Ads Top

१३ हजार माओवादी कार्यकर्ताको रगतको हिसाब कुन माओवादीले दिने ? दर्दनाक सत्यता (अवस्य पढ्नुहोला)

http://riddlenepal.com/wp-content/uploads/2017/03/एक समय थियो २०५२ साल माघ २१ गते तत्कालीन माओवादीले राष्ट्रियता र जनजिविकाका ४० बुँदे माग तत्कालीन सरकारसामु राखेको थियो ।
४० सुत्रिय माग २ हप्ता भित्र पुरा गर्न सरकारलाई समय दिएका थिए माओवादीले अर्थात २०५२ फागुन ५ सम्म पुरा गर्नु पर्दथ्यो । तर तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादीलाई केटाकेटीको संज्ञा दिदै सवै माग लत्याइदिएका थिए । त्यसपछि २०५२ साल फागुन १ गतेबाट माओवादीले जनयुद्धका नाममा बन्धुक उठायो ।

२०५२ देखि ०६२ सम्म चलेको माओवादी युद्धमा १३ हजार बढि माओवादी कार्यकर्ताले ज्यान गुमाए । माओवादी २ पटक सरकारमा पनि गयो,तर माओवादीले जे कुरा उठाएर बन्धुक उठाएको थियो के ति पुरा भए त ? तत्कालीन माओवादी अहिले ६ टुक्रामा विभत्त छ ,हामीले तत्कालीन माओवादीले उठाएका ४० सुत्रिय मागको चिरफार र माओवादी भुमीकाको अपरेशन गर्न खोजेका छौं । तीनै माओवादीले उठाएका ऐजेण्डाको जगमा सुरु भएको थियो नेपालमा रत्तपात्तपुर्ण माओवादी जनयुद्ध ।
१. सन् १९५० को नेपाल–भारत सन्धि लगायतका सम्पूर्ण असमान सन्धि, सम्झौताहरू खारेज गरिनुपर्छ ।

यो माग अझै पुरा भएन,बरू शान्ती प्रक्रियापछि माओवादी सुप्रिमो प्रचण्ड र बाबुरामले प्रधामन्त्री भएर सरकार सञ्चालन गरे । तर त्यो माग सडकमा हुँदा उठाए, सत्तामा हुँदा चुइक्क सम्म बोलेनन् । ।

२. राष्ट्रघाती टनकपुर सम्झौतालाई ढाकछोप गर्न र नेपालको सम्पूर्ण जलसम्पदामाथि भारतीय विस्तारवादलाई एकाधिकार सुम्पन २०५२ माघ १५ गते नेपाल र भारत सरकारबीच सम्पन्न कथित एकीकृत महाकाली सन्धि अझै बढी राष्ट्रघाती र दीर्घकालीन दृष्टिकोणले बढी खतरनाक भएकोले उक्त सन्धि तत्काल खारेज गरिनुपर्छ ।

यो माग पनि माओवादीले बिर्सीयो । माओवादीले शान्ती प्रक्रियामा आएपछि पार्टी विभाजन नहुदै राष्ट्रिय स्वाधिनतको आन्दोलन उठायो ,प्रचण्ड टनकपुर क्षेत्र बह्रमदेवमा गए जनतासंग बोले,भेटे पनि तर हरायो ।

३. नेपाल भारत खुल्ला सीमाना नियन्त्रित र व्यवस्थित गरिनुपर्छ । नेपालभित्र भारतीय नम्बर प्लेटका गाडीहरू चलाउन तत्काल रोक लगाउनुपर्छ ।

अहिले माओवादीका नेताहरु नै भारतीय नम्बर प्लेटका गाडीहरुमा हुँइकिन्छन् । ।

४. गोरखा भर्ती केन्द्र रद्द गरिनुपर्छ र नेपालीहरूलाई स्वदेशभित्रै सम्मानजनक रोजगारीको व्यवस्था गरिनुपर्छ ।

५. नेपालभित्र विविध क्षेत्रमा कामको निम्ति स्वदेशी कामदारहरूलाई नै प्रश्रय दिइनुपर्छ र विशेष अवस्थामा विदेशी कामदारहरूलाई काममा लगाउनुपर्दा ‘वर्क परमीट’ प्रथा लागू गरिनुपर्छ ।

६. नेपालको उद्योगधन्दा, व्यापार र वित्तीय क्षेत्रमा विदेशी एकाधिकार पुँजीको आधिपत्य अन्त्य गरिनुपर्छ ।

७. आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकास हुने गरी भन्सार नीति तय र लागू गरिनुपर्छ ।

माओवादी शान्तिपूर्ण राजनीतिमा आएपछि मुलुक झनै परनिर्भर भइरहेको छ । आ।र्थिक अवस्था डामाडोल हुँदा माओवादीसँग मुलुक संवृद्ध बनाउने ठोस योजना छैन । अहिले माओवादी सरकारमा त छ, तर आफ्ना माग आफैले सम्बोधन गर्न सक्दैन ।

८. साम्राज्यवादी तथा विस्तारवादी सांस्कृतिक प्रदूषण र अतिक्रमणको अन्त्य गरिनुपर्छ । देशभित्र छाडा हिन्दी सिनेमा, भिडिओ र पत्रपत्रिकाहरूको आयात र वितरणमा तुरुन्त रोक लगाइनुपर्छ ।

९. एन.जी.ओ.रआई.एन.जी.ओ. आदिको नाउँमा देशभित्र साम्राज्यवादीर विस्तारवादी घूसपैठको अन्त्य गरिनुपर्छ ।

(ख) जनतन्त्रसँग सम्बन्धित मागहरू
१०. जनगणतन्त्रात्मक व्यवस्था स्थापनाको निम्ति चुनिएका जनताका प्रतिनिधिहरूद्वारा नयाँ संविधान निर्माण गरिनुपर्छ

तर माओवादी नै अहिले एनजिओ करण भइरहेको छ । एमालेको सिको गर्दै माओवादीले एनजिओ संचालन गर्ने, आइएलजिओ, एनजिओ माओवादीको चन्दा उठाउने गतिला माध्यम बनेका छन् । त्यसको विरोध गर्ने आँट माओवादीसँग छैन ।

तर माओवादी नै अहिले एनजिओ करण भइरहेको छ । एमालेको सिको गर्दै माओवादीले एनजिओ संचालन गर्ने, आइएलजिओ, एनजिओ माओवादीको चन्दा उठाउने गतिला माध्यम बनेका छन् । त्यसको विरोध गर्ने आँट माओवादीसँग छैन ।

११. राजा र राजपरिवारका सबै विशेषाधिकार अन्त्य गरिनुपर्छ ।

१२. सेना, प्रहरी, प्रशासन पूर्ण रूपले जनताको नियन्त्रणमा हुनुपर्छ ।

१३. सुरक्षा ऐन लगायतका सबै दमनकारी ऐनहरू खारेज गरिनुपर्छ ।

१४. राजनीतिक प्रतिशोधका कारणले झुट्टा मुद्दामा फसाइएका रुकुम, रोल्पा, जाजरकोट, गोरखा, काभ्रे, सिन्धुपाल्चोक, सिन्धुली, धनुषा, रामेछाप लगायतका जिल्लाहरूका सम्पूर्ण बन्दीहरू तत्काल रिहा गरिनुपर्छ र सबै झुट्टा मुद्दाहरू खारेज गरिनुपर्छ ।

१५. जिल्ला जिल्लामा भइरहेको सशस्त्र प्रहरी अप्रेसन, दमन र राज्य आतंक तुरुन्त बन्द गरिनुपर्छ ।

१६. विभिन्न समयमा पुलिस हिरासतबाट बेपत्ता पारिएका दिलीप चौधरी, भुवन थापा मगर, प्रभाकर सुवेदीलगायतका व्यक्तिहरूको बारेमा निष्पक्ष छानबिन गरी अपराधीहरूलाई कडा कारबाही गरिनुपर्छ र पीडित परिवारलाई उचित क्षतिपूर्ति प्रधान गरिनुपर्छ ।

१७. जन-आन्दोलनको क्रममा मारिएकाहरूलाई सहिद घोषणा गरिनुपर्छ, सहिदका परिवार तथा घाइते र अपाङ्गहरूलाई उचित क्षतिपूर्ति दिइनुपर्छ र हत्याराहरूमाथि कडा कारबाही गरिनुपर्छ ।

१८. नेपाललाई धर्म–निरपेक्ष राज्य घोषित गरिनुपर्छ ।

१९. महिलामाथिको पितृसत्तात्मक शोषणको अन्त्य गरिनुपर्छ । छोरीलाई छोरासरह पैतृक सम्पत्तिमाथि समान अधिकार दिइनुपर्छ ।

२०. सबै खाले जातीय शोषण र उत्पीडनको अन्त्य गरिनुपर्छ । जनजातिहरूको बाहुल्य भएका क्षेत्रहरूमा जातीय स्वायत्त शासनको व्यवस्था गरिनुपर्छ ।

२१. दलितहरूमाथि भेदभाव अन्त्य गरिनुपर्छ । छुवाछूत प्रथा पूर्ण रूपले बन्द गरिनुपर्छ ।

२२. सबै भाषा–भाषीहरूलाई समान अवसर र सुविधा दिइनुपर्छ । उच्च माध्यमिक तहसम्म मातृभाषामा शिक्षा प्राप्त गर्ने व्यवस्था मिलाउनुपर्छ ।

२३. वाक् तथा प्रकाशन स्वतन्त्रताको पूर्ण ग्यारेन्टी हुनुपर्छ । सरकारी सञ्चार माध्यमहरू पूर्ण रूपले स्वायत्त हुनुपर्छ ।

२४. बुद्धिजीवी, साहित्यकार, कलाकार र सांस्कृतिक कर्मीहरूको प्राज्ञिक स्वतन्त्रताको ग्यारेन्टी गरिनुपर्छ ।

२५. पहाड र तराईको क्षेत्रीय भेदभावको अन्त्य गरिनुपर्छ । पिछडिएका इलाकाहरूलाई क्षेत्रीय स्वायत्तता प्रदान गरिनुपर्छ । गाउँ र सहरबीच सन्तुलन कायम गरिनुपर्छ ।

२६. स्थानीय निकायहरूलाई अधिकार र साधन सम्पन्न बनाइनुपर्छ ।

(ग) जनजीविकाको प्रश्नसँग सम्बन्धित मागहरू

२७. जमिन जोत्नेको हुनुपर्छ । सामन्तहरूको जमिन जफत गरेर भूमिहीन तथा सुकुम्बासीहरूमा वितरण गरिनुपर्छ ।

तर माओवादी पटक पटक सरकारमा गयो । माओवादी नेताहरुका महल बनिसक्दा यीनै सुकुम्वासी अहिलेपनि भूमिहीन छन् । जमिन जोत्नेको होइन जोताउनेकै छ । बरु जमिन जोत्ने थप पीडित बनिरहेका छन् बढ्दो महंगी र घट्दो आयका कारण ।

२८. दलाल तथा नोकरशाही पुँजीपतिहरूको सम्पत्ति जफत गरी राष्ट्रियकरण गरिनुपर्छ । अनुत्पादक क्षेत्रमा अल्झिएको पुँजीलाई औद्योगिकीकरणमा लगाउनुपर्छ ।

२९. सबैलाई रोजगारीको ग्यारेन्टी गरिनुपर्छ । रोजगारी नपाउन्जेल बेरोजगार भत्ताको व्यवस्था गरिनुपर्छ ।

