com/wp-content/uploads/2017/04/ चैत, एजेन्सी ।

क्युवामा एउटा वाइन उद्योग छ जहाँ रक्सी बनाउन कन्डोमको प्रयोग गरिन्छ ।

‘अल क्यानल वाइनहाउस’का सञ्चलाक ओरेस्टिज एस्टेभेजका अनुसार जबसम्म कण्डोम जारमाथि फुलिरहन्छ, त्यसको मतलब वाइन तयार भइरहेको हुन्छ भने जब त्यो तल झर्छ त्यसको अर्थ वाइन तयार भइसकेको बुझिन्छ ।
यहाँ शुरुमा ग्यालनमा अंगुर, अदुवा तथा अन्य फलफुल राखिन्छ । त्यसपछि भरिपुर्ण ग्यालनमा कण्डम लगाइन्छ। फलफुल तथा सागसब्जीको समिकरणले जारमा ग्यास भरिदै जान्छ र कण्डोम फुल्दै जान्छ । त्यसपछि त्यसमा प्वाल पारेर हावा निकालिन्छ । कैयौं व्यक्तिको मुख्य आर्कषण भनेको वाइनमा लगाएको कण्डम हुने गर्दछ ।एक जार वाइन तयार गर्न ३० देखि ४५ दिनको समय खर्च हुन्छ । एक दिनमा ५० वोतल वाइन अल क्यानलबाट विक्रि हुन्छन् ।अमेरिकाले क्युवामाथि लगाएको व्यापारिक प्रतिबन्धका कारण देशको रक्सी उत्पादनमा कमि आएको थियो । त्यसैले स्थानिय स्तरको व्यापार उकास्न देशका कैयौ स्थानमा यो तरिका अपनाइएको हो ।यहाँ उत्पादित वाइन आसपासको क्षेत्रमा अत्याधिक विक्रि हुन्छ ।कम्पनी सन्चालक ६५ वर्षिय ओरेस्टिज आफ्नी श्रीमती, एक सन्तान र अन्य कर्मचारीसंगै काम गर्दछन् । वाइनरीबाट प्राप्त यि तस्विर अन्र्तराष्ट्रिय मिडियामा सार्वजनिक भएका छन् । त्यसपश्चात सामाजिक सञ्जालमा समेत यसको चर्चा छ ।

No comments:

Powered by Blogger.