Ads Top

- नोकियाको पुनरागमन - स्लो मोसन खिच्न सक्ने फोन - गुगल असिस्टेन्ट सबैमा प्रयोगकर्ताले आवाजमार्फत दिएको निर्देशनबाट स्मार्टफोनमा विभिन्न काम गर्न सक्ने यस्ता भर्चुअल असिस्टेन्ट प्रयोगकर्ताले रुचाइरहेका छन् । हेलो टेक | हेलो शुक्रबार |

फाल्गुन २०, २०७३- स्लो मोसन खिच्न सक्ने फोन
सोनीले बार्सिलोनामा जारी मोबाइल वल्र्ड कंग्रेसमा नयाँ फोन सार्वजनिक गरेको छ जसले एक सेकेन्डमा करिब १ हजार वटा फ्रेम खिच्न सक्छ । यसमा भएको क्यामरा अहिले बजारमा उपलब्ध सामसुङ र एप्पलका पछिल्ला फोनभन्दा उत्कृष्ट छन् ।
सोनीले आफ्नो पछिल्लो फोन एक्सपेरिया एक्सजेड प्रिमियम क्यामरा केन्द्रित गरेको छ । फोनमा प्रयोग गरिएको इमेज सेन्सरले विशेष प्रकारको भएको सोनीले जनाएको छ । 
सोनीले नै एलजी, सामसुङ, एप्पलजस्ता कम्पनीलाई इमेज सेन्सर प्रविधि बेच्ने गर्छ । सामान्यतया सोनीले आफूले प्रयोग गरेको प्रविधि करिब एक वर्षपछि अन्य कम्पनीलाई बिक्री गर्ने गरेको छ । अघिल्लो वर्षको तथ्यांकअनुसार सोनीको मोबाइल बजारमा १ प्रतिशत हिस्सा छ ।
नोकियाको पुनरागमन
नोकियाले १७ वर्षपछि प्रयोगकर्ताले सर्वाधिक रुचाएको ३३१० मोडल रि लञ्च गरेको छ । बार्सिलोनामा भएको मोबाइल वल्र्ड कंग्रेसमा नोकियाले नयाँ स्वरूपमा यो फोन सार्वजनिक गरेको हो । सन् २००५ मा उत्पादन बन्द हुनुअघि ३३१० मोडलका १ सय २६ मिलियन फोन बिक्री भएको थियो ।
नयाँ फोन नोकिया ब्रान्डमा फिनल्यान्डको कम्पनी एचएमडी ग्लोबलले बिक्री सुरु गरेको हो । नयाँ स्वरूपको यो फोन स्मार्टफोनभन्दा पनि फिचर फोन हो । यसमा एस थर्टी प्लस अपरेटिङ सिस्टम प्रयोग गरिएको छ भने यसले २ दशमलव ५ जी कनेक्टिभिटी सपोर्ट गर्नेछ जुन थ्रीजीभन्दा स्लो हुनेछ । यसले पुरानो नोकिया फोनजस्तै ब्याट्री ब्याकअप दिने निर्माता कम्पनीको दाबी छ । पुराना स्मार्टफोन प्रयोगकर्ताहरू नोकियाको ३३१० मोडलसँग परिचित भएकाले यसको बिक्री बढ्ने कम्पनीको अनुमान छ । 
गुगल असिस्टेन्ट सबैमा
गुगलले आफ्नो डिजिटल असिस्टेन्ट सेवा आफ्नो पछिल्लो अपरेटिङ सिस्टम चल्ने सबै एन्ड्रोइड फोनमा विस्तार गर्ने घोषणा गरेको छ । अघिल्लो वर्ष सार्वजनिक यो फिचर यसअघि गुगलले उत्पादन गरेको सीमित डिभाइसमा मात्रै उपलब्ध थिए । एप्पलको सिरीको प्रतिस्पर्धी मानिएको गुगल असिस्टेन्ट यही सातादेखि अमेरिकाका अंग्रेजी बोल्ने प्रयोगकर्ताका लागि सुरु हुने कम्पनीले जनाएको छ । एन्ड्रोइडको नुगट र मार्समेलो भर्सन प्रयोग गर्ने प्रयोगकर्ताले गुगल असिस्टेन्टको अनुभव गर्न पाउने छन् । 
लगत्तै यो फिचर क्यानडा र बेलायतका अंग्रेजी बोल्ने प्रयोगकर्ताका लागि सुरु गरिने र जर्मनी भाषामा पनि उपलब्ध हुने कम्पनीले जनाएको छ । साथै, गुगल असिस्टेन्टमा अन्य भाषाहरू थप्दै जाने कम्पनीको योजना छ । प्रयोगकर्ताले आवाजमार्फत दिएको निर्देशनबाट स्मार्टफोनमा विभिन्न काम गर्न सक्ने यस्ता भर्चुअल असिस्टेन्ट प्रयोगकर्ताले रुचाइरहेका छन् । 


No comments:

Powered by Blogger.