दुर्गमका डाक्टर’ को दुःख- केटी पाउनै गाह्रो भयो
डा. रविन भन्छन्- 'केटीहरु सुखसयल चाहन्छन्, म सुगममा रमाउन सक्दिनँ'
२२ चैत, काठमाडौं । नेपालका आम सरकारी डाक्टरहरु दुर्गम क्षेत्रमा जानुपर्ने भयो भने विरक्त मान्छन् । तर, यसका अपवाद हुन् डा. रविन खड्का । उनले कहिल्यै सुगम क्षेत्रको कार्यस्थल रोजेनन् ।
हाल वीर अस्पतालको रेडियोलोजी विभागमा कार्यरत छन् ३७ वर्षीय डा. खड्का । उनलाई यतिबेला दुर्गममा कहिले जान पाइएला भन्ने व्यग्रता छ । दुर्गममै जन्मे-हुर्केका उनी आफ्नो सम्पूर्ण जीवन दुरदराजमा बस्ने असहाय बिरामीहरुको सेवामा समर्पित गर्न चाहन्छन् ।
स्वास्थ्य मन्त्रालयले विशेषज्ञ चिकित्सकहरुलाई दुर्गम क्षेत्रमा पठाउने नीति बनाउने पर्खाइमा छन् डा. खड्का । त्यसो भएमा विशेषज्ञ दरवन्दी अन्तर्गत सुर्खेत जाने उनको सोच छ ।
‘सरकारी जागिरमा प्रवेश गरिसकेपछि आफूखुशी कतै जाने कुरा हुँदैन,’ डा. खड्का भन्छन्, ‘तर पाएँ भने सुर्खेत अञ्चल अस्पताल जान चाहन्छु । र, त्यहीँबाट अन्य ग्रामीण भेगमा जाने इच्छा छ ।’
दुर्गम मोहले नजुटाएको जोडी !
सामान्यतया एउटा डाक्टरसँग बिहे गर्न केटीहरुका लाइन लाग्छन् । तर, डा. खड्काको व्यथा अर्कै छ । उमेर उकालो चढ्दै गएको छ तर, उनले अहिलेसम्म बिहे गर्न केटी पाएका छैनन् । यसको कारण हो, उनको दुर्गम मोह ।
हुनत डा. रविनलाई केटीहरुको कुरा नआएको होइन । उनी केटीहरुको रोजाइमा नपरेका पनि हैनन् । तर, अन्तिममा गएर यसैमा कुरा मिल्दैन कि केटीहरु चाहन्छन्, शहरमा बसेर सुखसयलको जिन्दगी बिताऔं, डाक्टर रविनको सोच भने अर्कै छ ।
‘जति जनासँग कुरा भयो, सबैको सोच सुगममै बस्ने र मनग्गे पैसा कमाउने थियो,’ डा. खड्काले अनलाइनखबरसँग भने, ‘म सुगममा रमाउन सक्दिनँ । र, यसैमा कुरा नमिल्दा अहिलेसम्म भनेजस्तो जीवनसाथी पाउन सकेको छैन ।’
यद्यपि डा. रविन अहिलेको जमानामा कुनै पनि केटीहरुले टन्न पैसा कमाएर आरामको जिन्दगी बिताउने चाहना राख्नुलाई अस्वाभाविक ठान्दैनन् । उनी भन्छन् ‘तर मलाई पैसा कमाउने मोह कहिल्यै पलाएन ।’
सही उपचार नपाउँदा खुट्टा लुलो
दैलेखको सदरमुकाम दैलेखबजारस्थित मध्यमवर्गीय परिवारमा जन्मेका डा. रविनको बाल्यकाल पुरै गाउँमै बित्यो । उनका बुवा सामान्य सरकारी जागिरे थिए ।
गाउँमै जन्मे-हुर्केकाले उनलाई गाउँको पीडा राम्ररी ज्ञात थियो । तालिमप्राप्त स्वास्थ्यकर्मीको अभावमा उनी स्वयम् मर्कामा परेका रहेछन् ।
दुई वर्षको छँदा उनको खुट्टामा सामान्य समस्या आयो । त्यतिबेला दैलेखमा बाटोघाटो, सञ्चारकोे कुनै सुविधा थिएन । घरबाट झण्डै आधा घण्टाको दुरीमा एउटा सामान्य स्वास्थ्यचौकी थियो । त्यहाँ कुनै चिकित्सकहरु त बस्दैनथे, तर केही स्वास्थ्यकर्मीहरु थिए । उनीहरु तालिमप्राप्त भने थिएनन् । फलस्वरुप उनले उचित उपचार पाउन सकेनन् । स्वास्थ्यकर्मीले देब्रे खुट्टाको मासुमा लगाउनुपर्ने सुई नशामा लगाइदिएका थिए । यसबाट समस्या झनै बढ्यो ।
बाबुआमाले उनलाई उपचारका लागि काठमाडौ पनि ल्याए । तर विडम्बना, उनको थप उपचार हुन सकेन । र, देव्रे खुट्टा सधैंका लागि लुलो भयो ।
यही घटनाले पहिलोपटक आफूलाई स्वास्थ्यकर्मी बन्ने प्रेरणा दिएको खड्का बताउँछन् ।
०४७ सालतिर घरबाट करिब ५/६ घण्टाको दुरीमा रहेको साथीको घरमा जाँदा सामान्य औषधी अभावमा आफ्नै आँखा अगाडि साथीकी गर्भवती आमाले प्राण त्यागेपछि भने उनलाई ठूलै चस्का पस्यो ।
त्यतिबेला उच्च रक्तश्राव रोक्ने एउटा सामान्य अक्सिटोसन भन्ने सुई मात्र लगाइदिन पाएको भए पनि साथीको आमाले ज्यान गुमाउन नपर्ने उनको भनाइ छ । यस घटनाबाट स्वास्थ्य क्षेत्रमा लाग्ने उनको अठोट झनै दृढ भएको थियो ।
यसरी पूरा भयो डाक्टर बन्ने सपना
पढ्नमा सधै अब्बल खड्का कक्षामा सानैदेखि प्रथम हुन्थे । उनलेे दैलेखस्थित गाउँकै स्कुलबाट प्रथम श्रेणीमा एसएलसी उर्त्तीण गरे । त्यतिबेला जिल्लामा एसएलसीसम्म पढ्ने विद्यार्थी नै कम हुन्थे । त्यसमा पनि प्रथम श्रेणीमा उत्तीर्ण गर्नु चानचुने कुरा थिएन ।
त्यसबेला नेपालगञ्जमा कलेजहरु त थिए । तर, दैलेखबाट नजिक भएर पनि नेपालगञ्जमा पहुँचको अभावमा उनी थप अध्ययनका लागि काठमाडौं हानिए, जहाँ उनका मामा बस्थे ।
काठमाडौं आएर के पढ्ने भन्नेमा उनमा अन्यौल कायमै थियो । उनको लक्ष्य डाक्टर बन्ने थियो, तर, उनका लागि त्यो एउटा सपनाभन्दा कम थिएन । तैपनि एसएलसी प्रथम श्रेणीमा उर्तीण गरेकै कारण उनले अस्कल साइन्स क्याम्पसमा भर्ना हुन पाए । आइएस्सीसमेत प्रथम श्रेणीमा पास गरेका उनले छात्रवृत्तिमा धेरै कोटा नभएकै कारण सिधै बीसएस्सीमा भर्ना हुनुपर्यो ।
हुन त उनले बिएस्सी अध्ययनकै क्रममा पनि एमबीबीएसका लागि शिक्षा मन्त्रालय, महाराजगञ्ज क्याम्पस (अहिलेको आइओएम), पाटन अस्पताल लगायतमा क्याम्पसहरुमा प्रवेशिका परीक्षा दिइरहेकै थिए । तर, छनोटमा भने बीएस्सी दोश्रो वर्षमा मात्र परे । उनले एमबीबीएसको छात्रवृत्ति कोटामा आठ नम्बरमा नाम निकालेका थिए ।
अन्ततः ०५७ सालमा पोखरास्थित मणिपाल कलेज अफ मेडिकल साइन्सेजबाट आएको छात्रवृत्ति कोटामा उनको नाम मेरिट लिस्टमा निस्कियो र ०६२ सालमा उनले विशिष्ट श्रेणीमा एमबीबीएस परीक्षा उत्तीर्ण गरे ।
तुरतुरेदेखि कालिकोटसम्म
एमबीबीएस उत्तीर्ण भएलगत्तै उनले मणिपालकै बालरोग विभागमा काम गरे । तर, उनलाई त्यहाँको जागिरले रत्तिभर लोभ्याउन सकेन । उनी जुनखालको सेवा गाउँका बिरामीलाई दिन चाहन्थे, त्यो मणिपाल जस्तो ठूलो अस्पतालमा सम्भव थिएन ।
‘मणिपालजस्तो ठूलो संस्थामा रिफर गरिएका बिरामीहरु मात्र धेरै हुन्थे । जब कि आफ्नो रुची अर्कोतिर थियो,’ उनले अनलाइनखबरसँग भने ।
त्यहाँ काम गरेको केही महिनामै उनी तनहुँको सामुदायिक अस्पताल, तुरतुरेमा सेवा दिन पुगे । जहाँ उनले करिब ९ महिना विताए ।
नेपाल सरकारले छात्रवृत्तिमा पढेका चिकित्सकहरुलाई अनिवार्य दुर्गममा काम गर्नु पर्ने नीति २०२० सालमै बनाएको भए तापनि चिकित्सकहरुलाई दुर्गममा पठाउन नसक्दा त्यो नीति तथा ऐन त्यसै थन्किएर बसेको थियो ।
०६२ सालमा स्वास्थ्य मन्त्रालयले उक्त परिपत्र जारी गरेसँगै उनी पुनः दुर्गममा गए । त्यतिबेला उनी लोकसेवाले लिने परीक्षाको तयारीमा थिए ।
तर, लोकसेवाको परीक्षा नखुलेपछि पहिलो अस्थाई पोष्टिङ्ग लिएर उनी जिल्ला अस्पताल बर्दिया गए । जहाँ उनले झण्डै १० महिना काम गरे । त्यतिबेला उनको कार्यावधि जम्मा दुई वर्षको थियो ।
तर, त्यहाँ पनि चित्त नबुझेपछि तोकिएको कार्यावधि सकिनुपूर्व नै उनले बाँकी समय नेपाल सरकारद्वारा सञ्चालित शक्तिखोर नजिकैको जनमुक्ति सेनाको जनसैनिक अस्पताललाई दिए । त्यहाँ पनि झण्डै डेढ वर्ष काम गरे ।
लगत्तै, लोकसेवाको लागि परीक्षा खुल्यो । त्यहाँ पनि उनले चार नम्बरमा नाम निकाले । र फेरि लोक सेवाअन्तर्गतको पहिलो पोष्टिङ्ग अन्तर्गत आफ्नै गाउँ जिल्ला अस्पताल, दैलेखलाई रोजे । त्यहाँ पनि उनी केही महिना मात्रै बसे ।
अन्ततः वि.सं ०६८/०६९ सालमा छुट्टै दरबन्दी लिएर उनी सिधै कालीकोटस्थित कालीकोट जिल्ला अस्पतालतिर लागे । कालीकोटमा त्यसबेला बाटोघाटोको सुविधासम्म पनि थिएन । तर, यसले उनलाई फरक परेन । उनले त्यहाँ गएर सबैभन्दा पहिले गर्भवती महिलाहरुलाई लक्षित गरी शल्यक्रिया सेवा तुरुन्तै सुरु गरे ।
त्यतिमात्र हैन, कालीकोट जिल्ला अस्पतालको जिल्ला स्वास्थ्य प्रमुखको रुपमा रहेका उनको टिमकै सक्रियतामा कालीकोट जिल्ला अस्पतालको स्तरोन्नति हुनुका साथै सेवामा समेत सुधार हुँदै गयो ।
‘त्यहाँ म लगायत जुनियर चिकित्सक र अन्य एक गरी जम्मा पाँच जना स्वास्थ्यकर्मी कार्यरत थियौं । हामी पाँचजना मिलेर नै त्यहाँ शल्यक्रिया गर्नेदेखि सबै सेवा उपलब्ध गराएका थियाैं,’ उनी सम्झन्छन् ।
उनको यो प्रयत्नकै कारण कालीकोटबाट रिफर हुने बिरामीहरु त घटे नै, समयमा उपचार नपाएर बिरामीको मृत्यु हुने क्रममा समेत निकै कमी आयो ।
डा. खड्काले झण्डै अढाइ वर्ष कालीकोटका जनताकै सेवामा बिताए । परिणामस्वरुप, नेपाल सरकारको स्वास्थ्य सेवा विभागले मूल्यांकनका क्रममा कालीकोटलाई सूचकांकका आधारमा उच्च स्थानमा राखेको उनी सम्झन्छन् ।
उनी भन्छन्, ‘अहिले पनि वीर अस्पतालमा कालीकोट तथा मध्यपश्चिम क्षेत्रबाट दैनिक १०-१५ जना विरामी मलाई भेट्न आएकै हुन्छन् ।’
लगत्तै, उनी कालीकोटबाट ५/६ महिनाका लागि काठमाडौं फर्किए । तर, फेरि पनि उनलाई काठमाडौका अस्पतालहरुले काखमा राख्न सकेनन् । उनी फेरि एक वर्षका लागि हुम्ला जिल्ला अस्पतालतिर लागे ।
हुनत उनलाई काठमाडौंका नाम चलेका अस्पतालहरुबाट आकर्षक प्रस्ताव नआएका होइनन् । ती अस्पतालहरुमा उनी दुई-चार दिन नगएका पनि होइनन् । तर, रमाउनै सकेनन् ।
सरकारी डाक्टरको तलब बढाऊ, ३५ हजारले पुग्दैन
डा. खड्काका अनुसार अहिले शहरी क्षेत्रमा जति पनि स्वास्थ्य संस्थाहरु खुलेका छन्, ती सेवाभन्दा बढी पैसामुखी छन् । यो उनको सिद्धान्तभन्दा विपरीत छ ।
उनी आवद्ध सरकारी चिकित्सक संघ र राष्ट्रिय चिकित्सक संघले स्वास्थ्य मन्त्रालयलाई बारम्बार एउटै सुझाव दिँदै आएका छन् कि चिकित्सकहरुलाई पुग्ने तलब देऊ, ता कि उनीहरु पैसाकै लागि विभिन्न अस्पताल धाउन नपरोस् ।
साथै निजी अस्पतालमा कार्यरत चिकित्सकहरुको समेत सेवाको सुनिश्चितता गर्न आफुहरुले सरकारसमक्ष माग गर्दै आएको उनी बताउँछन् ।
डा. खड्का भन्छन्, ‘पर्याप्त सेवा-सुविधा नहुँदा यहाँका चिकित्सकहरु पैसा कमाउनकै लागि विभिन्न निजी क्लिनिक धाउन बाध्य छन् ।’
सरकारी अस्पतालमा काम गरेवापत आफूले जम्मा ३५ हजार रुपैयाँ पाउने गरेको उनले बताए । उनी भन्छन्, ‘म सिंगल छु र त यति पैसाले ठिक्क हुन्छ, जहान-परिवार हुनेहरुले कसरी धान्न सक्छन् ?’
हाल चिकित्सकहरुले चिकित्सा शिक्षा पढ्न लाखौं रुपैयाँ खर्च गर्नुपर्ने अवस्थाले पनि समस्या उत्पन्न भएको उनले बताए ।
डा. खड्काले अनलाइनखबरसँगको कुराकानीका क्रममा भने, ‘मैले कक्षा एकदेखि एमडीसम्म एक रुपैयाँ मूल्य नतिरी नेपाल सरकारकै छात्रवृत्तिमा पढेकाले हुन सक्छ, मलाई अहिलेसम्म पैसा कमाउने मोह आइसकेको छैन । तर, जसले एमडी गर्न मात्र करोड रुपैयाँ भन्दा बढी पैसा तिरेका छन्, उनीहरुका लागि कि त सरकारले व्यवस्था गर्नुपर्यो, कि उनीहरुलाई यथेष्ट तलव-सुविधा दिनुपर्यो ।’
अन्यथा दरबन्दी भन्दैमा कोही पनि डाक्टरहरु सुगम छोडेर दुर्गममा सेवा दिन नजाने उनको भनाइ छ ।
भावी योजना
अब डा. रविनको एउटै योजना छ । उनी जनस्वास्थ्यमा भएको आफ्नो रुची र विशेषज्ञतालाई एउटै छातामा राखेर काम गर्न चाहन्छन् । जसअनुसार पहिले नै लागू हुने भनिएको ‘ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रम’ लाई मूर्तरुप दिने तयारीमा छन् ।
उक्त कार्यक्रमअन्तर्गत सामान्य किसिमको अल्ट्रासाउण्ड मेसिन जिल्ला वा प्राथमिक स्वास्थ्य चौकीमा लग्ने उनको उद्देश्य छ । त्यो कार्यक्रम लागु भएमा सुरुकै अवस्थामा रोगबारे जानकारी नपाएर कुनै पनि विरामीले गम्भीर समस्या भाग्न नपर्ने तथा अनाहकमा ज्यान गुमाउन नपर्ने उनी बताउँछन् ।
यसका लागि उनी स्वास्थ्य मन्त्रालयमा प्रपोजल पेश गर्ने तयारीमा समेत जुटेका छन् ।
जागिरकै बीचमा पनि उनी सय वटा भन्दा बढी स्वास्थ्य शिविर लिएर देशका ६४ जिल्लामा पुगिसकेका छन् । भूकम्पका बेला मात्रै उनले दर्जनौं जिल्लामा पुगेर सेवा दिएका थिए ।
डाक्टरका साथै कवि पनि
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, न्याम्सबाट छात्रवृत्तिमै रेडियोलोजीमा एमडी गरेका डा. रविनलाई अर्को ठूलो सौख छः उनी स्कुले जीवनदेखि नै विभिन्न विषयमा कविता लेखिरहन्थे । उनी कवि पनि हुन् ।
डा रविनलाई समसामयिक विषय, राजनीति, प्रेम तथा समाजको विसंगतिबारे कलम चलाउन मनपर्छ । उनले एमबीबीएसको पढाइ पूरा गरिरहँदा नै ०६३ सालमा ‘छचल्किएका भावहरु’ नामक गजल संग्रह प्रकाशित गरिसकेका थिए ।
निकट भविश्यमा पनि ५० वटा गजलसहितको अर्को एउटा गजल संग्रह तथा कविता संग्रह प्रकाशित गर्ने तयारीमा छन् उनी ।
काम गर्दा होस् वा कतै यात्रा गर्दा, खाली समय मिल्यो कि उनी कविता, गजल लेख्न थालिहाल्छन् । अझ समाजमा कुनै विसंगति भएको सुनेमात्रै पनि उनी कापी-कलम लिएर बसिहाल्छन् । यदि समय मिलेन भने बेलुकी घरमा पुगेर भए पनि लेखेरै छोड्छन् ।
डा. खड्काको जस्तै दुर्गमका जनताको सेवा गर्ने भावना सबै डाक्टरहरुमा भइदिए नेपालको स्वास्थ्य क्षेत्रमा काँचुली फेर्ने थियो कि ?

No comments: