हिम्मत गरेर नेपाली युवतीहरु ले हाने बन्जी जम्प,हेर्ने मान्छेलाई पनि डर लाग्ने यो दृश्य हेर्नुहोस भिडियोमा
यस स्कूलको प्रारम्भ दरबारभित्र भएको, ३८ वर्षम्म दरबारै दरबार भित्र चालू रहेको एवं दरबारभित्रकै तत्सम्बन्धी विद्यार्थीहरुमात्र पढ्ने भइआएको कारणले यसको नामाकरण पनि "दरबार स्कूल"भएको हो । यसै "दरबार हाई स्कूल" भन्ने नाउँबाट नै यसको सक्बन्धर् इ. १८८० (सं. १९३६) सालताका कलकत्ता विश्वविद्यालयसित कायम गरियो । २०२४ सालबाट यसको नाम परिवर्तन गरी भानु मा. वि. राखियो । विश्वविद्यालयहरुबाट मान्यता यस स्कूलमा कक्षा १० सम्मको पढाइ धेरै अगाडिदेखि चालू भइसकेको थियो तर यो स्कूल कुनै विश्वविद्यालयसित आवद्ध नभएकोले यहाँबाट प्रदान गरिएको प्रमाण-पत्रले बाहिर कतै मान्यता पाउन सकेन । तर्सथ श्री ३ रणोद्दीपसिंहको शासनकालमा धीरशमशेरको प्रयासको फलस्वरुपर इ. १८८० मा यस स्कूलको सम्बन्ध कलकत्ता विश्वविद्यालयसित गाँसियो । यस कामप्रति तत्कालीन प्रधान-अध्यापक केदारनाथ चर्टर्जीको पनि उल्लेखनीय योगदान थियो । तदनुसार यस दरबार स्कूलबाट टेष्ट पास गरेका विद्यार्थीहरुले कलकत्तामा गएर त्यहाँका विश्वविद्यालयको "एन्ट्रान्स" परीक्षामा सम्मिलित हुन पाए । यसरी फाइनल परीक्षा दिन जाने विद्यार्थीहरुलाई सरकारको तर्फबाट चाँहिदो खर्च दिने व्यवस्था थियो । यसरी र्सवप्रथम इ. १८८० सालमा कलकत्तामा एन्टे्रस परीक्षा दिन जाने परीक्षार्थीहरुको टोलीमा धीरशमशेरका माहिला छोरा खड्ग शमशेर पनि थिए । उनी परीक्षामा उत्तिर्ण त हुन सकेनन् तरपनि पहिलो नेपालीटोलीमा परेका राणापरिवारको विद्यार्थी भएकाले उनलाई तत्कालीन भाइसराय लार्ड रिपनबाट तक्मा पनि प्रदान गरिएको थियो । एन्ट्रेन्स परीक्षा पास गर्ने प्रथम राणा विद्यार्थी थिए धीरशमशेरकै अर्का छोरा चन्द्रशमशेर । त्यस प्रारम्भिक कालमा उत्तीर्ण भएका अरु केही विद्यार्थीहरु श्रीनिवास गिरी, केदारनरसिंह राणा, बलवानसिंह प्रधान,अष्टमान राजभण्डारी आदि थिए । यसरी कलकत्ता विश्वबिद्यालयमा एन्टे्रन्स परीक्षा दिन जाने क्रम सं. १९७४ र्(इ. १९१७) सम्म चालू रह्यो । प्रत्येक वर्षबढ्दो संख्यामा परीक्षार्थीहरु जाँच दिन कलकत्तासम्म पुग्नु एकातिर झन्झट थियो भने अर्कोतिर सरकारी खर्चमा वृद्धि । त्यसैले नेपाल सरकारले एन्टे्रन्स परीक्षाको एउटा केन्द्र काठमाडौंमा नै खोल्न कलकत्ता विश्वविद्यालयसित माग गर्यो तर त्यसो गर्न कलकत्ताविश्वविद्यालय सहमत भएन । त्यसपछि नेपाल सरकारले पटना विश्वविद्यालयसित सम्बन्ध
जोड्यो । त्यस विश्वविद्यालयले यथासमयमा काठमाडौंमा परीक्षाकेन्द्र खोल्न र यहाँ खोलिने भएको त्रिचन्द्र कलेजलाई आफ्नै एउटा एकाइको रुपमा समेत स्वीकृति प्रदान गर्यो । तदनुसार यसै स्कूलबाट "सेन्ट-अप्" भएका विद्यार्थीहरु पटना विश्वविद्यालयको "म्याटि्रकुलेशन परीक्षा" मा सम्मिलित हुन पटना जाने निधो गरे । यो क्रमर् इ. १९१८ (सं. १९७५) देखिर् इ. १९२८ (संं १९८४) सम्म चल्यो । सं. १९८५ र्(इ.१९२९) सालमा म्याटि्रकुलेशन परीक्षा केन्द्र काठमाडौंमा खोलियो । पटना विश्वविद्यालयबाट आएका सुपरिन्टेन्डेन्टले यहाँ परिक्षा सञ्चालन गर्दथे । यो क्रमर् इ. १९२८ (सं. १९८९) सालसम्म चालू रह्यो र्।र् इ. १९२९ (संं १९८९) सालमा पटना विश्वविद्यालयको पहिलोपल्ट काठमाडौंमा खोलिएको परीक्षा केन्द्रमा म्याटि्रकुलेशन परीक्षामा सरिक भएको विद्यार्थीटोलीमा रामप्रसाद मानन्धर इ. १९३० को टोलीमा प्रेमनरसिंह प्रधानर इ. १९३१ को टोलीमा सुर्य प्रसाद उपाध्याय इ. १९३२ को टोलीमा डिल्लीरमण रेग्मी इ. १९३३ को टोलीमा शेषराज दली आदि थिए । आखिर सं. १९९० सालदेखि नेपाल सरकार शिक्षा विभागअर्न्तर्गत नै एस. एल. सी.परीक्षाको व्यवस्था मिलाइयो तर यो परीक्षा काठमाण्डौमा आयोजना गरिएपनि यस परीक्षासम्बन्धी सबै प्रक्रिया नेपाल सरकारको लागि पटना विश्वविद्यालयले गर्दथ्यो । यस परीक्षाको संचालन समेत पटना विश्वविद्यालयबाट खटिआएका सुपरिन्टेन्डेन्टले गर्दथे । नेपाल सरकारको यस एस.एल.सी. परीक्षालाई पटना विश्वविद्यालयले मान्यता दिएको हुनाले यसलाई भारतभर भनेजसो मान्यता प्राप्त भयो । यसरी नेपाल सरकारको निमित्त पटना विश्वविद्यालयले एस.एल.सी. परीक्षा लिइदिने व्यवस्थाको अन्त्य सं. २००३ सालमा मात्र भयो । उपर्युक्त पहिलो एस. एल. सी. परीक्षामा सरिक भएर उत्तिर्ण भएका विद्यार्थीहरु थिए - पुष्पभक्त मल्ल र दिग्विजयराज जोशी आदि हुन्

No comments: