Ads Top

प्रचण्डले राजीनामा दिनु हुन्न भन्दै देउवामाथि ओलीले लगाए आरोपैआरोप

http://images.jagran.com/काठमाडौ, जेठ ९ – स्थानीय तह थप्ने सरकारको निर्णयको विरोध गर्दै  प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पत्रकार सम्मेलन गरी सरकारको निर्णय नमान्ने चेतावनी दिएका छन् ।
अध्यक्ष ओलीले पत्रकार सम्मेलनमा  पहिलो चरणको निर्वाचन सम्पन्न भइ अधिकांश स्थानको निर्वाचन परिणाम घोषणा भइसकेको अवस्थामा स्थानीय तह थपिएको भन्दै कडा आलोचना गरेका छन् ।

यतीमात्रै नभई ओलीले दोस्रो चरणको चुनाव सम्पन्न नभएसम्म प्रचण्डले पदबाट राजीनामा दिन नहुने समेत बताए ।

यस्तै ओलीले कांग्रेसका सभापति शेरबहादुर देउवामाथि विभिन्न आरोप समेत लगाए । नेपालमा लोकतान्त्रिक आन्दोलन चलिरहेको बेला बेलायतमा रहेको, बहुदल आएपछि फर्किएर गृहमन्त्री भएको, शान्तिपूर्ण आन्दोलनमा दमनमा उत्रिएको, असोज १८ माघ १९ उनकै कारणले भएको भन्दै कांग्रेस समेत फुटाउनेले देउवाले अहिले फेरि गोलीको आँखा हुँदैन भन्दै हिँडेको आरोप लगाए ।

संसद बैठक अनिश्चित
यसैबीच बिहान ११, १ हुँदै ३ बजेका लागि सारिएको संसद बैठक पुन साँझ ५ बजेसम्मका लागि सूचना टाँसेर स्थगित गरियाे । यद्यपी सवा ५ बजेसम्म पनि बैठक सुरु हुन सकेको छैन ।
सोमबार मन्त्रिपरिषदले तराईका १२ जिल्लामा २२ स्थानीय तह थप गरेको विरोधमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद बैठक अवरोध गर्ने तयारी गरेपछि सत्तापक्षले उसलाई मनाउने प्रयासस्वरुप बैठक बेलुका ५ बजेसम्मलाई स्थगित गरेको हो ।
समय तोकिएको २ घण्टाभित्र बैठक बस्नुपर्ने नियम छ । यो समयमा बैठक बस्न नसकेमा संसद बैठक स्वतः स्थगित हुनेछ ।
उता, संसदको कार्यव्यवस्था परामर्श समितिको बैठक पनि अहिलेसम्म बसेको छैन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङबीच दिउसो सवा ३ बजेदेखि छलफल सुरु भएपनि एमालेले सरकारले हिजो गरेको निर्णय नसच्चाएसम्म बैठक चल्न नदिने अडान छाडेको छैन ।
यसअघि बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्रीले आजै संसदमा विशेष सम्बोधनमार्फत राजिनामा गर्ने जानकारी दिएका थिए ।

No comments:

Powered by Blogger.