Ads Top

यी हुन् पिएचडी उपाधि हासिल गरेका १० विश्व नेताहरु

विश्वका धेरै प्रख्यात नेताहरुले आफ्नो देशको कार्यकारी पदमा रहेर आफुलाई प्रमाणित त गरे नै त्यसबाहेक उनीहरुले विश्वविद्यालयमा पनि आफुलाई अब्बल साबित गराउन सफल रहे ।

यी १० विश्व नेताहरुलाई आफ्नो कडा मेहनत र लगनशिलताको मुल्य थाहा छ किनभने उनीहरुले आफ्नो धेरै समय डक्टरेट डिग्री अर्थात पिएचडी गर्नमा खर्चिएका छन् ।

यी हुन् पिएचडी हासिल गरेका १० विश्व नेताहरु

१. गुर्वानगुली बेर्दीमुहामेदोभ –तुर्केमिन्स्तान


गुर्वानगुली बेर्दीमुहामेदोभले सन् १९७९ मा अस्गाभाको तुर्कमेन स्टेट मेडिकल इन्स्टिच्युटबाट ग्य्राजुएट गरे र डेन्टिस्टको रुपमा काम गर्न थाले । सन् १९९० माउनले मस्को बाट मेडिकल साइन्समा पिएचडी गरेका थिए ।

सन् १९९७ मा उनी तुर्केमिन्स्तानको स्वास्थ्यमन्त्री भए र त्यसको चार वर्षपछि उनी देशको उपराष्ट्रपति भए । सन् २००६ मा राष्ट्रपति सपर मुरातनियाजोभको मृत्युपछि उनलाई देशको कायममुकायम राष्ट्रपतिको रुपमा चुनियो । सन् २०१२ को फेब्रुअरीमा उनी पुनः राष्ट्रपति पदमा निर्वाचित भए ।

९. कारोलोस पापुलिएस –ग्रिस


ग्रिसका राष्ट्रपति कारोलोस पापुलिएसले आफ्नो मातृभाषाबाहेक फ्रेन्च, जर्मन र इटालियन भाषा पनि बोल्छन् । उनले युनिभर्सिटी अफ कोलोन्जबाट प्राइभेट इन्टरनेशनल ल मा पिएचडी को उपाधी हासिल गरेका हुन् ।

सन् १९७७ मा संसदमा निर्वाचित पापुलिएस विदेश मन्त्री, रक्षामन्त्री हुँदै सन् २००५ को मार्चमा ग्रिसको राष्ट्रपति बन्न सफल भए । उनी सन् २०१० मा राष्ट्रपतिको रुपमा दोस्रो कार्यकालको लागि पुन राष्ट्रपति पदमा निर्वाचित भए । उनका धेरै लेख रचनाहरु र अध्ययनहरु प्रकाशित भएका छन् भने ग्रिसको नाजी प्रतिरक्षामाथि एक पुस्तकसमेत लेखेका छन् ।

८. सी जिनपिङ –चीन


चीनका राष्ट्रपति सी जिनपिङले सन् १९७५ मा बेइजिङको सिन्गुवा विश्वविद्यालयबाट केमिकल इन्जीनियरिङ अध्ययन सुरु गरेका थिए । सन् २००२ मा उनले सिन्गुवा विश्वविद्यालयबाट नै कानुनमा आफ्नो डक्टरेट डिग्री प्राप्त गरे ।

उनले कम्युनिष्ट पार्टीको केन्द्रिय सचिवालय सदस्यको रुपमा उनले सन् २००७ वाट राजनीति सुरु गरेका थिए । सन् २००८ मार्च मा उनी चीनको उपराष्ट्रपति बने भने सन् २०१३ को मार्च १४ मा उनी चीनको राष्ट्रपति बन्न सफल भए ।

७. इभो जोसिपोभिक –क्रोयसिया


क्रोयसियाका तेस्रो राष्ट्रपति इभो जोसिपोभिकले राजनीतिज्ञको रुपमा मात्रै होइन प्रोफेसर, कानुनी विज्ञ र संगितकारका रुपमा पनि काम गरिसकेका छन् । उनले युनिभर्सिटी अफ जाग्रिबबाट सन् १९९४ मा क्रिमिनल साइन्समा पिएचडी प्राप्त गरेका थिए । बहुमुखी प्रतिभाका धनी जोसिपोभिकले जाग्रिव विश्वविद्यालयकै संगित एकेडेमीमा पनि अध्ययन गरेका थिए ।

सन् १९८० मा लिग अफ कम्युनिष्ट अफ क्रोयसियाबाट राजनीति सुरु गरेका उनी सन् २००७ मा क्रोयसिय संसदमा निर्वाचित भएका थिए । उनी सन् २०१० को जनवरी १० मा क्रोयसियाका राष्ट्रपति बनेका थिए । उनले केही पुस्तकहरु तथा ८५ कार्यपत्रहरु पनि लेखेका छन् साथै केही उत्कृष्ट म्युजिकल कम्पोजिसन पनि गरेका छन् ।

६. अब्दुल्लाह गुल–टर्की


अब्दुल्लाह गुल आफ्नो गृहनगर का एसेरीबाट इस्तनाबुल विश्वविद्यालयमा अध्ययनको लागि आएका थिए जहाँबाट उनले सन् १९७१ मा इकोनोमिक्समा स्नातक उत्तिर्ण गरे भने सन् १९८३ मा पिएचडी प्राप्त गरे ।

सन् २००२ मा देशको अन्तरिम प्रधानमन्त्रीको रुपमा काम गरेका गुल सन् २००३ को मार्च मा विदेश मन्त्री बने र उपप्रधानमन्त्री पनि बने । पछि सन् २००७ अगस्ट २८ माउनी टर्कीको ११ औं राष्ट्रपति निर्वाचित भए ।

५. हसन रोउहनी–इरान


१२ वर्षको उमेरदेखि आफ्नो धार्मिक अध्ययन सुरु गरेका हसन रोउहनीले युुनिभर्सिटी अफ तेहरानमा जुडिसियल ल पढे र सन् १९७२ मा स्नातक उपाधि प्राप्त गरे । त्यसपछि सेनामा भर्ना भएका रोउहनीपछि फेरि विश्वविद्यालय फर्किए रस्कटल्याण्डको ग्लास्गो विश्वविद्यालयबाट कानुनमा पिएचडी गरे ।

उनले सन् १९८९ देखि १९९७ सम्म इरानी राष्ट्रपतिको सुरक्षा सल्लाहकारको रुपमा काम गरे । त्यसपछि उनले इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषदमा सचिवको रुपमा काम गरे । सन् २०१३ मा निर्वाचन जितेर उनी इरानको सातौं राष्ट्रपतिको रुपमा निर्वाचित भए ।

४. एन्जेला मर्केल –जर्मनी


जर्मन चान्सलर एन्जेला मर्केल यो सूचीमा पर्ने एकमात्रै महिला विश्न नेता हुन् । तर, उनको शैक्षिक योग्यताले उनको कुनै पुरुष समकक्षीभन्दा कम छैनन् भन्ने देखाँउछ । सन् १९७३ मा लिपजिग विश्वविद्यालयमा फिजिक्समा भर्ना भएकी मर्केल त्यहाँबाटै क्वान्टम केमेस्ट्रीमा पिएचडी प्राप्त गरिन् ।

बर्लिनको पर्खाल ढलेपछि आफ्नो राजनितिक जीवन सुरु गरेकी मर्केल सन् १९९८ मा क्रिश्चियन डेमोक्रेटिक युनियन पार्टिको महासचिव भइन् । सन् २००२ मा उनी चान्सलर हुने उम्मेद्धारबाट पराजित भइन् तर,पछि सन् २००५ मा उनी जमर्नीको इतिहासमै पहिलो महिला चान्सलर बन्न सफल भइन् ।

३. मनमोहन सिंह –भारत

भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंहले सन् १९६२ मा अक्सफोर्ड विश्वविद्यालयबाट अर्थशास्त्रमा पिएचडी प्राप्त गरेका हुन् । उनी सन् २००४ को मे महिनामा भारतको प्रधानमन्त्री बन्न सफल भए ।
मनमोहनले सन् २००९ को मे २२ मा उनले प्रधानमन्त्रीबाट राजिनामा दिए र आफुलाई पुरा कार्यकाल प्रधानमन्त्री हुने पहिलो भारतीय प्रधानमन्त्रीको रुपमा उभ्याए ।

२. इलियो डि रुपो –बेल्जियम
http://www.nepalipatra.com/images/uploaded/bagmati/kapil/

सन् २०११ को डिसेम्बर ६ मा उनी बेल्जियमको प्रधानमन्त्रीको रुपमा निर्वाचित भए । उनले केमेस्ट्रिमा युुनिभर्सिटी अफ मोन्सबाट पिएचडी उपाधि प्राप्त गरेका छन् ।

सन् १९९४ माउनी बेल्जियमको सघिंय सरकारको उपप्रधानमन्त्री बने त्यसपछि उनी अर्थ र टेलिकम्युनिकेसन मन्त्री बन्न सफल भए । मन्त्री हुँदा विभिन्न काण्डहरु र भष्ट्राचार मुुद्धामा मुछिएका उनी पछि बेल्जियमको प्रधानमन्त्री बन्न सफल भएका हुन् ।

१. मोहम्मद मोर्सी –इजिप्ट


इजिप्टको नाइल नदीको नजिकैको सर्किया क्षेत्रमा हुर्किएका मोर्सीले कायरो विश्वविद्यालयमा इन्जिनियरिङ स्नातक र स्नातकोत्तर पढेका थिए । उनी त्यसपछि अमेरिका हानिए र सन् १९८२ मा म्याटेरियल साइन्समा युनिभर्सिटी अफ साउर्थन क्यालिफोर्निया बाट पिएचडी प्राप्त गरे ।

उनले सन् २००० देखि २००५ को बिचमा मुस्लिम ब्रदरहुडको तर्फबाट संसदमा प्रतिनिधित्व गरेका थिए । सन् २०१२ मा उनी देशको प्रजातान्त्रिक पद्धतिबाट चुनिएका पहिलो राष्ट्रपति बन्न सफल भए । तर, उनको कार्यकाल धेरै नै छोटो भयो । उनलाई सन् २०१३ मा इजिप्टको सेनाले अपदस्थ गरेको थियो ।

No comments:

Powered by Blogger.