Ads Top

युवतिलार्इ एकान्तमा लगेर घुससंगै प्रहरीले याैन प्रस्ताव राखेपछि…

https://i.ytimg.com/vi/qTHuTk7jaa4/काठमाडौं, २३ चैत । वैदेशिक रोजगारीका लागि विदेश जान लगेकी एक युवतीसँग घुसबपट शारीरिक सम्बन्धको प्रस्ताव राख्ने प्रहरी हवल्दार पक्राउ परेका छन् । महानगरीय प्रहरी विमानस्थल सुरक्षागार्डमा कार्यरत प्रहरी हवल्दार महिन बस्याल पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसार काठमाडौले उनलाई सोमबार पक्राउ गरेको हो ।
कतार जान लगेकी एक युवतीलाई उनले आफुसँग शारीरिक सम्बन्ध राखे एयरपोर्टबाट पास गराइदिने आश्वासन दिएका थिए । अवैध रुपमा विदेश जान खोज्ने क्रममा ती युवती करिब दुई महिना अघि एयरपोर्ट फर्काइएकी थिइन् । उनले ‘आफूसँग एक रात सुते’ एयरपोर्टमा सेटिङ मिलाइदिने प्रस्ताव राखेका थिए । पीडित युवतीले त्यस्तो प्रस्तावको प्रमाणसहित उजुरी दिएपछि उनी पक्राउ परेका हुन । हवल्दार बस्याल एक महिनादेखि फरार थिए ।

परिसरले उनलाई पक्राउ गरी थप अनुसन्धान र कारवाहीका लागि विमानस्थल प्रहरीलाई जिम्मा लागएको छ । विमानस्थलका प्रहरी प्रमुख डीआईजी पंकज श्रेष्ठले घटनाबारे आफु जानकार रहेको बताए । ‘काठमाडौ परिसरले पक्राउ गरेको छ भन्ने सुनेको छु,’ उनले भने, ‘छानविन गरेपछि मात्र वास्ताविकता भन्न सक्छौ ।’ भिजिट भिसामा कतार जान लागेकी युवतीलाई अध्यागमन कार्यालय एयरर्पोटले रोकिदिएको थियो । त्यसपछि उनी हवल्दार बस्यालको सम्पर्कमा पुगेकी थिइन् । त्यसक्रममा उनले पैसा माग्दै एकरात आफुसँग बस्नुपर्ने प्रस्ताव राखेको पीडितले दिएको उजुरीमा उल्लेख छ ।आजको नयाँ पत्रिकामा खबर छ ।

No comments:

Powered by Blogger.