Ads Top

‘पेन्सनले चलाएको’ टेरिया मगरको गाउँको कथा

नेत्र पन्थी
जुन गाउँमा युवाभन्दा बूढाहरु आत्मनिर्भर छन्
रुपन्देही– आफ्नो घरमा नपाले पनि देवीराम थापा (जोईथाने) ले माहुरीको घारबाट आफ्नो कुरा सुरु गरे । ‘एउटै घारका माहुरी एउटै घारमा आएर बसेका छौँ ।’ ५७ वर्षीय देवीराम थापाले जिल्ला र गाउँको ठूलो विषयवस्तुलाई एकै वाक्यमा टुङ्ग्याए ।
कसरी ?
यो समाचार पढ्दै गएपछि तपाईंले यसको जवाफ पाउनुहुनेछ । यो एउटा त्यस्तो गाउँको कथा हो, जहाँ एउटै क्षेत्रबाट आएका मानिसको बस्ती छ, ‘करोडपति’ सुकुम्बासी छन् र घर–घरमा सैनिक छन् । कोही पूर्वसैनिक छन् भने कोही बहालवाला सैनिक । केही बेलायती सेना, केही नेपाली सेना र अधिकांश भारतीय सेना ।
मैले गाउँ पुगेर सबैभन्दा पहिला भेटेँ, मनबहादुर सिंजालीलाई, उनको उमेर ८२ वर्षको भयो । उनी राम्ररी कुरा गर्न सक्दैनन् । अरुले बोलेको कुरा पनि बुझ्न कठिन हुन्छ । श्रीमती, छोरा–छोरी वा नाति–नातीनाको सहयोगमा अरुसँग कुरा गर्छन् । खुट्टा सुन्निएका थिए, कान राम्ररी सुन्दैनथे ।उनको पुरानो घर गुल्मीको पूर्तिघाट–७ जुखुम हो तर अहिले रुपन्देहीको रुद्रपुर–६ बुद्धनगरमा छ । स्थानीय तह पुनसर्रंचना भयो भने कङ्चन गाउँपालिकाभित्र पर्नेछ, यो गाउँ ।
रुद्रपुर कहाँ छ ? यो जानेपछि मात्र तपाईंलाई विषयवस्तु बुझ्न सजिलो हुनेछ । बुटवलबाट २७ किलोमिटर पश्चिम पूर्वपश्चिम राजमार्गमा फायरलाइन भन्ने ठाउँ छ । त्यहाँबाट ६ किलोमिटर दक्षिण झरेपछि रुद्रपुर आउँछ । लुम्बिनी पर्सा चोक जान्छ यो बाटो, अर्थात लुम्बिनीबाट उत्तरतिर १७ किलोमिटरमा पर्छ रुद्रपुर । रुद्रपुर गाविसको वडा नम्बर ६ मा पर्छ बुद्धनगर ।
पूर्वपश्चिम राजमार्गको फायरलाइनबाट लुम्बिनीसम्म एक लेनको सडक छ । सडक विस्तारको काम हुँदैछ । त्यसैले मोटरसाइकल वा गाडी जेमा गए पनि कठिन लाग्छ ।
बुद्धनगरमा गुल्मीको भुर्तुङ गाउँ विकास समितिको खस्कोट, पूर्तिघाट र फोक्सिङका मानिसहरु बसाइँ–सराइ गरेर बसेका छन् भन्ने पूर्वसूचना थियो । त्यसकारण फागुन १५ गते म बुद्धनगर गएको थिएँ । गाउँलेको सिफारिसमै मनबहादुर सिंजालीको घरमा पुगेँ ।
गुल्मीबाट बसाइँ–सराइ गर्नेमा मनबहादुरको धेरै पुरानो परिवार हो, हुनसक्छ पहिलो नै । मनबहादुर रुद्रपुर झरेपछि उनको गाउँठाउँबाट धेरै परिवार यहाँ आए र अहिले पनि आउनेक्रम चलि नै रहेको छ । विक्रम संवत् २०६८ सालको जनगणनाअनुसार यहाँको जनसङ्ख्या झण्डै २१ हजार रहेकामा अहिले बढेर ४५ हजारभन्दा बढी छ ।मनबहादुरले २०२४ सालमा गुल्मीबाट बुद्धनगर आउँदाका दिन सम्झे, ‘जतात्यतै रुख थिए । दुई चारवटा साना घर थिए । जङ्गली जनावरको डर थियो ।’ चालीस वर्षदेखि मनबहादुर बुद्धनगरमा छन् । अहिले चाहिँ, ‘बुद्दनगर भुर्तुङ खस्कोटका बासिन्दाले भरिएको छ । गुल्मीको भुर्तुङ, ग्वाघा, फोक्सिङ, खड्गकोट र पूर्तिघाटका बासिन्दाले रुद्रपुर भरिएको छ । गुल्मीकै चिनजानले गर्दा आसपासका मानिसले देवीरामलाई जोईथाने भन्छन् । त्यसैले त देवीरामले भनेका होलान् । ‘एउटै घारका माहुरी एउटै घारमा आएर बसेका छौँ ।’
गुल्मीमा जग्गा जमिन धेरै थियो । उब्जनी कम थियो । त्यसैले मनबहादुर जोखिम मोलेर भए पनि तराई झर्ने निधो गरेका रहेछन्, त्यसबेला । पहाडमा मनबहादुरलाई गाउँघरका सबैले ‘माझाघरे बा’ भन्थे । गुल्मीबाट रुद्रपुर झरे पनि ‘माझाघरे बा’को नाम फेरिएको छैन, किनभने बुद्धनगरमा गुल्मीबाट आएका निकै धेरै छन् । सबैले सम्बोधन गर्दा ‘माझाघरे बा’ भन्छन् ।
रुद्रपुर ‘माझाडाँडे जेठा’जस्तै पूर्व सैनिकको गाउँ हो, जहाँ हरेक घरमा सेनासँग जोडिएका छन् । भन्छन्, ‘हरेक घरमा भूपू सैनिक छन् । फाट्टफुट्ट अरु काम गर्ने पनि छन् ।’ तर, नेपाली सेनामा कार्यरत चाहिँ छैनन्, यसको पनि कारण छ ।
जब मैले गुल्मीबाट आएका पुरानो व्यक्ति को हुनुहुन्छ भनेर स्थानीयलाई सोधेँ, सबैले जवाफ दिए,– ‘माझाघरे बा’ । त्यसपछि मैले मनबहादुरसँग कुरा गर्ने निधो गरँे ।
रुद्रपुरको कथा गुल्मीबाट बसाइँ–सराइ गर्नेहरुको मात्र सीमित छैन । यसका अरु पाटाहरु क्रमशः पढ्नुहुनेछ, त्यसभन्दा अगाडि तपाईंले केही पात्रहरुको कथा पढ्नैपर्छ, । यस्ता कथा यहाँका घरघरमा छन् ।
कृष्णबहादुर गिरी ६९ वर्षका भए । गुल्मीको भुर्तुङ– खस्कोटबाट उनी रुद्रपुरमा बसाइँ–सराइ गरेर आएका हुन् । उनी भारतीय सेनाको सेनानिवृत्त हुन् अर्थात भूपूसैनिक । ३९– जीटीसी कुँडाघाटमा काम गरेका थिए कृष्णबहादुरले । नेपाली क्यालेन्डर अनुसार उनी २०३५ मै रिटार्यड भएका थिए । उनलाई भुर्तुङमा जस्तै यहाँ पनि सबैले ‘माझाडाँडे जेठा’ भन्छन् ।
रुद्रपुर ‘माझाडाँडे जेठा’जस्तै पूर्व सैनिकको गाउँ हो, जहाँ हरेक घरमा सेनासँग जोडिएका छन् । भन्छन्, ‘हरेक घरमा भूपू सैनिक छन् । फाट्टफुट्ट अरु काम गर्ने पनि छन् ।’ तर, नेपाली सेनामा कार्यरत चाहिँ छैनन्, यसको पनि कारण छ ।कृष्णबहादुरका भाइ भविन्द्रले दाजुले भन्दा पहिला नै रुद्रपुरमा घर बनाएका थिए भने कृष्णबहादुरले २०६८ मा घर बनाए । भविन्द्रका छोरा पनि भारतीय सेनामा कार्यरत छन् । जम्मुकास्मिर राइफल अर्थात् जेकेमा काम गरिरहेका छन् ।
भविन्द्रका छोरा शिवले भारतीय सेनामा काम गरेको १६ वर्ष भयो । भविन्द्र भन्छन्, ‘अहिले बढुवा भएन भने ऊ पनि रिटायर्ड हुन्छ । पेन्सन खाने बस्ने ।’ गाउँमा घडेरी मात्र छन्, त्यसैले पेन्सन धेरैको जीवन धान्ने मेसो हो ।
२०१६ सालमा जन्मेका देवीराम थापा २०२८ सालमा भारत गए, कामको खोजीमा । उनको पुरानो घर गुल्मीको ग्वाघा–१ पेक्सरपाटा हो । जब उनी भारतीय सेनाबाट रिटायर्ड भएर नेपाल आए, देशमा पञ्चायत विरोधी आन्दोलन चल्दै थियो । उनी गुल्मीमै थिए ।
देवीरामका भाइ रामबहादुर पनि भारतीय सेनामै थिए । उनी चाहिँ २०५२ मै रुद्रपुर झरेका थिए गुल्मीबाट । देविराम र रामबहादुरकी आमाको मृत्यु भयो २०५७ मा । त्यसपछि भाइ रामबहादुरले दाइ देवीरामलाई रुद्रपुर बसाइँ–सराइ गर्न आग्रह गरे ।
देवीराम भन्छन्, ‘आमा वितेपछि दुई भाइ एकै ठाउँ बस्नुपर्छ भन्ने लाग्यो । घडेरी किनेँ र रुद्रपुर आएँ ।’ देवीरामका अनुसार त्यतिबेलासम्म पनि बुद्धनगरमा बाक्लो बस्ती बसिसकेको थिएन । भन्छन्, ‘त्यसबेला भेट्न आउने आफन्तलाई पनि यतै आउनुस् भनेर बसाइँ–सराइ गर्न लगायौँ ।’यो गाउँमा कोही अवकास भएका सेना छन्, कोही बहालवाला छन्, त कोही भविष्यमा सेनामा जागिर खान बिहानै दौडिरहेका भेटिन्छन् । तर, यहाँका युवाको आजको पहिलो रोजाइ चाहिँ ब्रिटिस सेना हुने हो, दोस्रोमा भारतीय सेनामा जागिर खाने । नेपाली सेनामा जाने रोजाइ धेरैको हुँदैन, कारणमा छनौट पारदर्शी हुन्छ भन्नेमा युवाहरुलाई शङ्का छ ।
३७ वर्षका भरत पुरी २०५२ मै गुल्मीबाट मधेश झरेका हुन् । उनले २०५५–०५६ सालतिरको गाउँको किस्सा सुनाए, ‘हामी ससाना थियौँ । बूढापाकाहरु दिउँसो तास खेलेर रमाइलो गर्थे । ८–१० हजारको हारजित पनि हुन्थ्यो । नगद तिर्नेभन्दा पनि तँलाई यति हात जग्गा भयो भनेर दिने चलन थियो ।’ जग्गा पहिले निक्कै सस्तो थियो ।
बाँकी युवा युरोपका विभिन्न देश, कोरिया र जापान जस्ता देशमा जाने गरेका छन् । सेनामा नहुने र सम्पन्न देशमा जान नसक्नेहरु भने खाडीका देशमा कामको खोजीमा निस्कन्छन् । खाडीको असर रुद्रपुरमा पनि छ ।
३७ वर्षका भरत पुरी २०५२ मै गुल्मीबाट मधेश झरेका हुन् । उनले २०५५–०५६ सालतिरको गाउँको किस्सा सुनाए, ‘हामी ससाना थियौँ । बूढापाकाहरु दिउँसो तास खेलेर रमाइलो गर्थे । ८–१० हजारको हारजित पनि हुन्थ्यो । नगद तिर्नेभन्दा पनि तँलाई यति हात जग्गा भयो भनेर दिने चलन थियो ।’ जग्गा पहिले निक्कै सस्तो थियो ।
भरतले यसोभन्दा पूर्व सैनिकहरुले ‘तास खेलेको कुरा त पत्रिकामा नलेख्ने’ कि भनेर आग्रह गर्दै थिए । मैले आश्वस्त पारेँ, ‘त्यसबेलाको परिस्थिति नै त्यस्तै थियो । चिन्ता लिनुपर्दैन ।’ भरतका अनुसार २०६० पछि रुद्रपुरमा जग्गाको मूल्य बढेको बढ्यै छ । उनका बाबु शिव पुरी भारतीय सेनाका पेन्सनर हुन भने भाइ इन्द्र नेपाली सेनाका ।
पेन्सन नै धेरैको जीवन धान्ने मुख्य आय हो । यो गाउँमा घेरैको घर मात्र छ । अरु कुरा सबै किनेर खाने हो । त्यसैले पेन्सनले बाँचेको गाउँभन्दा पनि हुन्छ यसलाई ।
कृष्णबहादुर गिरीले महिनामा ४५ हजार पेन्सन पाउँछन् । ०३५ सालमा उनी रिटार्यड भएर आएका थिए, त्यसबेला ६ हजार मात्र बोकेर आएका थिए । उनका तीन छोरा नै भारतीय सेनामा थिए । एक छोरा अवकास लिए । दुईले जागिर खाएका छन् । पेन्सनको बल कृष्णबहादुरलाई यति छ कि, ‘अहिलेसम्म मैले छोराको एक पैसा खाएको छैन’ भन्छन् ।
कृष्णबहादुर जीवनलाई कसरी अगाडि बढाउने नयाँ सोचका मानिस हुन् । तब त उनले ६५ वर्षको उमेरमा मोटरसाइकल किनेका थिए । चार वर्ष चलाए । तर, पछाडि पत्नी दिलकुमारीलाई बोकेर हिँड्न सकेनन् । ‘एक्लै चलाउन गाह्रो भएन । बूढी बोकेर चलाउन गाह्रो लाग्यो । मलाई मात्र साधन भएर के गर्ने भनेर बेचेँ’ उनले सुनाए । उनीसँग आज पनि भारतीय सवारी साधन अनुमति पत्र छ ।
कृष्णबहादुरको घरमा १२ वटा बाख्रा छन् । त्यसो त गाउँमा धेरैले बाख्रा पालेका छन् । कहिलेकाहीँ गुल्मी पुरानो गाउँ खस्कोट जान्छन् । गाउँ जाने किस्सा सुनाए, ‘हामी पो यता छौँ, देवता उतै छन् । बाउबाजेले गरेको रीतिरिवाज त पूरा गर्नैपर्यो ।’
देवीराम तराई झरेपछि भीर पहिरोबाट बचिएको, खोलानालाको डर नभएको केटाकेटीलाई पढाइ लेखाउन सजिलो भएको बताउँछन् । तर, यहाँ सुख मात्र छैनन् । समस्या पनि उस्तै छन् । सबैले महँगोमा जग्गा किने पनि यो ठाउँमा कसैको पनि लालपुर्जा छैन । लालपुर्जा विनाको जग्गामा भव्य घर बनेका छन् ।
म गाउँमा चार–पाँच जना भूपू सैनिकसँग सामूहिक कुराकानीमा बसेँ । उनीहरुले एक–एक गरेर समस्या सुनाए । २०५८ मा एक पटक नापीले काम थालेको थियो । त्यहीबेला दरबार हत्याकाण्ड भयो र काम अगाडि बढेन । ‘लालपुर्जा नभएपछि बैङ्कको कारोवार हुँदैन । सम्पत्ति भएर पनि नभएजस्तो हुन्छ ।’ कृष्णबहादुरले सुनाए । अलि अलि भएको जमिनमा पनि सिंचाइ छैन । आकाशे पानीमा भर पर्नुको विकल्प छैन ।
बूढाहरु लालपुर्जा हेरेर मर्न चाहन्छन् । छोराहरुले बूढेसकालमा माया गर्छन् कि भन्ने आशा गर्छन् बूढाबूढीहरु । देवीराम भन्छन्, ‘सरकारलाई निवेदन दिएका छौँ । लालपुर्जा बन्ला कि भनेर पर्खेर बसेका छौँ ।’
यहाँबाट अहिलेका सांसद भरत शाह छन् । यसअघि रामनाथ ढकाल र दीपक बोहराले चुनाव जिते । नेताहरु चुनावको बेला गाउँ जान्छन् र लालपुर्जा दिलाइदिने आश्वसन दिन्छन् । तर चुनाव जितेपछि कोही फर्कन्नन् भन्ने गाउँलेहरुको गुनासो थियो ।
गाउँलेकै पहलमा अहिले धमाधम टोल–टोलको बाटो पिच हुँदैछ । घरघरमा सामुदायिक खानेपानी आयोजनाबाट पानीका धारा वितरण भएको छ । नजिकै सामुदायिक वनको कार्यालय छ । आवश्यक परेका बेला काठ दाउराको दुख छैन । आमा समूह, युवा समूह पनि उत्तिकै सक्रिय छन् ।यहाँको जग्गा निकै महँगोमा किनबेच हुन्छ । गाउँलेहरु गाविसमा गएर घरधुरी कर पनि बुझाउँछन् । घरघरमा बिजुलीका मिटर पनि छन् । सेवा सुविधा सबै छ । घरहरु पनि सुविधा सम्पन्न बनाएका छन् । गाउँलेहरुका अनुसार दुई लाख हातसम्म जग्गा बिक्री हुन्छ । तर, खोतीयोग्य जमिन छैन । घडेरीका रुपमा बिक्री हुन्छन् । पहिला चाहिँ जग्गा त्यति धेरै महँगो थिएन ।
बूढाहरु लालपुर्जा हेरेर मर्न चाहन्छन् । छोराहरुले बूढेसकालमा माया गर्छन् कि भन्ने आशा गर्छन् बूढाबूढीहरु । देवीराम भन्छन्, ‘सरकारलाई निवेदन दिएका छौँ । लालपुर्जा बन्ला कि भनेर पर्खेर बसेका छौँ ।’
यो गाउँमा गुल्मीबाहेक म्याग्दी, बाग्लुङ, पाल्पा, अर्घाखाँची, स्याङ्जालगायतका जिल्लाबाट पनि भूपू सैनिकको परिवार बसाइँ सराइ गरेका छन् ।
पत्रकार रोसन पुरीका ६९ वर्षका बुवा रुद्र पुरी गुल्मीको भुर्तुङ–३ खस्कोटबाट २०६४ सालमा रुद्रपुर बसाइँसराइ गरे । उनी डबल पेन्सनधारी हुन् । पहिलो फोर नाइन गोर्खा रेजिमेन्ट र दोस्रो डीएससीबाट पेन्सन बुझ्छन् । उनले झण्डै ४५ वर्ष भारतीय सेनामा जागिर खाए । मासिक एक लाखको हाराहारीमा उनले पेन्सन बुझ्छन् ।
भूपू सैनिकबीच गाउँमा सुख दुःखका कुरा पनि हुन्छन् । म गएको दिन पनि त्यस्तै भयो । घरको बाहिर पलास्टिकका कुर्सीमा बसेर रुद्र पुरीले सुखी जीवनका चार सूत्र पनि सुनाए ।
सुरुमा उनले परिवार नियोजनको किस्सा सुनाए र सरकारको नीतिमाथि गजबको ब्यङ्ग्य हाने । ‘हुन त सधँैभरी कोही बाँच्ने होइन तर आजकल त जिउँदाभन्दा मेरेका धेरै हुन थाले ।’ उनको सन्देश थियो, ‘थोरै जन्मन्छन्, धेरै मर्छन् ।’ उनले नजिकै बसेर बाबुका गफ सुनेका ‘विवाहित छोराले चाँडै सन्तान जन्माओस् भन्ने सन्देश दिएका थिए ।’ त्यसो त उनी ३० वर्षअघि परिवार नियोजन गर्ने गाउँका एक्ला व्यक्ति हुन् ।
उनका अनुसार जीवन सुखीको पहिलो सूत्र हो, निरोगी परिवार । परिवारमा कोही सदस्य बिरामी भए सबैलाई तनाव हुने उनको भनाइ थियो । सुखी परिवारको दोस्रो सूत्रका रुपमा उनले माया–प्रेमलाई देखे । पारिवारिक माया–प्रेम सुखी जीवनको अनिवार्य शर्त माने उनले । परिवार सुखी हुन बाआमाले भनेको मान्ने राम्रो छोरो चाहिने उनले तेस्रो सूत्रका रुपमा अगाडि सारे । र, अन्तिम सूत्रका रुपमा भने, ‘सुखी जीवनका लागि घरमा गुणवती नारी चाहिन्छ ।’
पहिले पहिले जग्गा सस्तो थियो । गाउँबाट एक दुई जना बसाइँ सरे । पछिपछि उनीहरुकै कारण सिङ्गो गाउँनै यहाँ आएको छ । भुर्तुङ गाविसको खस्कोटका मात्र ५० घरपरिवार बुद्धनगरमा बसाइँ सरेका छन् ।
भारत पाकिस्तानको युद्धमा परेका रुद्र पुरीले नेपाली नागरिक बाध्यताले भारतीय सेनामा जागिर खान गएको बताउँछन् । त्यसैले होला उनले आफ्ना छोरालाई भारतीय सेनामा जागिर खान रोके । उनी भन्छन्, ‘पाकिस्तानी होस् वा श्रीलङ्काली जो भए पनि नेपाली नागरिकसँग कसैको पनि रिसइबी छैन । हाम्रो बाध्यताले गर्दा हामीले उनीहरुका विरुद्ध लड्नु परेको छ ।’ रुद्र पुरीको जस्तो सोच गाउँका सबै भूपूसैनिकमा चाहिँ अझै पलाएको छैन । बरु छोरा नातिलाई लाहुरे अर्थात भारतीय सेनामा जागिर खुवाउने सोच कायमै छ ।