माओवादी सरकारमा छ । युवाहरु विदेश पलायन भइरहेका छन् । रोजगारी सिर्जना गर्न माओवादी असफल बन्यो ।र उसको चाहना पनि देखिएको छैन अहिलेसम्म ।

३०. उद्योग, कृषिलगायतका सबै क्षेत्रमा काम गर्ने मजदुरहरूको न्यूनतम ज्याला निर्धारण गरी त्यसलाई कडाइका साथ लागू गर्ने व्यवस्था गरिनुपर्छ ।

३१. सुकुम्वासीहरूलाई बसोबासको उचित व्यवस्था गरिनुपर्छ । वैकल्पिक बसोबासको व्यवस्था नगरी सुकुम्बासीहरूलाई उठीबास गर्ने काम तुरुन्त बन्द गरिनुपर्छ ।

३२. गरीब किसानहरूलाई पूर्ण रूपले ऋण मुक्त गरिनुपर्छ । कृषि विकास बैंकबाट साना किसानहरूले लिएको ऋण मिनाहा गरिनुपर्छ । साना उद्योगीहरूलाई समुचित कर्जाको व्यवस्था गरिनुपर्छ ।

३३. मल, बीउ सस्तो र सुलभ हुनुपर्छ । किसानहरूलाई उत्पादनको उचित मूल्य र बजारको व्यवस्था गरिनुपर्छ ।

३४. बाढी पीडित र सुख्खाग्रस्त क्षेत्रहरूमा उचित राहतको व्यवस्था गरिनुपर्छ ।

३५. सबैलाई निःशुल्क र वैज्ञानिक स्वास्थ्य सेवा र शिक्षाको व्यवस्था गरिनुपर्छ । शिक्षा क्षेत्रमा व्याप्त व्यापारीकरणको अन्त्य गरिनुपर्छ ।

३६. महँगी नियन्त्रण गरिनुपर्छ । महँगीको अनुपातमा ज्याला वृद्धि गरिनुपर्छ र दैनिक उपभोगका वस्तुहरू सस्तो र सुलभ तरिकाले आपूर्ति गर्ने व्यवस्था गरिनुपर्छ ।

३७. गाउँगाउँमा खानेपानी, बाटोघाटो र बिजुलीको व्यवस्था गरिनुपर्छ ।

३८. कुटीर तथा साना उद्योगहरूलाई विशेष सहुलियत र संरक्षण दिइनुपर्छ ।

३९. भ्रष्टाचार, कालोबजारी, तस्करी, घूसखोरी, कमिसनतन्त्र अन्त्य गरिनुपर्छ ।

तर माओवादी नै अहिले भ्रष्ट्राचारमा दुधको साक्षिा बिरालो जस्तै बनेर बसिरहेको छ ।

४०. अनाथ, अपाड्ड, वृद्ध र बालबालिकाहरूको उचित संरक्षणको व्यवस्था गरिनुपर्छ ।

तर आज आफुलाई सवैभन्दा वढी राष्ट्रवादी देखाउन खोज्ने माओवादी अध्यक्ष प्रचण्ड स्वयंम सरकारको योजनाकार छन् । जुनसुकै रुपमा भएपनि शान्ती प्रक्रियामा आएपछि प्रचण्ड शक्तिकेन्द्रकै बरपर छन् । अहिले ओली सरकारको रिमोर्ट कन्ट्रोल पनि उनकै हातमा छ तर लिपुलेक सम्झौताको विषयमा उनले प्रधानमन्त्री न भारतसंग न चीनसंग कुरा उठाउन सुझाव दिनसके । सडकमा हुदा भारतलाई विस्तारवाद भनेर गाली गर्ने माओवादीले सत्तामा जादा अवसरवादी चरित्र देखायो ।

No comments:

Powered by Blogger.