सावधान: स्वाइनफ्लु संक्रमण बढ्यो, सावधानी अपनाउनु होला (सेयर गरि सबै नागरिकलाई सचेत गराउ)
चैत्र १५, २०७३- राजधानीमा स्वाइनफ्लु अर्थात् इन्फुएन्जा ए (एच१एम१) संक्रमण बढेको पाइएको छ । राजधानीको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला जाँचिएका थ्रोट स्वाव (भित्री घाँटी वरिपरिको तरल पदार्थ) को नमुनामध्ये झन्डै २० प्रतिशतमा स्वाइनफ्लु पुष्टि भएको हो ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, त्रिवि शिक्षण अस्पताल, ग्रान्डी इन्टरनेसनल हस्पिटल, नर्भिक अस्पताल, बयोधा, सुमेरु लगायतका अस्पतालबाट रुघाखोकीले ग्रस्त शंकास्पद बिरामीको ‘थ्रोट स्वाव’ नमुना प्रयोगशाला पठाइएको थियो ।
यो साता नै दसवटा स्वाइनफ्लुको प्रयोगशाला प्रमाणित केस देखियो, विगतको दाँजोमा बढी हो,’ प्रयोगशालाका निर्देशक डा. राजकुमार महतोले भने, ‘दसवटा नमुनामा दुईवटासम्म स्वाइन फ्लुको पोजेटिभ केस देखिन्छ ।’ राजधानीका केही अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा रुघाखोकीले जटिलता उत्पन्न भएर भर्ना भएकाहरूमा स्वाइनफ्लु पुष्टि भएको शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल, टेकुका डा. शेरबहादुर पुन बताउँछन् । दक्षिण एसियाका भारत, मालदिभ्स, श्रीलंकामा हाल स्वाइनफ्लु व्यापक रहेको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को प्रतिवेदन औंल्याउँदै डा. पुन भन्छन्, ‘मिडिया रिपोर्टअनुसार भारतमा हाल स्वाइनफ्लुले हरेक दिन मृत्यु भइरहेको छ, यस्तो बेला हामीले जटिल खालको रुघाखोकी देखिँदा थप चनाखो र सतर्क हुन आवश्यक छ ।’
गत वर्ष नेपालमा हङकङ फ्लु बढी देखिएको थियो । करिब तीन वर्षअघिसमेत स्वाइनफ्लु कडा रूपमा देखिएको औंल्याउँदै डा.पुन भन्छन्, ‘केही वर्षको अन्तरालमा देखा पर्दा स्वाइनफ्लु अलि कडा हुन सक्ने भएकाले रुघाखोकीमा खेलाँची गर्नु हुन्न ।’ स्वाइनफ्लु श्वासप्रणालीसँग जोडिएको भाइरसले हुने संक्रमण हो । यो मौसमी रुघाखोकीको रूपमा फैलिने गर्छ । यो संक्रमण सामान्य रूपमा सुँगुरमा पाइने स्वाइनफ्लुको उत्परिवर्तित रूप हो । यसमा सामान्यतया रुघाखोकी, ज्वरोजस्ता लक्षण देखिन्छ तर कहिलेकाहीं ज्यानै लिने खालको पनि हुन सक्छ । बूढापाका, शारीरिक रूपले कमजोर, गर्भवती, पाँच वर्षमुनिका बालबालिका, दम, फोक्सोमा समस्या भएका, क्षयरोगी, दीर्घ रोगी, एचआईभी/एड्स भएका र रोगप्रतिरोधक क्षमता कम भएकाहरू स्वाइनफ्लुको उच्च जोखिममा हुने भएकाले विशेष सावधानी अपनाउनुपर्छ । यस्ता व्यक्तिलाई जटिल खाले रुघाखोकी देखिए तुरुन्त चिकित्सकीय परामर्श लिन डा. पुन सुझाउँछन् ।

No comments: