Ads Top

बंगलादेशमा किरन चेम्जोङ नायक भएपछि नेपाली झन्डा लिएर मैदानमा नाचे

नेपाली राष्ट्रिय टिमका नम्बर १ गोलकिपर किरण कुमार चेम्जोङ नायक भएपछि बंगलादेशमा जारी दोस्रो शेख कमल अन्तर्राष्ट्रिय क्लब कपको उपाधि माल्दिभियन क्लब टीसी स्पोर्टस्‌ले जितेको छ। बंगलादेशको चित्तगोङमा शुक्रबार सम्पन्न फाइनलमा २ पेनाल्टी रोकेपछि उनको टिमले तेस्रो डिभिजनको दक्षिण कोरियाली क्लब पोचेन सिटिजन ४-२ ले हराउँदै ३० हजार अमेरिकी डलर बराबरको उपाधि जितेको ह्यो। योसँगै माल्दिभ्सको क्लब अन्तर्राष्ट्रिय प्रतियोगितामा उपाधि जित्दै नयाँ इतिहाससमेत रचेको छ। निर्धारित ९० समयसम् २-२ को बराबरी भएपछि खेल पेनाल्टी सुटआउटबाट खेलको निर्णय लिइएको थियो। पेनाल्टीमा किरणले पहिलो बल नै रोकिदिएका थिए। यस्तै अर्का कोरियाली खेलाडीले पहार गरेको बल खुट्टाले रोकेका थिए। माल्दिभ्सका सबै चारक खेलाडीले गोल गरेका थिए। किरनले उपाधि जितेलगत्त्तै दर्शकदिर्घाबाट नेपालको राष्ट्रिय झन्डा मागेर काँधमा राख्दै मैदानमा नाँचेका थिए। माल्दिभ्सका लागि खेले पनि उनले राष्ट्रिय झण्डा बोकेका हुन्। माल्दिभियन क्लबसँग किरणको यो पहिलो प्रतियोगिता हो । मोहमद निजामले सम्हालेको टीसी स्पोर्ट्स र पोचेन समूह चरणमा पनि खेलेका थिए । त्यसमा १–१ बारबरी गर्दै टीसी स्पोर्टस् समूह ‘ए’ मा विजेता हुदै सेमिफाइनल पुगेको थियो भने पोचेन उपविजेताको रुपमा अन्तिम चारमा प्रवेश गरेको थियो । टीसी स्पोर्ट्सले पहिलो खेलमा अबहनी लिमिटेड ढाकालाई १–० र दोस्रोमा कीर्गस्तानको अल्गा बिस्केकलाई २–१ ले हराएको थियो । उसले सेमिफाइनलमा नेपाली क्लब मनाङमसर्यङदीलाई १–० ले पन्छाउँदै फाइनल यात्रा तय गरेको थियो । पोचेनले सेमिफाइनलमा  पहिलो संस्करणको विजेतासमेत रहेको घरेलु टिम चित्तगोङ अबहनीलाई २–१ ले हराएको थियो । फाइनल यात्रासम्म किरणको प्रदर्शन प्रसंसनीय रहेको छ । उनी मनाङसँगको खेलमा म्यान अफ दि म्याच नै चुनिएका थिए । त्यसमा उनले दुई उत्कृष्ट बचाउ गर्दै आफ्नो टिमको संकट टारेका थिए । उनले पोचेन, अबहनी र अल्गासँग पनि थुप्रै बचाउ गरेका थिए । ‘अल्गासँग एउटा गल्ती गरेको थिए ।

No comments:

Powered by Blogger.