सरकारले ‘अपमान’ गरिरहेका बेला दिल्लीमा बन्ने भो पृथ्वीनारायण शाहको शालिक किन बनाए त हेर्नुहोस एस्तो छ कारण
भारतीय जनता पार्टीका सांसद तथा पत्रकार तरुण विजयले पृथ्वीनारायण शाह नेपाल एकीकरणका नायकसँगै ‘हिन्दु सम्राट’ रहेको र उनको यथेष्ट सम्मानस्वरूप दिल्लीमा प्रतिमा स्थापित हुनुपर्ने सुझावसहित आफूले त्यस्तो अभियान सुरु गर्ने घोषणा गरेका हुन् । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।
बीपी कोइराला नेपाल–भारत फाउन्डेसनको सहयोगमा काठमान्डु विश्वविद्यालय र भारतको माखनलाल चतुर्वेदी विश्वविद्यालयद्वारा राजधानीमा सोमबार संयुक्त रूपमा आयोजित नेपाल–भारत सम्बन्धबारे सेमिनारमा तरुण विजयले त्यस्तो घोषणा गरेका हुन् । पृथ्वीनारायण शाहले नेपाललाई असली हिन्दुस्थान भएको घोषणा गरेका थिए ।
उक्त अभियानबारे दिल्लीस्थित नेपाली राजदूत दीप उपाध्याय र नेपालका केही मन्त्रीसँग पनि छलफल गरेको उनले बताए । हिन्दुत्व समर्थक पाञ्चजन्यका सम्पादकसमेत रहिसकेका तरुण विजयले नेपालमा विक्रम संवत् र देवनागरी लिपिको चलनचल्ती रहेकोमा खुसीसमेत व्यक्त गरे ।
No comments: