स्थायी र अस्थायी साधन खोज्दै यी महिलाहरू
बाजुरा, १२ चैत । बाजुरा जिल्लाका गाउँका निराक्षर महिलाले जानी नजानी भएपनि परिवार नियोजनका स्थायी तथा अस्थायी साधन प्रयोग गर्न थालेका छन् ।रुगिन–९ क्यूडिकी बेला बुढा रुगिन स्वास्थ्य चौकिमा घरबाट चार घण्टा हिडेर परीवार नियोजनको अस्थाई साधान डिपो लगाउँन पुगिन् । उनीसंगै गाउँका डिपो लागउँने महिलाको पल्टनै स्वास्थ्य चौकी अगाडी लहरै बसेको छ । राजधानी दैनिकले समाचार छापेको छ ।
बिरामी भएर आएको स्वास्थ्य चौकी इन्चार्जले प्रश्न सोधेपछि सबैले जबाफ दिए, ‘सुई लाउँन आयौं क्यात सरौ, छोरा–छोरी भौती भया ।’ सन्तान धेरै भएका कारण यहाँका महिला तिन–तिन महिनामा डिपो लगाउँन लहरै लागेर आउँने गरेका छन् ।
सोही गाउँकी ४४ वर्षीया सुनकला बुढा, चार छोरा र दुई छोरीकी आमा हुन् । थप सन्तान नहुन् भनेर अहिले उनि पनि परीवार नियोजनको अस्थाई साधान डिपो प्रयोग गरी रहेकी छन् ।
उनले भनिन्, ‘धेरै छोरा छोरी भए पाल्न धौ हुँदो रहेछ। त्यसैले छकालै पटुकीमा रोटा बानेर आएकी हुँ अहिले पुगे अब घर बेलुकै पुगिन्छ ।’
जिल्ला स्वास्थ्य कार्यालयको प्रतिबेदनमा उल्लेख भए अनुसार तीन वर्ष यता परीवार नियोजनका साधनको प्रयोगदर केही घटेको छ ।
जसमा आर्थिक बर्ष २०७०÷०७१ मा ३६ प्रतिश महिलाले प्रयोग गर्थे भने २०७१–०७२ मा ३२ प्रतिशत र अहिलेको वर्षमा त्यो घटेर ३१ प्रतिशत मात्रले प्रयोग गरेको उल्यख गरेको छ ।
स्वास्थ्यले उल्लेख गरेको महिलाको प्रजनन उमेर १५ वर्षदेखि ४९ वर्षसम्म हुन्छ । तर बाजुरा जिल्लामा बाल विवाह गर्ने हुँदा यसभन्दा अगाडि देखीनै प्रजनन् हुँने क्रम पनि कम भने छैन ।
जिल्लामा डिपो, कण्डम, पिल्स लगायतका अस्थाई परीवार नियोजनका साधान प्रयोग गर्ने गरेका छन् ।
रुगिन स्वास्थ्य चौकीका ईन्चार्ज धनबहादुर फडेराले दिएको जानकारी अनुसार अहिले गाउँका महिलामा परीवार नियोजनका अस्थाई साधानको बारेमा जानकारी भएका कारण सन्तान जन्माउँन इच्छा नभएपछि स्वास्थ्य चौकीमा आफै आएर डिपो लगाई दिन अनुरोध गर्ने गरेको बताउँछन् ।
बाजुरा जिल्लाका ग्रामीण बस्तीका महिलाले केही वर्षअघि पाँच देखि १० सन्तान जन्माउने गरेका भए पनि पछिल्ला समयमा धेरै परिवर्तन आएको जिल्ला जनस्वास्थ्य कार्यालयकी परिवार नियोजन अधिकृत दुर्गा बजगाईले बताएकी छन् ।
उनले भनिन्, ‘यसरी दिन प्रतिदिन गाउँका महिलाले परिवार नियोजनका अस्थाई साधको बारेमा जाने पछि जनसंख्या नियन्तरण, बच्चाको हेरचा राम्रो हुँने र पोषणमा सहयोग पुग्ने बताईन् ।’

No comments: