Ads Top

नेपाल-भारत कार्गोमा विद्युतीय ट्र्याकिङ सिस्टम लागू गरिने

नेपाल-भारत कार्गोमा विद्युतीय ट्र्याकिङ सिस्टम लागू गरिने१८ चैत, नयाँ दिल्ली । नेपाल र भारत दुई देशबीचको कार्गो ढुवानीलाई व्यवस्थित गर्न विद्युतीय ट्र्याकिङ प्रणाली सुरु गर्न सहमत भएका छन् । हाल कार्गोको क्लियरेन्स प्रत्यक्ष निरीक्षणबाट गरिन्छ जुन व्यवसायीका लागि खर्चिलो हुनाको साथै बढि समय लाग्ने पनि हुन्छ ।

दक्षिण एसियाली उपक्षेत्रीय आर्थिक समन्वय (एसएएसइसी) को व्यापार सहजिकरण रणनीतिक संरचनाअन्तरगत एसियाली विकास बैंकले यो पाइलट प्रोक्जेक्टलाई सहयोग गर्नेछ ।
‘भारतको बन्दरगाहबाट नेपालमा नेपालमा सामान लैजाने प्रक्रियालाई सहजिकरण गर्न नेपाल-भारत विद्युतीय कार्गो ट्र्याकिङ प्रणाली( इसिटिएस) को आशयपत्र (एमओआई) माथि चाँडै दुई देशका सरकारले हस्ताक्षर गर्नेछन्,’ एक संयुक्त विज्ञप्तिमा भनिएको छ ।

एमओआईमा कार्गो (कन्टेनर र फुल बडी ट्रकहरु) भारतबाट सीमाक्षेत्र हुँदै नेपाल प्रवेश गर्दा इसिटिएसले पछ्याउने व्यवस्था समावेश गरिनेछ ।

‘सीमा पार गर्दा कार्गो क्लियरेन्स छिटो-छरितो हुने भएकाले समय र खर्चको वचत हुनेछ,’ विज्ञप्तिमा भनिएको छ ।

कार्गोको सुरक्षा तथा पारवहनको क्लियरेन्समा कुनै अवरोध आउन नदिन इसिटिएस प्रविधिमा सेटेलाइट पोजिसनिङ सिस्टम, सेलुलर कम्युनिकेसन, रेडियो फ्रीक्वेन्सी आइडेन्टीफिकेसन, वेवमा आधारित सफ्टवेयर लगायतको प्रयोग गरिनेछ । यो प्रविधि भारत र भुटानबीचको बोर्डरमा पहिल्यै कार्यान्वयनमा आइसकेको छ । अनलाइन खबर डट कम

No comments:

Powered by Blogger.