भूपूहरु गाउँको समाज सेवासँग पनि जोडिएका छन् । रुद्र पुरी अहिले भने घरमा बसेर समाज सेवा र गाउँको विकासमा क्रियाशील भएका रहेछन् । छोराको पहलमा आएको रकमले अहिले गाउँको बाटो पीच भइरहेको छ । गाउँले सबै मिलेर त्यहाँका समस्या समाधानमा जुटेका छन् ।
गाउँमै ठूलो बौद्ध गुम्बा छ । यहाँका पेन्सनरले अब आफूहरुका लागि सामुदायिक भवन बनाएर पढ्ने, खेल्ने र मनोरञ्जनका लागि काम गर्ने सोच बनाएका छन् । सबैको सहयोगमा गाउँमा शिव मन्दिर पनि बनाइएको छ । रुद्र पुरीले भूपूहरुका बारे भने–सबै लाइन लाग्ने हो भने, ‘पूर्वपश्चिम राजमार्ग ढाकिन्छ ।’
राष्ट्रिय जनगणना २०६८ अनुसार यहाँको जनसङ्ख्या जम्मा २१ हजार रहेको रुद्रपुर गाविसको कार्यालयले जनाएको छ । तर पाँच वर्षको अवधिमा जनसङ्ख्या बढेर दोब्बरभन्दा धेरै भएको छ ।
गाविस सचिव कृष्णप्रसाद पन्थीका अनुसार अहिले यहाँको जनसङ्ख्या झण्डै ४५ हजार छ । संयोग कस्तो भने गुल्मीबाट बसाइँ सरेर आउनेहरुको गाउँमा गाविस सचिव पन्थी पनि गुल्मीकै रहेछन् ।
बसाइँसराइको कागजबिना बस्नेहरु पनि सयौँ परिवार छन् । गाविस सचिव पन्थी भन्छन्, ‘यो गाविसमा विकास निर्माणको कुरा पनि द्रुत गतिमा भइरहेको छ । त्योभन्दा पनि बढी यहाँ बसाइँसराइ गरेर आउँने छन् ।’
नेपालमै धेरै बसाइँसराइ भएर आउँने गाविसमा रुद्रपुर पर्ने उनी अनुमान गर्छन् ।
पहिले पहिले जग्गा सस्तो थियो । गाउँबाट एक दुई जना बसाइँ सरे । पछिपछि उनीहरुकै कारण सिङ्गो गाउँनै यहाँ आएको छ । भुर्तुङ गाविसको खस्कोटका मात्र ५० घरपरिवार बुद्धनगरमा बसाइँ सरेका छन् ।
यहाँ एउटा बहुमुखी क्याम्पस छ । झण्डै ६ वटा उच्च मावि छन् । बोर्डिङ स्कुलको सुविधा छ । मूलबाटो पिच छ । यहाँबाट गौतम बुद्धको जन्मस्थल लुम्बिनी जम्मा १७ किलोमिटरको दूरीमा छ । निर्माण भइरहेको लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थलको दूरी जम्मा २७ किलोमिटर छ ।
गुल्मीको एउटै क्षेत्रबाट बसाइँ सराइ गरेकाले पनि यहाँको वातावरण गाउँकै जस्तो छ । बाँसा रुखे, गोठिनडाँडे, माझाडाँडे, बिर्घेली जस्ता गाउँकै नामले एकअर्कालाई बोलाउने गरिन्छ ।
जातीय हिसाबले हेर्दा पनि गुल्मीको क्षेत्र नम्बर १ का विभिन्न गाविसमा बसोबास गर्ने व्यक्तिनै रुद्रपुर आएकाले सबै जातजातिको बसोबास छ । बाहुन, क्षत्री, मगर र दलितलगायतका जातजातिको बसोबास यहाँ छ ।
भूपू सैनिकहरुको गाउँमा अहिले नयाँ परिचय थपिएको छ । ‘डान्स इन्डिया डान्स’ र ‘झलक दिखलाजा’ बिजेता टेरिया फौजा मगरको घर पनि यही गाउँमा छ । उनको परिवार पनि गुल्मीबाट नै यहाँ आएको हो ।

No comments:

Powered by Blogger.