Ads Top

थाइराइड हर्मोन किन बढी हुन्छ ?

थाइराइड बढ्ने र घट्ने समस्या धेरै नेपालीमा देखिने गरेको छ । हुन त यो आफैँमा रोग होइन । हर्मोन उत्पादन गर्ने थाइराइड ग्रन्थिमा गडबडी भयो भने शरीरका हरेक अंगमा प्रभाव पारेर असर निम्त्याउँछ । थाइराइड ग्रन्थिले शरीरका हरेक क्रियाकलाप नियन्त्रण गरेको हुन्छ । यसबाट उत्पादन हुने हर्मोन धेरै भयो भने र ग्रन्थिले काम कम गर्‍यो भने शारीरिक वृद्धि विकासमै असर गर्छ । हाइपर थाइरोइडिज्म भनेर बुझिने थाइराइड हर्मोन बढी हुने समस्या के कारणले देखिन्छ र उपचार कसरी गर्ने ? डा. लोचन कार्की भन्छन्:
-शरीरमा रोगप्रतिरोधात्मक शक्ति कम भएर थाइराइड ग्रन्थिले अत्यधिक मात्रामा थाइराइड हर्मोन उत्पादन गर्न सक्छ । यसलाई हाइपर थाइरोइडिज्म भनिन्छ । यो प्रयोगशालामा परीक्षण गरेपछि मात्रै थाहा हुन्छ ।
– २० देखि ४० वर्षका महिलामा यो बढी देखापरे पनि अन्यमा पनि देखिन सक्छ । यो वंशाणुगत हुन्छ ।
-बेनिगन थाइराइड ट्युमर स्वचालित भएर अनियन्त्रित ढंगले हर्मोन उत्पादन गर्छ । लगातार ग्रन्थि बढ्दै जाँदा हर्मोन उत्पादन गति पनि
द्रुत हुन्छ ।
-बच्चा जन्माएपछि महिलाको थाइराइड ग्रन्थि सुन्निएर हाइपर थाइराइडिज्म हुन सक्छ । भाइरल संक्रमणले पनि समस्या नीमत्याउन सक्छ । थाइराइड ग्रन्थिको बाहिर कुनै अन्य स्रोतबाट थाइरोइड हार्मोन उत्पादन हुन पनि सक्छ । जस्तै : अण्डाशय विकसित हुनेवेला स्ट्रुमा ओवरी असामान्य रूपले उत्पादन हुँदा थाइराइड हर्मोन बढ्न जान्छ ।
-हाइपर थाइराइडिज्म हुुँदा शरीरको तौल लगातार घट्दै जान्छ । प्रायः धेरै भोक लाग्ने र खाना धेरै खाँदा पनि आत्तिने, डराउने, शरीरका अंगहरूबाट चिटचिट पसिना आउने, रातको समयमा निद्रा नपर्ने हुन्छ । भावनात्मक परिवर्तन देखिने, शरीर काम्ने, मुटुको ढुकढुकी बढ्दै जाने, हिँड्दा स्याँ–स्याँ हुने, पखाला लाग्ने, अचानक गर्मी महसुस हुने, मांसपेशी तथा जोर्नीमा दुखाइ हुने, कपाल झर्दै जाने, पुरुषको स्तन अस्वाभाविक रूपमा बढ्ने, महिलाको हकमा महिनावारीमा गडबडी हुने र महिनावारीसमेत बन्द हुने गर्दछ । आँखाको पछाडिको मांसपेशी सुन्निएर आँखा नै पुक्लुक्क बाहिर निस्किने, परेलाले आँखा छोप्न नसक्नेजस्ता समस्या देखिन्छन् ।
-समस्या देखिएमा चिकित्सकलाई जतिसक्दो चाँडो देखाउनुपर्छ । थाइरोडाइटिस हो भने आफैँ निको हुन्छ, कुनै विशेष उपचार चाहिँदैन । आवश्यक पर्दा थाइराइडको अधिक उत्पादनलाई औषधि दिएर रोक्ने गरिन्छ । तर, औषधिले यो समस्या पूर्ण रूपमा निको हुँदैन । पूर्ण रूपमा निको पार्न अप्रेसन गरेर थाइराइड निकालेर फाल्नुपर्छ । अप्रेसन गर्दा घाँटीमा दाग बस्ने तथा स्वर भासिने समस्या हुन सक्छ । रेडिएसन विधिबाट यसको विनाश पनि गर्न सकिन्छ । यो विधिअनुसार सामान्य औषधि खाएर ग्रन्थिलाई सुकाउन सकिन्छ ।

No comments:

Powered by Blogger.