Ads Top

सबैलाई रुवाएर बिदा हुने आखिर को हुन् अण्डरटेकर ?

http://www.ratopati.com/wp-content/uploads/2017/04/बीबीसी

चैत २२ – जसले नब्बे र त्यसपछिको दशकमा बाल्यकाल बिताएका छन्,  उनीहरुका लागि रेसलिङ एउटा खेलभन्दा माथि थियो ।

टिभीमा घण्टौं टाँसिएर बस्नु, रेसलरहरुको कार्ड जम्मा गरेर राख्नु अथवा रेसलिङ भएको खेललाई आफूभन्दा पनि माया गर्नु – यो त्यो समय थियो जब बच्चालाई फुटबल, क्रिकेटभन्दा पनि रेसलिङमा रुची हुने गर्दथ्यो ।

त्यसकारण डब्लूडब्लूएफ (जुन पछि डब्लूडब्लूई बन्यो) को हरेक खेललाई निकै रुचीपूर्वक हेरिन्थ्यो । रेसलिङमा हुने लडाईं वास्तविक नभई मनोरञ्जनका लागि गरिएको भन्ने बारे ज्ञान नै नभई उक्त कार्यक्रम निकै मन लगाएर हेर्ने गरिन्थ्यो ।

बच्चालाई निकै मनपर्दथ्यो रेसलिङः

केज म्याच, लास्ट म्यान स्ट्यान्डिङ, स्लेज ह्यामर वा अन्य कुनै विशेषता भएका खेलका हरेक लडाईंमा प्रत्येक बच्चाले नायक र खलनायक चुन्ने गर्दथे ।

त्यतिबेला एक रेसलर थिए जसको हरेक अन्दाज रहस्यले भरिएको थियो तर यति हुँदा हुँदै  पनि धेरैजसो मानिसले रुचाउने गर्दथे ।

रेसलिङ बेल्ट जित्ने हरेक रेसलर परिवर्तन भइरहे तर उनको चर्चामा केहि पनि कमी भएन ।

किन थिए अण्डरटेकर विशेष ?

अण्डरटेकर नाम यस्तो थियो जसले मृत्युको याद दिलाउँथ्यो । उनी रिंगतर्फ बढ्नेबित्तिकै डरलाग्दो सिग्नेचर ट्युन बज्ने गर्दथ्यो र अँध्यारो उनको पहिचान थियो ।

रेसलर त्यतिबेला आफूसँग सुन्दरी राख्थे भने अण्डरटेकर कफिनबाट निस्कने गर्दथे । उनी विरोधीलाई पिटेर सुत्दा मुटु काम्थ्यो । जब अचानक उठेर बस्थे त्यतिबेला हंशले ठाउँ छोड्थ्यो ।

र सोमबार जब यी व्यक्तिको रेसलिङ रिंगसँग विदाईको पालो आयो तब त्यहाँ उपस्थित हरेक प्रशंसक दुखी भए । रेसलमेनियामा अँध्यारो थियो तर थोरै उज्यालोमा पनि प्रशंसकको आँखाको आँसु निकै सजिलै देख्न सकिन्थ्यो ।

आखिर को हुन् अण्डरटेकर ?

‘द अण्डरटेकर’ आफैंमा एक पूरा पहिचान हो तर यी व्यक्ति को हुन् र रिंग बाहिरको दुनियाँमा उनलाई कुन नामले चिनिन्छ त्यो जान्नु रोचक हुनेछ ।

उनको वास्तविक नाम मार्क विलियम क्यालवे हो । सन् १९८४ मा वर्ल्ड क्लास च्याम्पियनशिप रेसलिंगसँग जोडिएका क्यालवे सन् १९८९ मा ‘मीन मार्क’ को रुपमा वर्ल्ड च्याम्पियनशिप रेसलिङमा पुगे र त्यहाँबाट उनको यात्रा सन् १९९० मा वर्ल्ड रेसलिङ फेडेरेशन पुग्यो ।

२७ वर्ष बितेपछि जब अन्डरटेकर बिदा लिइरहेका बेला सोसल मिडियामा मानिसहरुले दुःख मनाउ गरिरहेका छन् र उनी रिंगबाट बाहिरिनु निकै ठूलो कुरा भएको बताइरहेका छन् ।

‘उनीजस्ता अर्का छैनन्’

जोशले लेखे, ‘तपाईंले उनीजस्तो अरु देख्न पाउनुहुन्न । यो दिन याद राख्नुहोला ।’

No comments:

Powered by Blogger.